म्याग्दीमा जिप दुर्घटना, घाइतेलाई उपचारका लागी हेलिकप्टरबाट काठमाडौं लगियो

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–४ ओखरबोटमा आज भएको जिप दुर्घटनाका घाइतेलाई हेलिकप्टर मार्फत काठमाडौं लगिएको छ । बागलुङको तमान खोला देखि म्याग्दीको दरबाङ जाँदै गरेको ध१च १९५ नम्बरको बोलेरो जिप ओखरबोटको घोरघोरे खोल्सामा दुर्घटना हुँदा चार जना घाइते भएका थिए ।

दुर्घटनाका घाइते तमानखोला गाउँपालिका–४ का ७२ वर्षीय पोपसरा बुढामगर, १३ वर्षीया हेलिस बुढामगर, ३० वर्षीय मिलन बुढामगर र ४२ वर्षीय टकसरा बुढामगरलाई प्रभु एयरको हेलिकप्टरबाट काठमाडौंस्थित टिचिङ अस्पताल लगिएको इलाका प्रहरी कार्यालय दरबाङले जनाएको छ ।

प्रहरी निरीक्षक सन्तोष पौडेलले ब्रेक फेल भएर दुर्घटना भएको बताए । उनका अनुसार ब्रेक फेल भएपछि चालकले गाडीलाई सडकको कुना तर्फ ठोक्काएका थिए ।

तीन जना घाइतेको स्वास्थ्य अवस्था सामान्य छ । ढाड र टाउकोमा चोट लागेर घाइते भएका १३ वर्षीय हेलिस पनि खतरामुक्त रहेका प्रहरी निरीक्षक पौडेलले बताए । घाइते सबै एउटै परिवारका हुन् । इलाका प्रहरी कार्यालय दरबाङका सुरक्षाकर्मी र स्थानीयवासीले घाइतेको उद्धार गरेका थिए । घाइतेका आफन्तले हेलिकप्टर मगाएर काठमाडौं गएका हुन् ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

सम्बन्धमा खटपट भएपछी पहिलो घरबार छोडेको कथामा, श्रीजन र संगमको “पहिलो घरबार” (भिडियो सहित)

सम्बन्धमा खटपट भएपछी पहिलो घरबार छोडेको कथामा, श्रीजन र संगमको “पहिलो घरबार” (भिडियो सहित)

वि.सं.२०८३ असार ३ बुधवार ०४:०१

काठमाडौं। कुनै एक युवा र युवती बीच दिनप्रतिदिन मायाँ झाँगिदै...

“९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर प्रथम हुन सफल, अरु को को भए त बिजेताहरु ?

“९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर प्रथम हुन सफल, अरु को को भए त बिजेताहरु ?

वि.सं.२०८३ असार १ सोमवार १३:३५

काठमाडौं। "९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३" को उपाधि निशान्त...

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:४५

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:१७

काठमाण्डौ । नेपाली कला र संस्कृतिको क्षेत्र उत्थानका निमित्त स्थापना...

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

वि.सं.२०८३ जेठ २८ बिहीवार १३:१८

काठमाडौं । विगत १३ वर्षदेखि निरन्तर रुपमा आयोजना हुँदै आएको...