एकै महिनामा २ वटा अवार्ड चुम्न सफल शम्भु शाही

काठमाडौं ३० असनमा बुवा शंख नारायण शाही र आमा चन्द्र कुमारी शाहीको कोखमा जन्म लिएका पछिल्लो समयका ब्यस्त कोरियोग्राफर हुन् शम्भु शाही । शम्भु शाहीले केही साता अघी स्टार ईन्टरनेशनल अवार्ड २०२१ मा ईन्टरनेशनल डान्स कोरियोग्राफर तर्फ जुरी अवार्ड प्राप्त गरेका छन् भने सहारा एप सगरमाथा म्युजिक अवार्डमा हाम्रो “जोडी हिट” गीत मार्फत सर्बाेत्कृष्ठ कोरियोग्राफरको अवार्ड हात पार्न सफल भएका छन् ।

शाही २ दर्जन भन्दा बढी ईन्टरनेशनल फेस्टिवलहरुमा सहभागिता जनाई कोरियोग्राफी गरेका छन् । सानै देखी नाच्ने र गाउनेमा रुची राख्ने शम्भु शाही ईन्टरनेशनल फेस्टिवलहरुमा सहभागिता जनाएपछि बिदेशी संस्कृती आफुले सिक्ने र आफ्नो नेपाली कला संस्कृती बिदेशीलाई सिकाउने पनि गर्दथे ।

आफ्नो नेपाली मौलिक संस्कृतीलाई देश तथा बिदेशमा फैलाउनुका साथै प्रचार प्रसार गर्ने लक्ष्य रहेको कुरा शम्भु शाहीले बताए । आफ्नो पारिवारिक माहोल नै संगीतमय भएको हुँदा सांगीतिक क्षेत्रमा अगाडी बढ्न सहज भएको कुरा उनी बताउछन् ।

शाही साँस्कृतिक कार्यक्रमको शिलशिलामा अमेरिका, जापान र युरोपियन देशहरुमा सहभागिता जनाएर नेपालको कला संस्कृती प्रस्तुत गरेका छन् । उनले साधना कला केन्द्रमा करिव ११ बर्ष नृत्य प्रशिक्षण गरेका थिए । शम्भु शाही आगामी दिनमा यसै क्षेत्रमा निरन्तरता दिने सोच रहेको र नेपाली कला संस्कृतीलाई देश तथा बिदेशहरुमा फैलाउने लक्ष्य रहेको कुरा बताउछन् ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

गायक एबं सर्जक मिन प्रकाश ओलीको देशप्रेमी गीत “के भयो जगतमा” सार्वजनिक

गायक एबं सर्जक मिन प्रकाश ओलीको देशप्रेमी गीत “के भयो जगतमा” सार्वजनिक

वि.सं.२०८३ वैशाख १५ मंगलवार १२:१४

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि...

सरला–कुमार अक्षय कोषद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सरला–कुमार अक्षय कोषद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

वि.सं.२०८३ वैशाख १५ मंगलवार ०६:३५

काभ्रे — तत्कालीन माओवादी जनयुद्धका क्रममा राज्य र माओवादीबीचको भिडन्तमा...

नेपालमै पहिलो पटक आयोजना गरिएको “गौविज्ञान कथा” कार्यक्रम दुई दिनसम्म सञ्चालन भई सफलतापूर्वक सम्पन्न

नेपालमै पहिलो पटक आयोजना गरिएको “गौविज्ञान कथा” कार्यक्रम दुई दिनसम्म सञ्चालन भई सफलतापूर्वक सम्पन्न

वि.सं.२०८३ वैशाख १४ सोमवार ११:२०

काठमाडौं — नेपालमै पहिलो पटक आयोजना गरिएको "गौविज्ञान कथा" कार्यक्रम...

सार्वजनिक र सरकारी जग्गा बनाइएका बस्ती खाली गराउने कार्य जारी, ६८ परिवार सरकारको सम्पर्कमा

सार्वजनिक र सरकारी जग्गा बनाइएका बस्ती खाली गराउने कार्य जारी, ६८ परिवार सरकारको सम्पर्कमा

वि.सं.२०८३ वैशाख १२ शनिवार १३:२०

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका नदी किनार र जोखिमपूर्ण क्षेत्र...

लोक दोहोरी गायिका बिमला सुनारको कौराह गीत “कालीगंगा” सार्वजनिक

लोक दोहोरी गायिका बिमला सुनारको कौराह गीत “कालीगंगा” सार्वजनिक

वि.सं.२०८३ वैशाख १२ शनिवार १३:०१

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि...

पर्वते गायक सुजन बराईलीको मौलिक पञ्चेबाजा गीत “धौलागिरी शिर” सार्वजनिक

पर्वते गायक सुजन बराईलीको मौलिक पञ्चेबाजा गीत “धौलागिरी शिर” सार्वजनिक

वि.सं.२०८३ वैशाख ११ शुक्रवार १३:४१

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि...