स्वर सम्राट नारायण गोपालको संगीतमा शिशिर योगीको “एक मुठी चामल” सार्वजनिक (भिडियो सहित)
वि.सं.२०७८ कात्तिक ३० मंगलवार ०५:३४
लोकप्रिय गायक शिशिर योगीको नयाँ गीत “एकमुठी चामल” सार्वजनिक भएको छ । यस गीतमा शिशिर योगीको स्वर रहेको छ भने रत्न शम्शेर थापाको शब्द, स्वर सम्राट नारायण गोपालको संगीत रहेको छ ।
बिरेन्द्र भाट बिपिनको निर्देशन रहेको गीतमा महेश महराको छायांकन, लोकेश भाटको सह सम्पादन, बिरेन्द्र भाट बिपिनको सम्पादन रहेको छ । उक्त गीतको भिडियोमा शिशिर योगी र एञ्जल तिमिल्सिनाको अभिनय रहेको छ ।
यस गीतलाई शिशिर योगी युटुब च्यानलबाट सार्वजनिक गरिएको हो । सोही गीतको भिडियो हेर्नका लागी तलको लिंक क्लिक गर्नुहोला ।
वि.सं.२०७८ कात्तिक ३० मंगलवार ०५:३४