सम्बन्धमा खटपट भएपछी पहिलो घरबार छोडेको कथामा, श्रीजन र संगमको “पहिलो घरबार” (भिडियो सहित)

काठमाडौं। कुनै एक युवा र युवती बीच दिनप्रतिदिन मायाँ झाँगिदै जान्छ र त्यो मायाँ वैवाहिक जीवनमा परिणत हुन्छ, उनीहरुले संगै जिउने र संगै मर्ने कसम समेत खाएका हुन्छन् । यो एकादेशको कथा होइन, हामीले काहीं कतै समाजमा देखेको घटना हो । ति जोडीको सम्बन्ध सुमधुर हुँदाहुँदै पनि अनयासै उनीहरुको जीवनमा खटपट हुन थाल्छ र आफ्नो-आफ्नो बाटो तय गने निर्णयमा समेत पुग्छन् ।

हो यस्तै कथा वस्तुमा लोक दोहोरी गीत “पहिलो घरबार” भर्खरै सार्वजनिक भएको छ । बिगतका निकै लामो समय देखि नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा क्रियासिल श्रीजन पण्डित र संगम थापाको प्रस्तुतिमा यो गीत सार्वजनिक भएको हो । गीतमा लय रामहरी भण्डारीको रहेको छ भने शब्द संगम थापाको रहेको छ ।

संगम थापा, सानु के सी र शारदा रसाइलीको सुमधुर स्वरद्वारा सुसजित गीतलाई एस एस म्युजिक क्रियसन युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । सार्वजनिक गरिएको छोटो समयमा नै टिकटकमा अशंख्य युजरहरुको रोजाइमा परेको यस गीतको म्युजिक भिडियोमा श्रीजन पण्डित, सबिन नेपाली र राधिका राउतको अभिनय देख्न सकिन्छ ।

“पहिलो घरबार” बोलको गीतको म्युजिक भिडियोलाई निर्देशन उमेश कार्की युके ले गरेका हुन् भने छायांकन मरुभूमि नारायण र सम्पादन बिनोद बमले गरेका छन् । मोडल तथा प्रस्तुतकर्ता श्रीजनले यस भन्दा पहिले पनि थुप्रै गीतहरु बजारमा ल्याइसकेका छन् भने करिब आधा दर्जन गीत बजारमा ल्याउने तयारीका साथमा रेकर्ड गारिसकिएको उनले बताएका छन् । अर्का गायक तथा सर्जक संगमले पनि थप गीतहरु बजारमा आउने तयारीमा रहेको जानकारी गराएका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

“९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर प्रथम हुन सफल, अरु को को भए त बिजेताहरु ?

“९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर प्रथम हुन सफल, अरु को को भए त बिजेताहरु ?

वि.सं.२०८३ असार १ सोमवार १३:३५

काठमाडौं। "९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३" को उपाधि निशान्त...

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:४५

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:१७

काठमाण्डौ । नेपाली कला र संस्कृतिको क्षेत्र उत्थानका निमित्त स्थापना...

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

वि.सं.२०८३ जेठ २८ बिहीवार १३:१८

काठमाडौं । विगत १३ वर्षदेखि निरन्तर रुपमा आयोजना हुँदै आएको...

गायक एबं संगीतकार सुजन बराईलीको नयाँ गीत “ए साईली” सार्वजनिक

गायक एबं संगीतकार सुजन बराईलीको नयाँ गीत “ए साईली” सार्वजनिक

वि.सं.२०८३ जेठ २८ बिहीवार १३:०९

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...