गायक एबं संगीतकार सुजन बराईलीको नयाँ गीत “ए साईली” सार्वजनिक
वि.सं.२०८३ जेठ २८ बिहीवार १३:०९
काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ गीतहरू सार्वजनिक भइरहेका छन्। सोही क्रममा गायक एबं संगीतकार सुजन बराईलीको नयाँ गीत “ए साईली” सार्वजनिक भएको छ।
यस गीतमा सुजन बराईली र लक्ष्मी परियारको स्वर रहेको छ भने सुजन बराईली कै शब्द, संगीत रहेको छ। यस गीतको एरेञ्ज, मिक्सिङ रमेश सेञ्चुरीले गरेका हुन्। सो गीतको भिडियोमा चर्चित निर्देशक कुमार केसीको निर्देशन रहेको छ भने अजय रेग्मीको छायांकन, अमृत चापागाईको सम्पादन रहेको छ।
उक्त गीतको भिडियोमा सुजन बराईली यशु भट्टराई, सुवास खाती, राधिका बराईली, डम्बर बहादुर सुनार, प्रेम कुमार बराईलीको अभिनय रहेको छ। “ए साईली” नामक गीतलाई पर्वत जिल्लाको मल्लाजका रमणिय दृश्यहरुमा छायांकन गरिएको हो।
भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला।
वि.सं.२०८३ जेठ २८ बिहीवार १३:०९















