वि.सं.२०८३ असार १७ बुधवार १४:१३
बेल्जियम। म्याग्दी प्रबासी नेपाली संघ (मोना) बेल्जियमको आयोजनामा “मोना कप भलिबल – २०२६” भब्य रुपमा सम्पन्न भएको छ। “मोना कप भलिबल – २०२६” मा पुरुष तर्फ ११ टिम र महिला तर्फ ४ टिम सहभागी रहेका थिए। (मोना) बेल्जियमको आयोजनामा “मोना कप भलिबल – २०२६” मा परुष तर्फ नेपाल युरोपियन स्पोर्ट्स क्लव प्रथम हुन सफल भएको छ भने ब्रोदर्श टिम डेनमार्क द्धितिय हुन सफल भएको छ।
म्याग्दीका भबिराम आर.डी. (बबी सिंह) को अध्यक्षतामा हालै मात्र नेपाल युरोपियन स्पोर्ट्स क्लव दर्ता भएको हो। क्लव दर्ता भएको केही हप्ता मै सफलता प्राप्त गरेकोमा खुसी ब्यक्त गर्दै क्लवका अध्यक्ष भबिराम आर.डी. (बबी सिंह) ले क्लवलाई आगामी दिनमा मजबुद बनाउदै साँस्कृतिक र खेलकुदको क्रियाकलापहरुलाई अगाडी बढाईने कुरा जानकारी गराए। प्रथम हुने समहुको प्रशिक्षक दिल कुमार घमाल रहेको थिए भने टिम म्यानेजर विकाश कार्की रहेका थिए।
त्यसैगरी महिला तर्फ एभरेष्ट समाज ब्रुगी प्रथम र मोना एन्तोरपेन द्धितिय हुन सफल भएका छन्। “मोना कप भलिबल – २०२६” मा जविन सुनार बेष्ट प्लेयर, बिशाल खत्री बेष्ट स्पाईकर, संगम थापा बेष्ट स्याटरको रुपमा सम्मानित भएका थिए। (मोना) बेल्जियमद्धारा आयोजित “मोना कप भलिबल – २०२६” मा प्रथम पुरस्कार ३००० युरो, द्धितिय पुरस्कार १५०० युरो रहेको थियो भने बेष्ट प्लेरलाई १०० युरो, बेष्ट स्पाईकर र बेष्ट स्याटरलाई कप उपहार रहेको थियो। मोना कप भलिबल २०२६ एन्तोरपेन बेल्जियममा सम्पन्न भएको हो।
वि.सं.२०८३ असार १७ बुधवार १४:१३















