लकडाउनका कारण रोकिएको “सातौं राष्ट्रिय लोक दोहोरी अवार्ड – २०७८” को आवेदन फर्म खुल्ला

“अग्रजलाई सम्मान नयाँलाई प्रोत्साहन” भन्ने मुल नारा सहित राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय समितीको आयोजनामा हुने “सातौ राष्ट्रिय लोक दोहोरी अवार्ड – २०७८” को आवेदन फर्म खुल्ला गरिएको छ । बिश्वब्यापी महामारीको रुपमा रहेको कोरोनाका कारण लकडाउन भएपछि अवार्ड कार्यक्रम स्थगीत भएको र अवार्ड कार्यक्रमलाई पुनः सुचारु गरी निरन्तरता दिन खोजेको कुरा अध्यक्ष सुजन लम्सालले बताएका छन् ।

“सातौ राष्ट्रिय लोक दोहोरी अवार्ड – २०७८” को आवेदन फर्म काठमाडौंमा रहेका बिभिन्न रेकडिङ स्टुडियोहरुमा पाईने छ । अवार्डका लागी बिभिन्न २५ वटा बिधाहरुमा फर्म भर्न पाईने छ । फर्म यही पुस २० गते सम्मका लागी खुल्ला गरिएको छ ।

“सातौ राष्ट्रिय लोक दोहोरी अवार्ड – २०७८” लाई सफल बनाउन साथ सपोर्ट गर्न अध्यक्ष सुजन लम्सालले अनुरोध गरेका छन् । यस अवार्ड फागुन ६ गते सम्पन्न हुने कुरा आयोजक पक्षले जानकारी गराएको छ । अवार्डमा २०७६ बैसाख १ गते देखी २०७७ चैत्र मसान्त (दुई बर्ष) सम्मको गीतहरु समाबेश गरिने कुरा अध्यक्ष लम्सालले जानकारी गराए ।

फर्म काठमाडौका बिभिन्न रेकडिङ स्टुडियो र उपत्यका समन्वय समितीको कार्यालय लाजिम्पाट, काठमाडैंमा पाईन्छ भने पोखराका लागी स्टार डिजिटल पोखरा (तारानाथ आचार्य) को मा उपलब्ध छ । यसबारे थप जानकारी लिन परेमा ९८६३३९४१८३, ९८५११६८३८१ मा सम्पर्क गर्न सकिने छ ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

सुमन पण्डितको शब्द, संगीतमा मुस्ताङ चिनारी गीत “जोमसोम बजार” सार्वजनिक

सुमन पण्डितको शब्द, संगीतमा मुस्ताङ चिनारी गीत “जोमसोम बजार” सार्वजनिक

वि.सं.२०८२ फागुन ७ बिहीवार ०७:१३

काठमाडौं । हिमाल पारीको जिल्ला मुस्ताङको चिनारी गीत ‘जोमसोम बजार’...

कला रेश्मी महतोको महाशिबरात्री बिशेष भजन गीत “डमरु” सार्वजनिक

कला रेश्मी महतोको महाशिबरात्री बिशेष भजन गीत “डमरु” सार्वजनिक

वि.सं.२०८२ फागुन २ शनिवार ०८:३६

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

लक्षु प्रकाश मल्लको शिव भजन गीत “भन्देउ शंकर भोला” सार्वजनिक

लक्षु प्रकाश मल्लको शिव भजन गीत “भन्देउ शंकर भोला” सार्वजनिक

वि.सं.२०८२ फागुन २ शनिवार ०८:१२

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

“तेस्रो ईन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०२५” भब्य रुपमा सम्पन्न

“तेस्रो ईन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०२५” भब्य रुपमा सम्पन्न

वि.सं.२०८२ माघ २७ मंगलवार ०८:०८

काठमाडौं। "तेस्रो ईन्डो नेपाल सुजन म्युजिक अवार्ड - २०२५" भब्य...

गीतकार रोशन क्षत्रीको चुनाबी गीत “घन्टीमा भोट हाल्नी हो” सार्वजनिक

गीतकार रोशन क्षत्रीको चुनाबी गीत “घन्टीमा भोट हाल्नी हो” सार्वजनिक

वि.सं.२०८२ माघ २५ आइतवार १०:०१

काठमाडौं। अहिले पछिल्लो समय चुनाबी महोल र चुनाबी चर्चा बढीरहेको...

म्युजिक भिडियो कलाकार संघ नेपालको “८ औं वार्षिक साधारण सभा तथा चौथो अधिबेशन २०८२” बाट बिमल अधिकारीको नेतृत्वमा बन्यो नयाँ कार्यसमिति

म्युजिक भिडियो कलाकार संघ नेपालको “८ औं वार्षिक साधारण सभा तथा चौथो अधिबेशन २०८२” बाट बिमल अधिकारीको नेतृत्वमा बन्यो नयाँ कार्यसमिति

वि.सं.२०८२ माघ २५ आइतवार ०७:०६

काठमाडौं। म्युजिक भिडियो कलाकारहरुको छाता संगठन म्युजिक भिडियो कलाकार संघ...