राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको “२१ औँ वार्षिक साधारण सभा” नवलपरासीको अरुणखोलामा हुने

आगामी पुस २ र ३ गते राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको २१ औँ वार्षिक साधारण सभा हुने भएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको स्थापना भएकाे ठाँउ पूर्वी नवलपरासीको अरुणखोला स्थित जनता माध्यामिक विद्यालयको प्रांगणमा साधारणसभा हुने प्रचार प्रसार संयोजक राजकुमार रायमाझीले जानकारी दिए ।

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्ण चन्द्र नेपाली (पोखरेल) प्रमुख अतिथिको रुपमा सहभागी भएर उद्घाटन गर्ने  कार्यक्रममा प्रतिष्ठानका संस्थापन समितिलाई सम्मान पनि गरिने रायमाझीको भनाई छ । प्रतिष्ठानको स्थापना चर्चित गायक, सर्जक अम्बर बिरही गुरुङको अध्यक्षतामा भएको थियो ।

पुस २ र ३ गते विभिन्न जिल्लाहरुबाट कार्यक्रममा कलाकारहरु सहभागी हुने बताइएको छ । प्रतिष्ठानको शाखा प्रत्यक जिल्लाहरुमा स्थापना भइसकेको  छ  भने यस लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल हजारौँको संख्यामा कलाकारहरु अावद्द छन । । हाल: रमेश बिजी उक्त संस्थाको अध्यक्ष हुन् ।

कार्यक्रममा सहभागीता जनाएर भव्यरुपमा सफल बनाइदिन अध्यक्ष बिजीले आग्रह गरेका छन् भने धेरै व्यक्तिहरुलाई निमन्त्रणा पत्रसमेत पठाइसकेको बताए ।

‘कलाकारहरुको साधारणसभामा सहभागीता जनाएर सफल बनाइदिन हामीले धेरै महानुभाव ज्युहरुलाई निमन्त्रणा पत्र पठाइसकेका छौँ, केहीलाई व्यस्तताको कारण पठाउँनै बाँकी पनि छ’, अध्यक्ष बिजीले भने, समय अझै छ, सम्झेर पठाउने छौँ, यद्यपि कोही छुट्न पुगेमा यही समाचारको आधारमा पनि सहभागी हुन आग्रह गर्दछु ।’ साधारणसभा कार्यक्रमको संयोजन प्रतिष्ठानका उपाध्यक्ष दिपक खड्काले गर्दै छन् ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

गायक एबं सर्जक मिन प्रकाश ओलीको देशप्रेमी गीत “के भयो जगतमा” सार्वजनिक

गायक एबं सर्जक मिन प्रकाश ओलीको देशप्रेमी गीत “के भयो जगतमा” सार्वजनिक

वि.सं.२०८३ वैशाख १५ मंगलवार १२:१४

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि...

सरला–कुमार अक्षय कोषद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सरला–कुमार अक्षय कोषद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

वि.सं.२०८३ वैशाख १५ मंगलवार ०६:३५

काभ्रे — तत्कालीन माओवादी जनयुद्धका क्रममा राज्य र माओवादीबीचको भिडन्तमा...

नेपालमै पहिलो पटक आयोजना गरिएको “गौविज्ञान कथा” कार्यक्रम दुई दिनसम्म सञ्चालन भई सफलतापूर्वक सम्पन्न

नेपालमै पहिलो पटक आयोजना गरिएको “गौविज्ञान कथा” कार्यक्रम दुई दिनसम्म सञ्चालन भई सफलतापूर्वक सम्पन्न

वि.सं.२०८३ वैशाख १४ सोमवार ११:२०

काठमाडौं — नेपालमै पहिलो पटक आयोजना गरिएको "गौविज्ञान कथा" कार्यक्रम...

सार्वजनिक र सरकारी जग्गा बनाइएका बस्ती खाली गराउने कार्य जारी, ६८ परिवार सरकारको सम्पर्कमा

सार्वजनिक र सरकारी जग्गा बनाइएका बस्ती खाली गराउने कार्य जारी, ६८ परिवार सरकारको सम्पर्कमा

वि.सं.२०८३ वैशाख १२ शनिवार १३:२०

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका नदी किनार र जोखिमपूर्ण क्षेत्र...

लोक दोहोरी गायिका बिमला सुनारको कौराह गीत “कालीगंगा” सार्वजनिक

लोक दोहोरी गायिका बिमला सुनारको कौराह गीत “कालीगंगा” सार्वजनिक

वि.सं.२०८३ वैशाख १२ शनिवार १३:०१

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि...

पर्वते गायक सुजन बराईलीको मौलिक पञ्चेबाजा गीत “धौलागिरी शिर” सार्वजनिक

पर्वते गायक सुजन बराईलीको मौलिक पञ्चेबाजा गीत “धौलागिरी शिर” सार्वजनिक

वि.सं.२०८३ वैशाख ११ शुक्रवार १३:४१

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि...