पर्वत कलाकार समाजको दास्रो अधिबेशनबाट अध्यक्षमा कुलेन्द्र बिक, महासचिवमा प्रल्हाद सुबेदी, सचिवमा सुजन बराईली चयन

काठमाडौं, नेपाल

पर्वत कलाकार समाज नेपालको दोश्रो अधिवेशनले लोकप्रिय गायक कुलेन्द्र विश्वकर्माको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।

सर्वसम्मत प्रक्रियाबाट तय भएको कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा कृष्ण समीप सुवेदी, उपाध्यक्षमा कुमार केसी, महासचिवमा प्रल्हाद सुवेदी, सचिवमा सुजन बराईली, कोषाध्यक्षमा सुश्मा लोहनी र सह कोषाध्यक्षमा लक्षु प्रकाश मल्ल चयन भएका छन्।

मंगलबार काठमाडौंको अनामनगरमा आयोजित अधिवेशन सभाले समाजका सदस्यहरुमा भिम बहादुर पौडेल, रमेश सेन्चुरी, सुरज श्रेष्ठ, सृजना जिसी, संकल्प सुवेदी, कल्पना काफ्ले र दिपिका पौडेललाई चुनेको छ।

पर्वत कलाकार समाजमा यस अघि लोकप्रिय सर्जक कस्तुप पन्त अध्यक्ष थिए । नयाँ कार्यसमिति तय भएपछि पन्त विधानत समाजको संरक्षक बनेका छन्। ‘हाम्रो मूलमन्त्र भनेको संस्कार र संस्कृति हो, यसैको जगमा हामी कलाकर्मलाई सम्मुनत बनाउने र कलाकारको आत्मसम्मान सृजना गर्ने काम गर्नेछौं’, अध्यक्ष चयन भएपछि गायक कुलेन्द्र विश्वकर्माले भने “अघिल्लै कार्य समितिमा मातृभूमीमा सम्मान कार्यक्रमबारे छलफल भएको थियो । कोभिडले गर्दा काम गर्न सकिएन तर यस पटकको कार्यसमितिले यसलाई पनि आफ्नो कार्य योजनामा राख्नेछ र काम गर्नेछ।”

अधिवेशन कार्यक्रममा पत्रकार नारायण अमृत, पर्वतका युवा समाजसेवी डा. केदार सुवेदी, ईश्वरी पन्त र युवा उद्यमी शिव वास्तोलाले समाजलाई सहयोग गर्ने प्रतिवद्धता सहित शुभकामना व्यक्त गरेका थिए। नव निर्वाचित कार्य समितीका पदाधिकारीहरुलाई हाम्रो तर्फबाट हार्दिक बधाई एबं सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछौं ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

गायक एबं सर्जक मिन प्रकाश ओलीको देशप्रेमी गीत “के भयो जगतमा” सार्वजनिक

गायक एबं सर्जक मिन प्रकाश ओलीको देशप्रेमी गीत “के भयो जगतमा” सार्वजनिक

वि.सं.२०८३ वैशाख १५ मंगलवार १२:१४

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि...

सरला–कुमार अक्षय कोषद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सरला–कुमार अक्षय कोषद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

वि.सं.२०८३ वैशाख १५ मंगलवार ०६:३५

काभ्रे — तत्कालीन माओवादी जनयुद्धका क्रममा राज्य र माओवादीबीचको भिडन्तमा...

नेपालमै पहिलो पटक आयोजना गरिएको “गौविज्ञान कथा” कार्यक्रम दुई दिनसम्म सञ्चालन भई सफलतापूर्वक सम्पन्न

नेपालमै पहिलो पटक आयोजना गरिएको “गौविज्ञान कथा” कार्यक्रम दुई दिनसम्म सञ्चालन भई सफलतापूर्वक सम्पन्न

वि.सं.२०८३ वैशाख १४ सोमवार ११:२०

काठमाडौं — नेपालमै पहिलो पटक आयोजना गरिएको "गौविज्ञान कथा" कार्यक्रम...

सार्वजनिक र सरकारी जग्गा बनाइएका बस्ती खाली गराउने कार्य जारी, ६८ परिवार सरकारको सम्पर्कमा

सार्वजनिक र सरकारी जग्गा बनाइएका बस्ती खाली गराउने कार्य जारी, ६८ परिवार सरकारको सम्पर्कमा

वि.सं.२०८३ वैशाख १२ शनिवार १३:२०

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका नदी किनार र जोखिमपूर्ण क्षेत्र...

लोक दोहोरी गायिका बिमला सुनारको कौराह गीत “कालीगंगा” सार्वजनिक

लोक दोहोरी गायिका बिमला सुनारको कौराह गीत “कालीगंगा” सार्वजनिक

वि.सं.२०८३ वैशाख १२ शनिवार १३:०१

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि...

पर्वते गायक सुजन बराईलीको मौलिक पञ्चेबाजा गीत “धौलागिरी शिर” सार्वजनिक

पर्वते गायक सुजन बराईलीको मौलिक पञ्चेबाजा गीत “धौलागिरी शिर” सार्वजनिक

वि.सं.२०८३ वैशाख ११ शुक्रवार १३:४१

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि...