भकुण्डे सामुदायिक क्लवको आयोजनामा “बृहत साँस्कृतिक तथा खेलकुद कार्यक्रम – २०७९” सम्पन्न

ज्यामरुककोट / म्याग्दी

महिलाहरुको महान चाड हरितालिका तीज २०७९ को पावन अवसरमा भकुण्डे सामुदायिक क्लवको आयोजनामा “बृहत साँस्कृतिक तथा खेलकुद कार्यक्रम – २०७९” सम्पन्न भएको छ । यस कार्यक्रम बेनी नगरपालिका वडा नं. २, ज्यामरुककोट, भकुण्डेमा सम्पन्न भएको हो ।

 

साँस्कृतिक कार्यक्रममा चर्चित राष्ट्रिय कलाकारहरु टिका सानु, राम गगन बिश्वकर्मा, निरा छन्त्याल लगायत स्थानिय कलाकारहरुको बिशेष प्रस्तुती रहेको थियो । टिका सानु, राम गगन र निरा छन्त्यालको प्रस्तुतीले सबै दर्शकहरुलाई आकर्षित बनाएको थियो । मौसम खराबी भएर पानी परिरहेतापनी छाता ओढेर भएपनी दर्शकहरुले मनोरञ्जन लिईएका थिए । टिका सानु र राम गगन बिश्वकर्माको दोहोरीले झन सबैलाई मन्त्रमुक्त बनाएको थियो ।

यस कार्यक्रममा यसै क्लवका अध्यक्ष ईन्द्र बहादुर घिमिरे (ईश्वर) को अध्यक्षता रहेको थियो भने जिल्ला समन्वय समितीका समन्वय प्रमुख राज कुमार थापाको प्रमुख आतिथ्यता रहेको थियो । सो कार्यक्रममको सञ्चालन भिम बहादुर पौडेल र राम किसानले गरेका थिए ।

खुल्ला तीज गीत नृत्य प्रतियोगितामा बेनपा २ भकुण्डे की सिम्रन बिक प्रथम भएकी थिईन् भने बेनपा १ अर्जम की ज्योती थापा मगर द्धितिय भएका थिए । पुरुष छेलो प्रतियोगिता तर्फ रुद्र बहादुर सापकोटा (नानु) प्रथम भएका थिए । पुरुष छेलो तर्फ ४००० रुपैया, खादा र प्रमाण पत्र तोकिएको थियो भने खुल्ला नारी तीज गीत नृत्य प्रतियोगिता तर्फ प्रथम पुरुष पुरस्कार ३००० रुपैया र प्रमाण पत्र, द्धितिय पुरस्कार १५०० रुपैया र प्रमाण पत्र रहेको छ ।

ज्यामरुककोट साविक वडा स्तरिय भलिबल प्रतियोगिता तर्फ लेकसाईड युवा क्लब, सानालेख प्रथम र प्रतिभा युवा क्लब, फापरखेत द्वितीय हुन सफल भएका थिए भने खुल्ला नगर तथा गाउँपालिका स्तरिय भलिबल प्रतियोगितामा भकुण्डे सामुदायिक क्लब (आयोजक) प्रथम, बेनपा ३ भकिम्ली द्वितीय हुन सफल भएका थिए ।

खेलकुद प्रतियोगितामा ज्यामरुककोट साविक वडा स्तरिय तर्फ प्रथम पुरस्कार ६,६६६ रुपैया, मेडल र प्रमाण पत्र, द्धितिय पुरस्कार ३,३३३ रुपैया, मेडल र प्रमाण पत्र रहेको थियो । त्यस्तै खुल्ला गाँउ तथा नगरपालिका वडा स्तरिय पुरुष भलिवल तर्फ प्रथम पुरस्कार ४०,४४० रुपैया, मेडल र प्रमाण पत्र, द्धितिय पुरस्कार २२, २२० रुपैया, मेडल र प्रमाण पत्र तोकिएको थियो । प्रथम पुरस्कार प्रायोजन सेवा नेपालका निर्देशक राम प्रसाद शर्माले गरेका छन् ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

“मधु बनैमा” र “अंगुर अमिलो” गीत पछि बिमलराज क्षत्री र कस्तुप पन्तको सहकार्यमा “कसो गरम म” सार्वजनिक

“मधु बनैमा” र “अंगुर अमिलो” गीत पछि बिमलराज क्षत्री र कस्तुप पन्तको सहकार्यमा “कसो गरम म” सार्वजनिक

वि.सं.२०८० असोज ६ शनिवार १७:०१

काठमाडौं। नेपाली सांगितिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो...

“ईन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०२३” को मनोनयन फारम खुल्ला

“ईन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०२३” को मनोनयन फारम खुल्ला

वि.सं.२०८० असोज ४ बिहीवार ०७:५६

काठमाडौं । नेपाली गीत संगीतलाई उत्थान गर्ने उदेश्यले "ईन्डो नेपाल...

प्रसिद्ध गायिका साधना सरगमले गाएको गीत “शान्ति” को भिडियो सार्वजनिक

प्रसिद्ध गायिका साधना सरगमले गाएको गीत “शान्ति” को भिडियो सार्वजनिक

वि.सं.२०८० असोज ४ बिहीवार ०५:२०

काठमाडाैं । प्रसिद्ध गायिका साधना सरगमले गाएको गीत "शान्ति" को...

चौथो संस्करणको जिनियस म्युजिक अवार्ड सम्पन्न

चौथो संस्करणको जिनियस म्युजिक अवार्ड सम्पन्न

वि.सं.२०८० असोज ४ बिहीवार ०५:०९

काठमाडौं । चौथो संस्करणको जिनियस म्युजिक अवार्ड सम्पन्न भएको छ...

भकुन्डे सामुदायिक क्लव, बेनी न.पा. २, म्याग्दीको आयोजनामा “हरितालिका तीज मेला – २०८०” भब्य रुपले सम्पन्न

भकुन्डे सामुदायिक क्लव, बेनी न.पा. २, म्याग्दीको आयोजनामा “हरितालिका तीज मेला – २०८०” भब्य रुपले सम्पन्न

वि.सं.२०८० असोज ३ बुधवार १६:४७

म्याग्दी । महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा भकुन्डे सामुदायिक...

धिताल फिल्मस् एण्ड म्युजिक प्रा.लि.को आयोजनामा “तीज म्युजिक अवार्ड – २०८०” भब्य रुपले सम्पन्न

धिताल फिल्मस् एण्ड म्युजिक प्रा.लि.को आयोजनामा “तीज म्युजिक अवार्ड – २०८०” भब्य रुपले सम्पन्न

वि.सं.२०८० भदौ ३० शनिवार १८:०१

काठमाडौं । धिताल फिल्मस् एण्ड म्युजिक प्रा.लि.को आयोजनामा "तीज म्युजिक...