धौलागिरी दोहोरी साँझ जापानका सञ्चालक धन थापा विरुद्ध अमृता श्रीपालले दिईन् निवेदन

काठमाडौं, नेपाल । जापानमा सञ्चालित धौलागिरी दोहोरी साँझमा सांगीतिक प्रस्तुति दिन पुगेकी लोकगायिका अमृता श्रीपालले आफूमाथि भौतिक आक्रमण भएको भन्दै उक्त दोहोरी साँझका सञ्चालक धन थापा विरुद्ध राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान, जापान शाखामा निवेदन दिएकी छन् ।

गत अगस्ट १३ मा जापानको ओसाका कोबे सहरस्थित धौलागिरि दोहोरी साँझमा सांगीतिक प्रस्तुतिका लागि स्पोन्सर गरेका बागलुङका थापाविरुद्ध गायिका श्रीपालले निवेदन दिएकी हुन् ।

उनले आफू जापान प्रवेश गरेपछि हरेक कार्यक्रममा गाउँदा पाएको पारिश्रमिक थापालाई कमिसन दिनुपर्ने, तर आउन जान यातायात खर्च समेत नदिने गरेको उनले निवेदनमा उल्लेख गरेकी छन् । कार्यक्रमका सहकर्मीसँग अनैतिक सम्बन्ध राखेको जस्ता आरोप समेत थापाले लगाउने गरेको श्रपालले निवेदनमा उल्लेख गरेकी छन् ।

गायिका श्रीपालले निवेदनमा उल्लेख गरेकी छन्, ‘मेरो अझै दुई महिनाको भिसा बाँकी रहेको र आफू कलाकार रहेको हुँदा केही समय जापानमा बस्ने र तय भएका सांगीतिक कार्यक्रममा प्रस्तुति दिने माहौल सिर्जना गरिदिनुहुन प्रतिष्ठान, जापान शाखा समक्ष हार्दिक अनुरोध गर्दछु, निज थापाले मलाई जापानमा र मेरो नेपाल ९म्याग्दी० मा रहेको परिवारलाई समेत मार्ने धम्की दिने गरेको हुँदा मलाई मानसिक पीडा, सामाजिक बेइज्जत, सांगीतिक करिअरमा असर पर्नुका साथै चरित्र हत्याको पीडाले अति धेरै पीडित बनेकी छु, उसको स्वार्थ पूरा नहुँदा सेप्टेम्बर ११ मा पनि भौतिक रुपमा ममाथि आक्रमण गरेपछि मैले आफ्नो ज्यान जोगाउँदै ओसाकाको एक घरमा शरण लिई लुकीछिपी बसिरहेको छु ।’

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

उपत्यका समन्वय समितीको “२० औं वार्षिक साधारण सभा तथा सातौं अधिबेशन – २०८२” मा प्रसाद लामिछाने निर्वाचित, अन्य कुन कुन पदमा को को निर्वाचित भए त ?

उपत्यका समन्वय समितीको “२० औं वार्षिक साधारण सभा तथा सातौं अधिबेशन – २०८२” मा प्रसाद लामिछाने निर्वाचित, अन्य कुन कुन पदमा को को निर्वाचित भए त ?

वि.सं.२०८२ मंसिर २१ आइतवार १२:५१

प्रकाश बराईली "अभिब्यक्ति" काठमाडौं, नेपाल   राष्ट्रिय लोक तथा दोहोरी...

पार्वती बिश्वकर्मा र राम परियारको स्वरमा पृथक गीत “उनिको स्विटर” सार्वजनिक (भिडियो सहित)

पार्वती बिश्वकर्मा र राम परियारको स्वरमा पृथक गीत “उनिको स्विटर” सार्वजनिक (भिडियो सहित)

वि.सं.२०८२ मंसिर १९ शुक्रवार १०:१०

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

सुजन म्युजिक प्रा. लि.को आयोजनामा “तेस्रो इन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०८२” का उत्कृष्ट पाँच मनोनयन सार्वजनिक (बिबरण सहित)

सुजन म्युजिक प्रा. लि.को आयोजनामा “तेस्रो इन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०८२” का उत्कृष्ट पाँच मनोनयन सार्वजनिक (बिबरण सहित)

वि.सं.२०८२ मंसिर १९ शुक्रवार ०८:४४

काठमाडौं। "सुजन म्युजिक प्रा. लि.को आयोजनामा "तेस्रो इन्डो नेपाल सुजन...

अमृत रामदामको मौलिक गीत “बासीहालो बिहानै भाले” सावजनिक

अमृत रामदामको मौलिक गीत “बासीहालो बिहानै भाले” सावजनिक

वि.सं.२०८२ मंसिर ११ बिहीवार ०६:२३

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

रमेश बिक्रम रत्नको नयाँ गीत  “टेम्पो ढोलकी” अघी सार्वजनिक

रमेश बिक्रम रत्नको नयाँ गीत  “टेम्पो ढोलकी” अघी सार्वजनिक

वि.सं.२०८२ मंसिर ११ बिहीवार ०६:०७

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

क्रोयसियाको इभान्कोभो स्थित रेलको ठक्करबाट एक नेपालीको मृत्यु

क्रोयसियाको इभान्कोभो स्थित रेलको ठक्करबाट एक नेपालीको मृत्यु

वि.सं.२०८२ मंसिर ११ बिहीवार ०५:३५

भिम ओलि युरोप सम्बाददाता (क्रोयसिया)   क्रोयसियाको इभान्कोभो स्थित रेलको...