नेपाल अधिराज्य भरका दोहोरी ब्यवसायीहरु एक हुँदै

काठमाडौं । “लोक दोहोरी ब्यवसायीहरुको ऐक्यवद्धता, कला संस्कृतिको संरक्षण तथा रोजगारीको प्रतिबद्धता” भन्ने मुल मर्मका साथ सञ्चालित नेपाल भरका दोहोरी ब्यवसायीहरुको छाता संगठनको पहिलो महाधिवेशन हुने भएको छ ।

नेपाल अधिराज्यभर २०० भन्दा बढी दोहोरी सञ्चालनमा रहेका छन् । पर्यटन प्रबद्र्धन आर्थिक मेरुदण्डको मूख्य हिस्सा ओगटेको दोहोरी व्यवसायीहरु क्षेत्रगत रुपमा संगठित भएपनि राष्ट्रिय रुपमा एकतावद्ध भने भइसकेका थिएनन् । देशमा बेरोजगारीको समस्या चर्को रहेको बेला हजारौंलाई रोजगारी दिएको यस व्यवसायमा आवद्ध व्यवसायीहरूले यही २०८० जेठ ३ गते बुधबार पर्यटकीय नगरी पोखरामा भब्य रुपमा प्रथम ऐतिहासक राष्ट्रिय महाधिवेशन सम्पन्न गर्न लागेको राष्ट्रिय लोकदोहोरी व्यवसायी संघका अध्यक्ष गुणराज खनालले बताए ।

२०७९ चैत्र १७ गते चितवनमा भएको नेपाल अधिराज्य भरका दोहोरी सञ्चालकहरुको बैठकले राष्ट्रिय महाधिवेशन पोखरामा सम्पन्न गर्ने निर्णय गरेको जानकारी महाधिवेशन संयोजक बिनोद श्रेष्ठले दिए । कार्यक्रमलाई भब्य र ऐतिहासिक रुपमा सम्पन्न गर्न आवश्यक पर्ने विभिन्न समितिहरु गठन गरिसकिएको कार्यक्रम प्रचारप्रसार संयोजक आशिष खड्काले जानकारी दिनु दिए ।

पहिलो महाधिबेशन सम्पन्न गराउन पोखराले अवसर पाएकोमा आभार प्रकट गर्दै महाधिवेशन व्यवस्थापन प्रमुख जीवन गुरुङले तोकिएको जिम्मेवारीलाई कुशलतापूर्वक बहन गर्ने बताए । ऐतिहासिक प्रथम महाधिबेशनमा नेपालका बहुचर्चित कलाकारहरुको प्रस्तुति रहने, विभिन्न समुदायको साँस्कृतिक झाँकी प्रस्तुत हुने उक्त महाधिवेशनको उद्घाटन प्रधानमन्त्रीबाट हुने जानकारी विधान मस्यौदा समतिका संयोजक भिम श्रेष्ठले दिए । कार्यक्रम सम्पन गराउन करिब २५ लाख भन्दा बढी खर्च हुने अनुमान गरिएको कुरा आर्थिक विभाग प्रमुख सुजन घिमिरेले जानकारी दिए ।

लोक दोहोरी व्यवसायीहरू राष्ट्रिय रूपमै एकतावद्ध भएपछि यस व्यवसायलाई अझ सशक्त बनाउन र व्यवसायीहरूको जायज मागलाई सम्वन्धित निकायसम्म प्रभावकारी ढंगले राख्न थप बल पुग्ने कार्यक्रम संयोजक श्रेष्ठले बताए ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

रमा पोख्रेलको शब्द र चर्चित संगीतकार कमल अधिकारीको संगीतमा तीज बिशेष गीत “सम्झी सम्झी घर” सार्वजनिक

रमा पोख्रेलको शब्द र चर्चित संगीतकार कमल अधिकारीको संगीतमा तीज बिशेष गीत “सम्झी सम्झी घर” सार्वजनिक

वि.सं.२०८३ साउन ३० शनिवार १०:५७

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

“लोक दोहोरी च्याम्पियन” पत्रकार भेटघाट कार्यक्रम सम्पन्न, असोज ३ गतेदेखि दर्शक माझ आउने

“लोक दोहोरी च्याम्पियन” पत्रकार भेटघाट कार्यक्रम सम्पन्न, असोज ३ गतेदेखि दर्शक माझ आउने

वि.सं.२०८३ साउन २६ मंगलवार १३:५२

काठमाडौं । रगोन स्टुडियो प्रा.लि.को ब्यानरमा निर्माण भइरहेको चर्चित लोकदोहोरी...

लघु चलचित्र “आश्रम” र मर्मस्पर्शी गीत “कति बस्छौ माइतीघर” को म्युजिक भिडियोको प्रिमियर शो सम्पन्न

लघु चलचित्र “आश्रम” र मर्मस्पर्शी गीत “कति बस्छौ माइतीघर” को म्युजिक भिडियोको प्रिमियर शो सम्पन्न

वि.सं.२०८३ साउन २४ आइतवार ०६:५०

काठमाडौं । लघु चलचित्र "आश्रम" र मर्मस्पर्शी गीत "कति बस्छौ माइतीघर"...

रमेश बिक्रम रत्नको पृथक तीज कोसेली “नाचिदेउ गौथली” सार्वजनिक

रमेश बिक्रम रत्नको पृथक तीज कोसेली “नाचिदेउ गौथली” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार १२:४०

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

आशा बिश्वकर्मा लगायत अन्य कलाकारहरुको अभिनयमा मौलिक तीज गीत “मै प्यारी छोरी” सार्वजनिक

आशा बिश्वकर्मा लगायत अन्य कलाकारहरुको अभिनयमा मौलिक तीज गीत “मै प्यारी छोरी” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार १२:०७

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

प्रबिन खड्काको नयाँ गीत “मानपुर रामेछाप” सार्वजनिक

प्रबिन खड्काको नयाँ गीत “मानपुर रामेछाप” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार ११:२६

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...