नेपाल अधिराज्य भरका दोहोरी ब्यवसायीहरु एक हुँदै

काठमाडौं । “लोक दोहोरी ब्यवसायीहरुको ऐक्यवद्धता, कला संस्कृतिको संरक्षण तथा रोजगारीको प्रतिबद्धता” भन्ने मुल मर्मका साथ सञ्चालित नेपाल भरका दोहोरी ब्यवसायीहरुको छाता संगठनको पहिलो महाधिवेशन हुने भएको छ ।

नेपाल अधिराज्यभर २०० भन्दा बढी दोहोरी सञ्चालनमा रहेका छन् । पर्यटन प्रबद्र्धन आर्थिक मेरुदण्डको मूख्य हिस्सा ओगटेको दोहोरी व्यवसायीहरु क्षेत्रगत रुपमा संगठित भएपनि राष्ट्रिय रुपमा एकतावद्ध भने भइसकेका थिएनन् । देशमा बेरोजगारीको समस्या चर्को रहेको बेला हजारौंलाई रोजगारी दिएको यस व्यवसायमा आवद्ध व्यवसायीहरूले यही २०८० जेठ ३ गते बुधबार पर्यटकीय नगरी पोखरामा भब्य रुपमा प्रथम ऐतिहासक राष्ट्रिय महाधिवेशन सम्पन्न गर्न लागेको राष्ट्रिय लोकदोहोरी व्यवसायी संघका अध्यक्ष गुणराज खनालले बताए ।

२०७९ चैत्र १७ गते चितवनमा भएको नेपाल अधिराज्य भरका दोहोरी सञ्चालकहरुको बैठकले राष्ट्रिय महाधिवेशन पोखरामा सम्पन्न गर्ने निर्णय गरेको जानकारी महाधिवेशन संयोजक बिनोद श्रेष्ठले दिए । कार्यक्रमलाई भब्य र ऐतिहासिक रुपमा सम्पन्न गर्न आवश्यक पर्ने विभिन्न समितिहरु गठन गरिसकिएको कार्यक्रम प्रचारप्रसार संयोजक आशिष खड्काले जानकारी दिनु दिए ।

 

पहिलो महाधिबेशन सम्पन्न गराउन पोखराले अवसर पाएकोमा आभार प्रकट गर्दै महाधिवेशन व्यवस्थापन प्रमुख जीवन गुरुङले तोकिएको जिम्मेवारीलाई कुशलतापूर्वक बहन गर्ने बताए । ऐतिहासिक प्रथम महाधिबेशनमा नेपालका बहुचर्चित कलाकारहरुको प्रस्तुति रहने, विभिन्न समुदायको साँस्कृतिक झाँकी प्रस्तुत हुने उक्त महाधिवेशनको उद्घाटन प्रधानमन्त्रीबाट हुने जानकारी विधान मस्यौदा समतिका संयोजक भिम श्रेष्ठले दिए । कार्यक्रम सम्पन गराउन करिब २५ लाख भन्दा बढी खर्च हुने अनुमान गरिएको कुरा आर्थिक विभाग प्रमुख सुजन घिमिरेले जानकारी दिए ।

लोक दोहोरी व्यवसायीहरू राष्ट्रिय रूपमै एकतावद्ध भएपछि यस व्यवसायलाई अझ सशक्त बनाउन र व्यवसायीहरूको जायज मागलाई सम्वन्धित निकायसम्म प्रभावकारी ढंगले राख्न थप बल पुग्ने कार्यक्रम संयोजक श्रेष्ठले बताए ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

“बिश्वब्यापी आवधिक समिक्षा – Universal Periodic Report (UPR) २०२५” को संयुक्त प्रतिबेदन तयारी राष्ट्रिय परामर्श गोष्ठी कार्यक्रम सम्पन्न

“बिश्वब्यापी आवधिक समिक्षा – Universal Periodic Report (UPR) २०२५” को संयुक्त प्रतिबेदन तयारी राष्ट्रिय परामर्श गोष्ठी कार्यक्रम सम्पन्न

वि.सं.२०८२ असार ३१ मंगलवार ०९:२३

काठमाडौं। नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ (NNDSWO) को समन्वयमा...

सोंपाल समाज यूकेको “गृष्मकालिन भेटघाट कार्यक्रम” सम्पन्न

सोंपाल समाज यूकेको “गृष्मकालिन भेटघाट कार्यक्रम” सम्पन्न

वि.सं.२०८२ असार ३० सोमवार १५:४०

लन्डन । सोंपाल समाज यूकेको "गृष्मकालिन भेटघाट कार्यक्रम" सम्पन्न भएको...

“ईन्द्रेणी दोहोरी तारा २०८२” मा सपना रोका प्रथम

“ईन्द्रेणी दोहोरी तारा २०८२” मा सपना रोका प्रथम

वि.सं.२०८२ असार २९ आइतवार १३:४०

काठमाडौं।  सुष्मा ठकुरी फाउन्डेशन नेपालद्वारा असार २७ र २८ गते...

नक्कली होटल बुकिङमार्फत मानव तस्करी बढ्दो, युवतीहरू मुख्य निशाना

नक्कली होटल बुकिङमार्फत मानव तस्करी बढ्दो, युवतीहरू मुख्य निशाना

वि.सं.२०८२ असार २७ शुक्रवार १३:३५

काठमाडौं, भिजिट भिषामा कठाई सगैं नक्कली होटल बुकिङमार्फत हुने मानव...

बबिना भट्टराई र नारद पोखरेलको भजन “साम्ब सदाशिव”  सार्वजनिक (भिडियो सहित)

बबिना भट्टराई र नारद पोखरेलको भजन “साम्ब सदाशिव”  सार्वजनिक (भिडियो सहित)

वि.सं.२०८२ असार २७ शुक्रवार १३:३०

काठमाडौंः ‘साम्व सदाशिव ॐ’ भजन भगवान शिव प्रतिको भक्तिभावले ओतप्रोत...

गायिका रिता बुढाथोकीको तीज बिशेष गीत “आमा मेरी आमा” सार्वजनिक

गायिका रिता बुढाथोकीको तीज बिशेष गीत “आमा मेरी आमा” सार्वजनिक

वि.सं.२०८२ असार २५ बुधवार १०:४६

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...