कलाकारहरुलाई उपचारमा बिशेष छुट दिन प्रतिष्ठान की केन्द्रिय अध्यक्ष रिता थापा मगरले गरिन् चिरायु नेशनल हस्पिटल सँग सम्झौता

काठमाडौं । चिरायु नेशनल हस्पिटलले हजारौं बिरामीलाई स्वास्थ्य सेवा प्रदान गर्दै आईरहेको छ । यस हस्पिटलले बिगत २ बर्ष देखी कलाकारहरुलाई बिशेष सहुलियतका साथ उपचार गर्दै आईरहेको पनि छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका निवर्तमान अध्यक्ष रमेश बिजीको कार्यकालमा कलाकारहरुलाई बिशेष सहुलियतका साथ उपचार गर्ने सम्झौता भएको थियो ।

 

त्यसै सम्झौतालाई हालै ८ औं केन्द्रिय महाधिबेशनबाट निर्वाचित केन्द्रिय अध्यक्ष रिता थापा मगरले आफ्नो कार्यकाल अवधीभर कलाकारहरुलाई बिशेष सहुलियतका साथ उपचार गर्न भनी पुनः सम्झौता गरेकी छिन् । सोही बेला प्रतिष्ठान की केन्द्रिय अध्यक्ष रिता थापा मगर, थिएटर निर्देशक आशिक मल्ल, चर्चित लोक दोहोरी गायिका शिला आले, कलाकार निर्णय श्रेष्ठ, समाजसेबी मोहन बल्लभ राना, निर्देशक दिलिप रानाभाट, सञ्चारकर्मी राज कुमार रायमाझी, पत्रकार प्रकाश बराईली “अभिब्यक्ति”, पत्रकार कबिराज ढकाल, पत्रकार अर्जुन खनाल लगायतका ब्यक्तिहरुलाई प्रिभिलेज कार्ड (बिशेषाधिकार कार्ड) प्रदान गरिएको थियो ।

 

रिता थापा मगर भन्छिन् “सकभर त कोही पनि बिरामी हुन, हस्पिटल आउन नपरोस् । चिरायु नेशनल हस्पिटल आउदा मेरै घरमा आएको जस्तो लाग्छ । म प्रतिष्ठानको अध्यक्ष हुँदा र रमेश बिजि ज्यु अध्यक्ष हुँदा कलाकारहरुलाई बिशेष सहुलियतका साथ उपचार गर्ने सम्झौता भएको थियो । त्यसै सम्झौतालाई पुनः सम्झौता गरी हस्ताक्षर गर्न पाउदा ज्यादै खुसी छु । यस हस्पिटलले कलाकारहरुलाई र प्रतिष्ठानलाई देखाएको माया प्रती ज्यादै खुसी छु । यस हस्पिटलमा मेरो परिवारलाई लिएर उपचार गराएर पुनर्जिवन पाएको पाएको छु । त्यसैले यस हस्पिटल सँग मेरो पारिवारिक सम्बन्ध पनि छ । हाम्रो सम्बन्ध अझै कायम रहोस् भन्न चाहन्छु ।”

 

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

आफ्नो हक, हित र सुरक्षाका लागि काठमाडौंका मनोरञ्जन व्यवसायी संगठित

आफ्नो हक, हित र सुरक्षाका लागि काठमाडौंका मनोरञ्जन व्यवसायी संगठित

वि.सं.२०८२ असार ३१ मंगलवार १२:३१

काठमाडौँ — आफ्नो हक, हित र सुरक्षाका लागि काठमाडौंका मनोरञ्जन...

“बिश्वब्यापी आवधिक समिक्षा – Universal Periodic Report (UPR) २०२५” को संयुक्त प्रतिबेदन तयारी राष्ट्रिय परामर्श गोष्ठी कार्यक्रम सम्पन्न

“बिश्वब्यापी आवधिक समिक्षा – Universal Periodic Report (UPR) २०२५” को संयुक्त प्रतिबेदन तयारी राष्ट्रिय परामर्श गोष्ठी कार्यक्रम सम्पन्न

वि.सं.२०८२ असार ३१ मंगलवार ०९:२३

काठमाडौं। नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ (NNDSWO) को समन्वयमा...

सोंपाल समाज यूकेको “गृष्मकालिन भेटघाट कार्यक्रम” सम्पन्न

सोंपाल समाज यूकेको “गृष्मकालिन भेटघाट कार्यक्रम” सम्पन्न

वि.सं.२०८२ असार ३० सोमवार १५:४०

लन्डन । सोंपाल समाज यूकेको "गृष्मकालिन भेटघाट कार्यक्रम" सम्पन्न भएको...

“ईन्द्रेणी दोहोरी तारा २०८२” मा सपना रोका प्रथम

“ईन्द्रेणी दोहोरी तारा २०८२” मा सपना रोका प्रथम

वि.सं.२०८२ असार २९ आइतवार १३:४०

काठमाडौं।  सुष्मा ठकुरी फाउन्डेशन नेपालद्वारा असार २७ र २८ गते...

नक्कली होटल बुकिङमार्फत मानव तस्करी बढ्दो, युवतीहरू मुख्य निशाना

नक्कली होटल बुकिङमार्फत मानव तस्करी बढ्दो, युवतीहरू मुख्य निशाना

वि.सं.२०८२ असार २७ शुक्रवार १३:३५

काठमाडौं, भिजिट भिषामा कठाई सगैं नक्कली होटल बुकिङमार्फत हुने मानव...

बबिना भट्टराई र नारद पोखरेलको भजन “साम्ब सदाशिव”  सार्वजनिक (भिडियो सहित)

बबिना भट्टराई र नारद पोखरेलको भजन “साम्ब सदाशिव”  सार्वजनिक (भिडियो सहित)

वि.सं.२०८२ असार २७ शुक्रवार १३:३०

काठमाडौंः ‘साम्व सदाशिव ॐ’ भजन भगवान शिव प्रतिको भक्तिभावले ओतप्रोत...