कलाकारहरुलाई उपचारमा बिशेष छुट दिन प्रतिष्ठान की केन्द्रिय अध्यक्ष रिता थापा मगरले गरिन् चिरायु नेशनल हस्पिटल सँग सम्झौता

काठमाडौं । चिरायु नेशनल हस्पिटलले हजारौं बिरामीलाई स्वास्थ्य सेवा प्रदान गर्दै आईरहेको छ । यस हस्पिटलले बिगत २ बर्ष देखी कलाकारहरुलाई बिशेष सहुलियतका साथ उपचार गर्दै आईरहेको पनि छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका निवर्तमान अध्यक्ष रमेश बिजीको कार्यकालमा कलाकारहरुलाई बिशेष सहुलियतका साथ उपचार गर्ने सम्झौता भएको थियो ।

त्यसै सम्झौतालाई हालै ८ औं केन्द्रिय महाधिबेशनबाट निर्वाचित केन्द्रिय अध्यक्ष रिता थापा मगरले आफ्नो कार्यकाल अवधीभर कलाकारहरुलाई बिशेष सहुलियतका साथ उपचार गर्न भनी पुनः सम्झौता गरेकी छिन् । सोही बेला प्रतिष्ठान की केन्द्रिय अध्यक्ष रिता थापा मगर, थिएटर निर्देशक आशिक मल्ल, चर्चित लोक दोहोरी गायिका शिला आले, कलाकार निर्णय श्रेष्ठ, समाजसेबी मोहन बल्लभ राना, निर्देशक दिलिप रानाभाट, सञ्चारकर्मी राज कुमार रायमाझी, पत्रकार प्रकाश बराईली “अभिब्यक्ति”, पत्रकार कबिराज ढकाल, पत्रकार अर्जुन खनाल लगायतका ब्यक्तिहरुलाई प्रिभिलेज कार्ड (बिशेषाधिकार कार्ड) प्रदान गरिएको थियो ।

रिता थापा मगर भन्छिन् “सकभर त कोही पनि बिरामी हुन, हस्पिटल आउन नपरोस् । चिरायु नेशनल हस्पिटल आउदा मेरै घरमा आएको जस्तो लाग्छ । म प्रतिष्ठानको अध्यक्ष हुँदा र रमेश बिजि ज्यु अध्यक्ष हुँदा कलाकारहरुलाई बिशेष सहुलियतका साथ उपचार गर्ने सम्झौता भएको थियो । त्यसै सम्झौतालाई पुनः सम्झौता गरी हस्ताक्षर गर्न पाउदा ज्यादै खुसी छु । यस हस्पिटलले कलाकारहरुलाई र प्रतिष्ठानलाई देखाएको माया प्रती ज्यादै खुसी छु । यस हस्पिटलमा मेरो परिवारलाई लिएर उपचार गराएर पुनर्जिवन पाएको पाएको छु । त्यसैले यस हस्पिटल सँग मेरो पारिवारिक सम्बन्ध पनि छ । हाम्रो सम्बन्ध अझै कायम रहोस् भन्न चाहन्छु ।”

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट प्रभावित कलाकार तथा उनीहरूका परिवारलाई राहत तथा सहयोग उपलब्ध गराउने

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट प्रभावित कलाकार तथा उनीहरूका परिवारलाई राहत तथा सहयोग उपलब्ध गराउने

वि.सं.२०८३ भदौ १९ शुक्रवार ११:११

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट...

गायिका सपना रोकाको नयाँ गीत “त्यो केटाले हेर्‍यो” चर्चामा

गायिका सपना रोकाको नयाँ गीत “त्यो केटाले हेर्‍यो” चर्चामा

वि.सं.२०८३ भदौ १९ शुक्रवार १०:४०

काठमाडौं। प्रतियोगितात्मक दोहोरी गायिका तथा ‘इन्द्रेणी दोहोरी तारा’ सपना रोकाको...

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै रमेश बिक्रम रत्नको गीत “रसुवामा भेल” सार्वजनिक

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै रमेश बिक्रम रत्नको गीत “रसुवामा भेल” सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार ११:३५

काठमाडौं। भदौ १० गतेका दिन तिब्बतबाट रसुवा तर्फ आएको भोटेकोसीको...

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै सुजन बराईलीको “रसुवाको बाढी र पहिरो” नामक गीत सार्वजनिक

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै सुजन बराईलीको “रसुवाको बाढी र पहिरो” नामक गीत सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार ११:०९

काठमाडौं। भदौ १० गतेका दिन तिब्बतबाट रसुवा तर्फ आएको भोटेकोसीको...

चर्चित गायिका टीका पुनको स्वरमा “धनले के गर्‍यो” बोलको मर्मस्पर्शी तीज गीत सार्वजनिक

चर्चित गायिका टीका पुनको स्वरमा “धनले के गर्‍यो” बोलको मर्मस्पर्शी तीज गीत सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार १०:२०

काठमाडौं । हरितालिका तीज नजिकिँदै गर्दा नेपाली सांगीतिक बजारमा नयाँ–नयाँ...

राम प्रसाद पाठक र राधिका हमालको स्वरमा “अब त लाहुरे आउँछ भनेर” गीत सार्बजनिक

राम प्रसाद पाठक र राधिका हमालको स्वरमा “अब त लाहुरे आउँछ भनेर” गीत सार्बजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार १०:१४

काठमाडौ। गायक तथा पत्रकार रामप्रसाद पाठक र गायिका राधिका हमालको...