नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान लोक संगीत विभागको आयोजनामा ”लोक संगीत हिजो र आज” विषयक सङ्गोष्ठी सम्पन्न

काठमाडौं । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको लोक सङ्गीत विभागको आयोजनामा लोक सङ्गीत हिजो र आज विषयक सङ्गोष्ठी सम्पन्न भएको छ ।

 

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति निशा शर्माको अध्यक्षता तथा वरिष्ठ गायक प्रेम राजा महतको प्रमुख आतिथ्यतामा जेठ ३१ गते, नेपाल प्रज्ञा प्रतिष्ठानको पारिजात सभा हलमा आयोजना भएको कार्यक्रमको संयोजन लोक सङ्गीत विभाग प्रमुख प्राज्ञ टीका पुनले गरेकि थिईन् ।

 

कार्यक्रममा डा. गाविन्द आचार्यले लोक सङ्गीत हिजो र आज विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । जसमा प्राज्ञ यज्ञराज उपाध्याय र किरण बाबु पुनले टिप्पणी गरेका थिए । कार्यपत्र प्रस्तुत गर्दै आचार्यले लोक सङ्गीतको परिभाषा तथा यसको उत्पत्तिको विषयमा प्रकाश पार्दै लोक सङ्गीतका तत्वका बारेमा जानकारी गराएका थिए ।

 

कार्यपत्रमाथि टिप्पणी गर्दै प्राज्ञ उपाध्यायले लोक सङ्गीत सबैको साझा सम्पत्ति भए पनि संकलन कर्ताले गाउँघरमा रुमल्लिरहेको गीतलाई वान्की थपेर लोक गीत बनाउँछ भने त्यसमा संकलनकर्ताको अधिकार स्थापित हुनु पर्ने बताए ।

 

त्यस्तै किरण बाबु पुनले टिप्पणी गर्ने क्रममा छालाले मोडेका बाजा मात्र ताल बाजा नभएको र सारङ्गी, झ्याली लगायतका बाजालाई समेत ताल बाजाका रुपमा प्रयोग गर्न सकिने बताए ।

कार्यक्रममा आफ्नो भनाई राख्दै प्रमुख अतिथि प्रेमराजा महतले नेपालका मौलिक चीजहरुलाई खोजी गरेर संरक्षण गर्नुपर्ने जोड दिँदै नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले आफ्नो उद्देश्य पुरा गर्न आफूलाई भौतिक तथा प्राज्ञिक रुपमा सबलिकरण गर्नुपर्ने बताए ।

 

सो कार्यक्रममा बोल्दै उपकुलपति शम्भु राईले अहिले बजारमा आएका मीठा र रसिला गीतलाई आफूले लोक गीतका रुपमा नलिएको बताउनुहुँदै लोक गीत भनेका शतिऔँ देखि पुस्तान्तरण हुँदै आएका गीत हो भने ।

कार्यक्रममा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, बरिस्ठ संगीतकार एबम धुन सम्राट बिबि अनुरागी, लोक स्वर सम्राट राजु परियार, ईन्द्रेणी कार्यक्रमका सञ्चालक कृष्ण कंडेलले लोक सङ्गीतका विषयमा आफ्ना भनाई राखेका थिए । प्राज्ञ राधा राईले सञ्चालन गरेको कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका परिषद सदस्य, वरिष्ठ लोक गायक गायिका तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

 

कार्यक्रममा सोही संस्थाका उपकुलपति शम्भु राई, सदस्य सचिव कुश्मा महरा, वरिष्ठ गायक हरि बहादुर रावत, वरिष्ठ गायिका शर्मिला गुरुङ्ग, डाक्टर गोविन्द आचार्य, लोक संगीतका बिज्ञ प्राज्ञ यज्ञराज उपाध्याय इन्द्रेणीका सञ्चालक कृष्ण कँडेल, वरिष्ठ गायक तथा सर्जक दुर्गा रायमाझी, बरिष्ठ संगीतकार एबं धुन सम्राट बिबि अनुरागी, लोक स्वर सम्राट गायक राजु परियार, रेडियो नेपालका संगीत बिभाग प्रमुख मनराज नकर्मी, चर्चित गायिका राधिका हमाल, पछिल्लो समयका चर्चित गायिकाहरु शान्ती श्री परियार र टिका सानु, गायक तिलक परियार, गायक धनराज चुनारा लगायत अन्य कलाकारहरुका आतिथ्यता रहेको थियो ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

“मधु बनैमा” र “अंगुर अमिलो” गीत पछि बिमलराज क्षत्री र कस्तुप पन्तको सहकार्यमा “कसो गरम म” सार्वजनिक

“मधु बनैमा” र “अंगुर अमिलो” गीत पछि बिमलराज क्षत्री र कस्तुप पन्तको सहकार्यमा “कसो गरम म” सार्वजनिक

वि.सं.२०८० असोज ६ शनिवार १७:०१

काठमाडौं। नेपाली सांगितिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो...

“ईन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०२३” को मनोनयन फारम खुल्ला

“ईन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०२३” को मनोनयन फारम खुल्ला

वि.सं.२०८० असोज ४ बिहीवार ०७:५६

काठमाडौं । नेपाली गीत संगीतलाई उत्थान गर्ने उदेश्यले "ईन्डो नेपाल...

प्रसिद्ध गायिका साधना सरगमले गाएको गीत “शान्ति” को भिडियो सार्वजनिक

प्रसिद्ध गायिका साधना सरगमले गाएको गीत “शान्ति” को भिडियो सार्वजनिक

वि.सं.२०८० असोज ४ बिहीवार ०५:२०

काठमाडाैं । प्रसिद्ध गायिका साधना सरगमले गाएको गीत "शान्ति" को...

चौथो संस्करणको जिनियस म्युजिक अवार्ड सम्पन्न

चौथो संस्करणको जिनियस म्युजिक अवार्ड सम्पन्न

वि.सं.२०८० असोज ४ बिहीवार ०५:०९

काठमाडौं । चौथो संस्करणको जिनियस म्युजिक अवार्ड सम्पन्न भएको छ...

भकुन्डे सामुदायिक क्लव, बेनी न.पा. २, म्याग्दीको आयोजनामा “हरितालिका तीज मेला – २०८०” भब्य रुपले सम्पन्न

भकुन्डे सामुदायिक क्लव, बेनी न.पा. २, म्याग्दीको आयोजनामा “हरितालिका तीज मेला – २०८०” भब्य रुपले सम्पन्न

वि.सं.२०८० असोज ३ बुधवार १६:४७

म्याग्दी । महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा भकुन्डे सामुदायिक...

धिताल फिल्मस् एण्ड म्युजिक प्रा.लि.को आयोजनामा “तीज म्युजिक अवार्ड – २०८०” भब्य रुपले सम्पन्न

धिताल फिल्मस् एण्ड म्युजिक प्रा.लि.को आयोजनामा “तीज म्युजिक अवार्ड – २०८०” भब्य रुपले सम्पन्न

वि.सं.२०८० भदौ ३० शनिवार १८:०१

काठमाडौं । धिताल फिल्मस् एण्ड म्युजिक प्रा.लि.को आयोजनामा "तीज म्युजिक...