नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान लोक संगीत विभागको आयोजनामा ”लोक संगीत हिजो र आज” विषयक सङ्गोष्ठी सम्पन्न

काठमाडौं । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको लोक सङ्गीत विभागको आयोजनामा लोक सङ्गीत हिजो र आज विषयक सङ्गोष्ठी सम्पन्न भएको छ ।

 

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति निशा शर्माको अध्यक्षता तथा वरिष्ठ गायक प्रेम राजा महतको प्रमुख आतिथ्यतामा जेठ ३१ गते, नेपाल प्रज्ञा प्रतिष्ठानको पारिजात सभा हलमा आयोजना भएको कार्यक्रमको संयोजन लोक सङ्गीत विभाग प्रमुख प्राज्ञ टीका पुनले गरेकि थिईन् ।

 

कार्यक्रममा डा. गाविन्द आचार्यले लोक सङ्गीत हिजो र आज विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । जसमा प्राज्ञ यज्ञराज उपाध्याय र किरण बाबु पुनले टिप्पणी गरेका थिए । कार्यपत्र प्रस्तुत गर्दै आचार्यले लोक सङ्गीतको परिभाषा तथा यसको उत्पत्तिको विषयमा प्रकाश पार्दै लोक सङ्गीतका तत्वका बारेमा जानकारी गराएका थिए ।

 

कार्यपत्रमाथि टिप्पणी गर्दै प्राज्ञ उपाध्यायले लोक सङ्गीत सबैको साझा सम्पत्ति भए पनि संकलन कर्ताले गाउँघरमा रुमल्लिरहेको गीतलाई वान्की थपेर लोक गीत बनाउँछ भने त्यसमा संकलनकर्ताको अधिकार स्थापित हुनु पर्ने बताए ।

 

त्यस्तै किरण बाबु पुनले टिप्पणी गर्ने क्रममा छालाले मोडेका बाजा मात्र ताल बाजा नभएको र सारङ्गी, झ्याली लगायतका बाजालाई समेत ताल बाजाका रुपमा प्रयोग गर्न सकिने बताए ।

कार्यक्रममा आफ्नो भनाई राख्दै प्रमुख अतिथि प्रेमराजा महतले नेपालका मौलिक चीजहरुलाई खोजी गरेर संरक्षण गर्नुपर्ने जोड दिँदै नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले आफ्नो उद्देश्य पुरा गर्न आफूलाई भौतिक तथा प्राज्ञिक रुपमा सबलिकरण गर्नुपर्ने बताए ।

 

सो कार्यक्रममा बोल्दै उपकुलपति शम्भु राईले अहिले बजारमा आएका मीठा र रसिला गीतलाई आफूले लोक गीतका रुपमा नलिएको बताउनुहुँदै लोक गीत भनेका शतिऔँ देखि पुस्तान्तरण हुँदै आएका गीत हो भने ।

कार्यक्रममा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, बरिस्ठ संगीतकार एबम धुन सम्राट बिबि अनुरागी, लोक स्वर सम्राट राजु परियार, ईन्द्रेणी कार्यक्रमका सञ्चालक कृष्ण कंडेलले लोक सङ्गीतका विषयमा आफ्ना भनाई राखेका थिए । प्राज्ञ राधा राईले सञ्चालन गरेको कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका परिषद सदस्य, वरिष्ठ लोक गायक गायिका तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

 

कार्यक्रममा सोही संस्थाका उपकुलपति शम्भु राई, सदस्य सचिव कुश्मा महरा, वरिष्ठ गायक हरि बहादुर रावत, वरिष्ठ गायिका शर्मिला गुरुङ्ग, डाक्टर गोविन्द आचार्य, लोक संगीतका बिज्ञ प्राज्ञ यज्ञराज उपाध्याय इन्द्रेणीका सञ्चालक कृष्ण कँडेल, वरिष्ठ गायक तथा सर्जक दुर्गा रायमाझी, बरिष्ठ संगीतकार एबं धुन सम्राट बिबि अनुरागी, लोक स्वर सम्राट गायक राजु परियार, रेडियो नेपालका संगीत बिभाग प्रमुख मनराज नकर्मी, चर्चित गायिका राधिका हमाल, पछिल्लो समयका चर्चित गायिकाहरु शान्ती श्री परियार र टिका सानु, गायक तिलक परियार, गायक धनराज चुनारा लगायत अन्य कलाकारहरुका आतिथ्यता रहेको थियो ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

रमा पोख्रेलको शब्द र चर्चित संगीतकार कमल अधिकारीको संगीतमा तीज बिशेष गीत “सम्झी सम्झी घर” सार्वजनिक

रमा पोख्रेलको शब्द र चर्चित संगीतकार कमल अधिकारीको संगीतमा तीज बिशेष गीत “सम्झी सम्झी घर” सार्वजनिक

वि.सं.२०८३ साउन ३० शनिवार १०:५७

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

“लोक दोहोरी च्याम्पियन” पत्रकार भेटघाट कार्यक्रम सम्पन्न, असोज ३ गतेदेखि दर्शक माझ आउने

“लोक दोहोरी च्याम्पियन” पत्रकार भेटघाट कार्यक्रम सम्पन्न, असोज ३ गतेदेखि दर्शक माझ आउने

वि.सं.२०८३ साउन २६ मंगलवार १३:५२

काठमाडौं । रगोन स्टुडियो प्रा.लि.को ब्यानरमा निर्माण भइरहेको चर्चित लोकदोहोरी...

लघु चलचित्र “आश्रम” र मर्मस्पर्शी गीत “कति बस्छौ माइतीघर” को म्युजिक भिडियोको प्रिमियर शो सम्पन्न

लघु चलचित्र “आश्रम” र मर्मस्पर्शी गीत “कति बस्छौ माइतीघर” को म्युजिक भिडियोको प्रिमियर शो सम्पन्न

वि.सं.२०८३ साउन २४ आइतवार ०६:५०

काठमाडौं । लघु चलचित्र "आश्रम" र मर्मस्पर्शी गीत "कति बस्छौ माइतीघर"...

रमेश बिक्रम रत्नको पृथक तीज कोसेली “नाचिदेउ गौथली” सार्वजनिक

रमेश बिक्रम रत्नको पृथक तीज कोसेली “नाचिदेउ गौथली” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार १२:४०

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

आशा बिश्वकर्मा लगायत अन्य कलाकारहरुको अभिनयमा मौलिक तीज गीत “मै प्यारी छोरी” सार्वजनिक

आशा बिश्वकर्मा लगायत अन्य कलाकारहरुको अभिनयमा मौलिक तीज गीत “मै प्यारी छोरी” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार १२:०७

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

प्रबिन खड्काको नयाँ गीत “मानपुर रामेछाप” सार्वजनिक

प्रबिन खड्काको नयाँ गीत “मानपुर रामेछाप” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार ११:२६

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...