गायक तथा सर्जक अर्जुन कौशलकी श्रीमती रिता कौशलको दुवै मृगौला फेल, श्रीमती बचाईदिन आर्थिक सहयोगको अपील

काठमाडौं । गायक तथा सर्जक अर्जुन कौशलकी श्रीमती रिता कौशलको दुवै मृगौला फेल भएर ग्रस्त भएकी छन् । आफैँमा गायिका एवं गीतकार रहेकी रिता यतिबेला दुवै मृगौलाले काम गर्न छाडेपछि विस्तरामा लडिरहेकी छन् ।

तर, उपचारमा आर्थिक संकट भएपछि देश तथा विदेशमा रहेका आम नेपाली शुभचिन्तकहरुसँग मृगौला पीडित रिताका श्रीमान् गायक अर्जुनले सहयोगका लागि आग्रह गरेका छन् । आफ्नो सम्पतीको अवस्था पनि कमजोर भएको र केही भएको सम्पती सकिएकाले जिवन संगीनीलाई बचाइदिन उनले आम नेपाली शुभचिन्तकहरुसँग आर्थिक सहयोगको लागि अपिल गरे ।

हाल काठमाडौंस्थित वील अस्पतालमा औषधि चलिरहेको जानकारी दिँदै गायक कौशलले चिकित्सकको सल्लाह अनुसार मृगौला छिट्टै ट्रान्सप्लान्ट गर्नुपर्ने बताए । दुवै मृगौला दिन आफन्त तयार भएको सुनाउँदै उनले मिर्गौला ट्रान्सप्लान्टको लागि झण्डै १८–२० लाख रुपैयाँ सुरुमै जुटाउनुपर्ने चिकित्सकले सल्लाह दिएको बताए ।

तर, केही व्यक्ति र संघ–संस्थाबाट आएको सहयोगमार्फत करिब साढे दुई लाख रुपैयाँ जम्मा भएको जानकारी दिँदै उनले अझै १८ लाख जुटाउनुपर्नेमा आफू आर्थिक संकटमा परेकाले विभिन्न व्यक्ति तथा संघ–संस्थाहरुसँग हारगुहार गर्नुपर्ने अवस्था आएको दुखेसो पोखे ।

वीर अस्पतालमै मृगौला ट्रान्सप्लान्ट नहुने भएकाले अन्य कुन अस्पतालमा लैजाने भन्नेबारे पनि सोचेको गायक कौशलले बताए । यस्तो छोटो समयमै आफू जटिल अवस्थामा पुगेकाले सहयोग गरिदिन उनले आग्रह गरेका छन् ।

सहयोगका लागि काठमाडौंस्थित पुतलीसडकमा रहेको रिता कुमारी लोहगुन कौशल (RITA KUMARI LOHAGUN KAUSHAL) को नाममा रहेको राष्ट्रिय वाणिज्य बैंकको खाता नम्बर ११३०१०००५५९२७०१० र इ सेवा मोबाइल प्यको नम्बर ९८४१७९१२२ तथा सम्पर्क मोबाइल नम्बर ९८४१२८८२८१ रहेको उनले बताए ।

उनले भनेका छन्, ‘सम्पूर्ण देश विदेशका संघसंस्था, व्यावसायीहरु, समाजसेवी कलाकार तथा व्यक्ति विषेशमा नमस्कार, म गायक अर्जुन कौशल, हालै मेरो श्रीमती रिता कौशलको दुवै मृगौला फेल भएको छ, वीर अस्पतालका चिकित्सकको रिपोर्ट अनुसार छिटो भन्दा छिटो असारमै मृगौला ट्रान्सप्लान्ट गर्नुपर्ने भएको छ, चिकित्सकको सल्लाहले छोटो समयमै हजुरहरुको आशिर्वाद, माया र साथ सहयोगको अत्यन्तै खाँचो छ, हजुर रहेको र हजुरहरुले चिनेको देश विदेशका संघसंस्था वा व्यक्तिहरुसँग सल्लाह, सुझावसँगै आर्थिक पनि जोडिएको हुँदा बिमारीलाई कसरी निको पार्न सकिन्छ भन्ने चिन्तामा छु, यतिबेला मलाई हजुरहरुको महत्वपूर्ण भूमिकाले सहयोग गरिदिन अनुरोध गर्दछु ।’

गायक कौशलका थुप्रै गीतहरु चर्चित छन् । हिउँचुलीमा घाम लाग्यो घमाइलो, कालीपारे दाई हो हो, रिडिको मैलैमा भेटभाको बेलैमा, नथिया वालीले जस्ता दर्जनौँ गीतहरुमा गायक कौशलले शब्द रचना र संगीत भर्नुका साथै आवाज दिएका छन् ।

उनकै धेरै गीत गाउने गायक रामचन्द्र काफ्लेले पनि मिर्गौला पीडित गायिका रिता कौशलको उपचारमा सहयोगकाे लागि सबैसँग आग्रह गरेका छन् ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

प्याब्सन लिटिल आइडलको नयाँ संस्करण सुरु

प्याब्सन लिटिल आइडलको नयाँ संस्करण सुरु

वि.सं.२०८३ साउन १९ मंगलवार १०:४७

काठमाडौं। शैक्षिक कोर्समा नसमेटिएका तर समयअनुसार विद्यार्थीका लागि आवश्यक विषयबारे...

लोकप्रिय मोडल सम्झना बुढाथोकीको तीज गीत “अत्तिनै गाह्रो भो” सार्वजनिक

लोकप्रिय मोडल सम्झना बुढाथोकीको तीज गीत “अत्तिनै गाह्रो भो” सार्वजनिक

वि.सं.२०८३ साउन १८ सोमवार १२:५१

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

कवि तथा गीतकार उमा श्रेष्ठको कविता संग्रह “मौन छ देश” र दुई गीत सार्वजनिक

कवि तथा गीतकार उमा श्रेष्ठको कविता संग्रह “मौन छ देश” र दुई गीत सार्वजनिक

वि.सं.२०८३ साउन १८ सोमवार ०६:४२

काठमाडौं। कवि तथा गीतकार उमा श्रेष्ठको कविता संग्रह "मौन छ...

रबिना चौहानको तीज बिशेष गीत “सोचे झै भएन बिहे बरिलै” सार्वजनिक

रबिना चौहानको तीज बिशेष गीत “सोचे झै भएन बिहे बरिलै” सार्वजनिक

वि.सं.२०८३ साउन १५ शुक्रवार १०:१८

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

प्रदिप बराईलीको तीज बिशेष गीत “रन्काईदेउ मादलु रिनिनी” सार्वजनिक

प्रदिप बराईलीको तीज बिशेष गीत “रन्काईदेउ मादलु रिनिनी” सार्वजनिक

वि.सं.२०८३ साउन १४ बिहीवार १८:१३

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

जनसांकृतिक महासंघ नेपालले यही १८ गते प्रगतिशील श्रष्ठा सम्मान र जागरण सम्मान कार्यक्रम गर्ने

जनसांकृतिक महासंघ नेपालले यही १८ गते प्रगतिशील श्रष्ठा सम्मान र जागरण सम्मान कार्यक्रम गर्ने

वि.सं.२०८३ साउन १२ मंगलवार १०:४७

काठमाडौं। जनसांकृतिक महासंघ नेपालले साउन १८ गते ईतिहास मै पहिलो...