चर्चीत गायिका रमला पाख्रीन तामाङ दोस्रो काव्य म्युजीक अवार्डवाट सम्मानीत

काठमाडौं : काव्य म्युजिक सेन्टरद्वारा आयोजित दोस्रो काव्य म्युजिक अवार्ड–२०८० शनिबार काठमाडौंमा सम्पन्न भएको छ । वन तथा वातावरण मन्त्री डा. विरेन्द्र प्रसाद महतोको प्रमुख आतिथ्यता र काव्य म्युजिक सेन्टरकी अध्यक्ष सुजिता आचार्यको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो । उक्त समारोहमा जगदिश्वर नरसिंह केसी, गायक धुर्वराज खड्का, कलाकार उत्तम केसी, कलाकार पल्पसा डंगोल, गायक शिवनारायण जोशी, नृत्य निर्देशक शम्भु शाही, गायकहरु रेशम थापा, नवराज घोरासैनी, भोजराज काफ्ले, सिता थापा, म्युजिक भिडियो निर्देशक तथा नेपाल म्युजिक भिडियो निर्देशक समाज कोषाध्यक्ष बबिता श्रेष्ठ, नायक तेज गिरी, रे टेलिभिजनका अध्यक्ष प्रकाश बाबु पौडेललगायत विशेष अथितिहरुको उपस्थिति रहेको थियो । गायिका शोभा त्रीपाठीले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।

 

 

काव्य म्युजिक सेन्टरकी अध्यक्ष आचार्य, सचिव शिवराम श्रेष्ठ, सल्लाहकार राजेन्द्र पुरी, सिन्धु पौडेल, व्यवस्थापक शम्भु नेपाल र सदस्य नवराज गौतमको विशेष सहयोगले कार्यक्रम भव्यरुपमा सम्पन्न भएको कार्यक्रम संयोजक रमेश श्रेष्ठले जानकारी गराए । कार्यक्रममा गायिका दिपा रोकाया, गायक तथा संगीतकार पुस्कर सुनुवार, गायिका शान्ती शाही चन्द, गायक तथा संगीतकार संजीव सिंह राना, गायक तथा संगीतकार ओम सुनार, नृत्य निर्देशक कृष्ण रसाल, भिडियो सम्पादक मिन रावल, गायक नविन कुमार पौडेल र मोडल प्रतिक्षा काफ्ले भने निर्णायको भूमिकामा रहेका थिए । उक्त कार्यक्रममा वरिष्ठ नृत्य निर्देशक भाइराम श्रेष्ठलाई दीर्घसाधना सम्मानद्वारा सम्मानित गरियो भने सञ्चारकर्मी चन्द्रमणि गौतमलाई कला पत्रकारिता सम्मानद्वारा सम्मानित गरिको थियो । त्यस्तै रेडियोकर्मी राजु बोहरालाई संचारकर्मी सम्मानद्वारा सम्मानित गरियो भने अश्विनी कान्त झालाई राष्टिय ब्युटी पेजेन्ट तथा फेशन कोरियोग्राफर सम्मानद्धारा सम्मानित गरिएको थियो ।

 

 

गायक यश कुमार, मौलिक थालि नाच नृत्यङ्गना एलिजीवा पुर्जा पुन, कलाकार अर्जुन थापा, गायिका अस्मिता श्रेष्ठ, कलाकार बसन्ती पोखरेल, कलाकार दुर्गेश थापा, कलाकार सागर लम्साल (बले), भिडियो निर्देशक जनक सिंह, कलाकार केशब भुसाल, गायक निमा पाख्रिन लामा, कलाकार पूर्ण बिक्रम केसी, गायिका साबित्री केसी, गायक सन्तोष गिरी, गायक सानु केसी, गायक यमन खनाललाई कला सम्मानद्वारा सम्मानित गरिएको थियो ।

 

 

कार्यक्रममा गायक तथा संगीतकार माधव भण्डारी र गायक नमराज ढुंगानालाई काव्य रत्न सम्मानद्वारा सम्मानित गरियो भने समाजसेवीहरु भुपेन्द्र शाही, दावा लामा, केन्द्रित न्यौपाने, महेश चौरासिया, प्रकाश भुजेल र शिवदेव पाण्डेलाई समाजसेवि सम्मानद्वारा सम्मानित गरिएको थियो ।

 

 

त्यस्तै सर्वोत्कृष्ट अवार्डतर्फ आयुष्मा कार्की लोकदोहोरी मोडल महिला, अमन श्रेष्ठ आधुनिक मोडल पुरुष (पब्लिक च्वाइस), अमृता खड्का काठे गीत शब्द (जुरी अवार्ड), अनिल कटुवाल आधुनिक नव मोडल पुरुष, अनिश दवाडी लोकदोहोरी लय, अरुण कुमार गिरी आधुनिक गीतकार, अशिम कुमार कटुवाल काठे गीत गायक, बिनोद बम भिडियो सम्पादक, बिनोद कुमार तामाङ लोकदोहोरी मोडल पुरुष (जुरी अवार्ड), बिष्णु तामाङ वर्षकै सर्बोत्कृष्ट म्युजिक एरेन्जर, दिपेन थापा लोकदोहोरी गायक, दिपेश श्रेष्ठ बैध पप गीत गायक, गणेश राज भण्डारी आधुनिक गीत मोडल पुरुष, गोकुल ढकाल काठे गीत नव गायक, गुराँस ढकाल महिला मोडल, हेमन्त शिशिर आधुनिक गीत गायक (जुरी अवार्ड), जित बहादुर खड्का काठे गीत गायक (जुरी अवार्ड), ज्ञानेन्द्र शाही मौलिक गीत लय, जेभिस श्रेष्ठ बालकलाकार, कल्पना पराजुली काठे गीत नव गायिका, कल्पना श्रेष्ठ आधुनिक गीत गायिका, कमला श्रेष्ठ आधुनिक गीत गायिका (प्रोत्साहन अवार्ड), कामना ओली लोकदोहोरी गायिका (जुरी अवार्ड) करबिर तामाङ लोकपप गीत गायकबाट अवार्ड पाउन सफल भए ।

 

 

यस्तै कृष्ण सिंह आधुनिक गीत नव गायक, कुमार सुनेल नव मोडल पुरुष, मोहन खड्का काठे गीत लय, नलिना परियार लोकदोहोरी नव गायिका, नरेश बि.बि.सी. देउडा गायक, निर प्रसाद गुरुङ आधुनिक गीत संगीतकार, निरोज भट्ट लोकदोहोरी गीत शब्द (जुरी अवार्ड), ओम प्रकाश राई लोकपप गीत संगीतकार, पल्मु शेर्पा तामाङ सेलो गायिका (जुरी अवार्ड), पार्वती कार्की काठे गीत गायिका, प्रभु गुरुङ आधुनिक गीत भिडियो निर्देशक, प्रकाश पुरी काठे गीत शब्द, पुजा परियार शेर्पा लोकदोरी गायिका, रचना गौतम आधुनिक गीत मोडल महिला, राजेश अर्याल आधुनिक गीतकार (डायस्पोरा अवार्ड), राजेश थापा आधुनिक संगीतकार (जुरी अवार्ड, रमला पाख्रिन तामाङ मेन्दोमाया गायिका, रमन रायमाझी लोकदोहोरी नव गायक, रेश्मा तामाङ तामाङ सेलो गायिका, रोहन रुम्बा पप गीत संगीतकार, रोशन बस्नेत आधुनिक गीत नव मोडल, रोश्निका बुढाथोकी लोकदोहोरी नव गायिका (जुरी अवार्ड), सन्दिप वाग्ले लोकदोहोरी शब्द, सरद लामघाडे (सरद एल.जी.) लोकदोहोरी मोडल पुरुष, शिशिर बुढाथोकी काठे गीत मोडल पुरुष, सुमन श्रेष्ठ भिडियो छायाँकार, टेक बि.सी.आधुनिक गीत गायक, तिर्थराज अधिकारी गजल गीतकार तथा उपमा थपलिया राष्ट्रिय भाव गीत बालकलाकारसहित ४० भन्दा बढी कलाकारहरुलाई अवार्ड प्रदान गरिएको थियो ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

सुनितामी परियारको मौलिक गीत “सुनिमायालाई” चर्चामा (भिडियो सहित)

सुनितामी परियारको मौलिक गीत “सुनिमायालाई” चर्चामा (भिडियो सहित)

वि.सं.२०८१ जेठ ६ आइतवार ०९:०६

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो...

भाजपाकाे उम्मेदवारकाे रूपमा चुनावी मैदानमा उत्रिए पियुष गोयल

भाजपाकाे उम्मेदवारकाे रूपमा चुनावी मैदानमा उत्रिए पियुष गोयल

वि.सं.२०८१ जेठ ५ शनिवार १३:०१

काठमाडौं । मुम्बई नार्थकाे लाेकसभा सिटमा भाजपाकाे बलियाे पकड छ...

आर.एन. बि. शैलीमा “माया” बोलको गीत सार्वजनिक

आर.एन. बि. शैलीमा “माया” बोलको गीत सार्वजनिक

वि.सं.२०८१ जेठ ३ बिहीवार ०८:०४

काठमाडौं । र्याप गीत बाट आफ्नो पहिचान बनाउने प्रयास गरिरहेका...

गायक पुरूषोत्तम गैरेको नयाँ लोक दोहोरी गीत “सेती लुकेनी” सार्व‍जनिक

गायक पुरूषोत्तम गैरेको नयाँ लोक दोहोरी गीत “सेती लुकेनी” सार्व‍जनिक

वि.सं.२०८१ जेठ ३ बिहीवार ०७:४२

काठमाडौं । दोहोरी क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका एक होनहार...

“सारेगम अवार्ड – २०८१” को सर्बोत्कृष्ट पाँच मनोनयन सार्वजनिक

“सारेगम अवार्ड – २०८१” को सर्बोत्कृष्ट पाँच मनोनयन सार्वजनिक

वि.सं.२०८१ वैशाख ३१ सोमवार ०९:३८

काठमाडौं । कला र गलाको सम्मानको लागी सारेगम स्टुडियोको आयोजनामा...

“राष्ट्रिय महिला मादल वादन प्रतियोगिता – २०८१” भब्य रुपमा सम्पन्न, को को बने त बिजेता ?

“राष्ट्रिय महिला मादल वादन प्रतियोगिता – २०८१” भब्य रुपमा सम्पन्न, को को बने त बिजेता ?

वि.सं.२०८१ वैशाख २७ बिहीवार १५:३४

काठमाडौं । नेपाली मौलिक गीत सङ्गीतको संरक्षण, संवर्द्धन एवम् प्रवर्द्धनका...