उपत्यका समन्वय नयाँ बसपार्क समितीको आयोजनामा “छैठौं बृहत मौलिक तीज गीत प्रतियोगिता – २०८०” हुँदै

काठमाडौं । “अग्रज कलाकारलाई सम्मान, नव प्रतिभालाई प्रोत्साहन” भन्ने् मुल नारा सहित राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय नयाँ बसपार्क समितीको आयोजनामा “छैठौं बृहत मौलिक तीज गीत प्रतियोगिता – २०८०” हुने भएको छ ।

यस प्रतियोगिता यही भाद्र २३ गते शनिबारका दिन साँस्कृतिक संस्थान, राष्ट्रिय नाच घर, जमल, काठमाडौंमा सम्पन्न हुने भएको छ । सो प्रतियोगितामा राष्ट्रिय स्तरका ख्याती प्राप्त कलाकारहरुको बिशेष प्रस्तुती रहनुका साथै दर खुवाउने कार्यक्रम पनि रहने छ । “छैठौं बृहत मौलिक तीज गीत प्रतियोगिता – २०८०” मा प्रथम पुरस्कार रु.३५ १५१/-, द्धितिय पुरस्कार रु.२४,१५१/-, तृतिय पुरस्कार १३,१५१/- तोकिएको छ ।

महिलाहरुको महान पर्व हरितालिका तीजलाई पहिला भन्दा अझै बिशेष तरिकाले मनाउने भएको हुँदा आर्थिक, नैतिक, भौतिक रुपमा सहयोग गरी कार्यक्रमलाई सभ्य तथा भब्य रुपमा सफल बनाईदिन अध्यक्ष सुवास अश्लामी मगरले अनुरोध गरेका छन् । प्रतियोगितालाई सफल बनाउन देश तथा बिदेशबाट पनि सहयोग उठ्ने क्रम जारी छ ।

प्रतियोगितामा सहयोग गर्न चाहनु हुने ब्यक्तिहरुले ९८६०६९३२९६, ९८४८२०८६२४, ९८६८०००४२५ मा सम्पर्क गर्न सकिने कुरा अध्यक्ष सुवास अश्लामी मगरले गरेका छन् । मुख्य प्रयोजकका लागी २ लाख रुपैया, प्रायोजकका लागी १ लाख ५० हजार रुपैया, सहप्रयोजकका लागी १ लाख रुपैया, बिशेष सहयोगीका लागी ५० हजार रुपैया, ब्यानर प्रायोजनका लागी ५० हजार रुपैया निधारण गरिएको कुरा आयोजक पक्षले जानकारी गराएको छ ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट प्रभावित कलाकार तथा उनीहरूका परिवारलाई राहत तथा सहयोग उपलब्ध गराउने

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट प्रभावित कलाकार तथा उनीहरूका परिवारलाई राहत तथा सहयोग उपलब्ध गराउने

वि.सं.२०८३ भदौ १९ शुक्रवार ११:११

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट...

गायिका सपना रोकाको नयाँ गीत “त्यो केटाले हेर्‍यो” चर्चामा

गायिका सपना रोकाको नयाँ गीत “त्यो केटाले हेर्‍यो” चर्चामा

वि.सं.२०८३ भदौ १९ शुक्रवार १०:४०

काठमाडौं। प्रतियोगितात्मक दोहोरी गायिका तथा ‘इन्द्रेणी दोहोरी तारा’ सपना रोकाको...

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै रमेश बिक्रम रत्नको गीत “रसुवामा भेल” सार्वजनिक

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै रमेश बिक्रम रत्नको गीत “रसुवामा भेल” सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार ११:३५

काठमाडौं। भदौ १० गतेका दिन तिब्बतबाट रसुवा तर्फ आएको भोटेकोसीको...

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै सुजन बराईलीको “रसुवाको बाढी र पहिरो” नामक गीत सार्वजनिक

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै सुजन बराईलीको “रसुवाको बाढी र पहिरो” नामक गीत सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार ११:०९

काठमाडौं। भदौ १० गतेका दिन तिब्बतबाट रसुवा तर्फ आएको भोटेकोसीको...

चर्चित गायिका टीका पुनको स्वरमा “धनले के गर्‍यो” बोलको मर्मस्पर्शी तीज गीत सार्वजनिक

चर्चित गायिका टीका पुनको स्वरमा “धनले के गर्‍यो” बोलको मर्मस्पर्शी तीज गीत सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार १०:२०

काठमाडौं । हरितालिका तीज नजिकिँदै गर्दा नेपाली सांगीतिक बजारमा नयाँ–नयाँ...

राम प्रसाद पाठक र राधिका हमालको स्वरमा “अब त लाहुरे आउँछ भनेर” गीत सार्बजनिक

राम प्रसाद पाठक र राधिका हमालको स्वरमा “अब त लाहुरे आउँछ भनेर” गीत सार्बजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार १०:१४

काठमाडौ। गायक तथा पत्रकार रामप्रसाद पाठक र गायिका राधिका हमालको...