द भ्वाइस अफ नेपाल सिजन ५ को प्रसारण असोज ५ गतेबाट, उदय र मिलन बने नयाँ कोच

काठमाडौं – गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ सिजन-५ को प्रसारण असोज ५ गतेबाट सुरु हुने भएको छ । आज (बुधबार) आयोजना गरिएको पत्रकार भेटघाटमा पाँचौ सिजनमा गरिएको फरम्याट परिवर्तन र कोच परिवर्तनबारे जानकारी गराइयो । नयाँ कोचमा उदय सोताङ र मिलन नेवार द भ्वाइस अफ नेपालको पाँचौं सिजनमा अनुबन्ध भएका कोचहरुसमेत आजै सार्वजनिक गरिएको छ ।

 

अघिल्ला चार सिजनमा कोच रहेका प्रमोद खरेलले पाँचौ सिजनमा पनि निरन्तरता पाएका छन् । यसैगरी गत वर्षदेखि भ्वाइसमा अनुवन्धित राजेश पायल राई यो सिजनमा पनि दोहोरिएका छन् । यसअघि द भ्वाइस किड्समा कोचका रुपमा दर्शकको मन जितेकी गायिका मिलन नेवार द भ्वाइस अफ नेपाल सिजन ५ मा पनि कोचमा अनुवन्धित छिन् । सुगम संगीतका चर्चित गायक उदय सोताङ यो सिजनमा नयाँ कोचका रुपमा आएका छन् ।

 

यो सिजनमा डिजिटल अडिसनमा सहभागी भएका करिव ६० हजार आवेदकमध्येबाट छानिएका १२० बढी प्रतिभाहरु ब्लाइन्ड अडिसनमा सहभागी भएका छन् । अडिसनमा नेपालसहित विभिन्न देशमा बसोबास गर्ने नेपालीभाषी प्रतिभाहरुले पनि उत्साहजनक सहभागीता जनाएका छन् । ‘गत बर्षभन्दा झण्डै दोब्बरको संख्यामा डिजिटल अडिसनमा आवेदन परेको थियो, त्यसैले अडिसन स्क्रिनिङमै झण्डै तीन महिना लाग्यो’ कार्यक्रमका निर्देशक लक्ष्मण पौडेलले भने- ‘यसपटक धेरै ग्रामिण भेगबाट मौलिक आवाजहरु आएका छन, ब्लाइण्ड अडिसनमा पुगेका झण्डै १२० प्रतिभा साँच्चै अदभूत छन् ।’

 

ब्लाइन्ड अडिसनमा कोचको कुर्सी घुमाउन सफल प्रतिभाहरुको सांगीतिक यात्रा त्यही विन्दुबाट सुरु हुने छ । छानिएका ६४ जना प्रतिभाहरु व्याटल राउण्डमा प्रतिस्पर्धा गर्नेछन् । ‘भ्वाइस अफ नेपाल पाँचौ सिजनसम्म पुग्ने पहिलो फेन्चाइज गायन रियालिटी शो भएकाले यो सिजन दर्शकसँग सेलिब्रेट गर्ने किसिमले प्रविधि र फर्म्याटमा थुप्रै रोचक परिवर्तनहरु गरेका छौं ।’ हिमालय टेलिभिजनका कार्यकारी निर्देशक श्याम कडेलले भने- यो सिजनलाई उत्कृष्ट बनाउन हामीले कुनै कसर बाँकी राखेका छैनौं ।’ प्रायोजकसँग सम्झौता यसैवीच द भ्वाइस अफ नेपाल सिजन ५ का मुख्य प्रायोजकहरुसँग सम्झौता भएको छ ।

 

कार्यक्रमको टाइटल स्पोन्सरमा डावर रेड पेष्ट अनुवन्धित भएको छ भने पावर्ड बाई स्पोन्सरमा डेन्भर फरफ्यूम रहेको छ यसैगरी को-स्पोन्सरका रुपमा बाल्ट्रा होम अप्लाइन्सेस्, रोहोतो सनप्ले र हिमालरेमिट रहेका छन् । यो सिजनको एसोसिएट स्पोन्सरका रुपमा एशियन पेन्ट्स, हिमालय हर्बल, लेयर सट, यति कार्पेट, इमामी हेयर आयल, जोय पपाया सन अनुवन्धित भएका छन् भने भोटिङ पार्टनर खल्ती र एक्सक्लुसिभ मार्केटिङ पार्टनर एस मिडिया एण्ड मार्केटिङ रहेको छ ।

 

हिमालय टेलिभिजनले विश्वका नम्बर एक रियालिटी सोहरु नेपालमा ल्याई उत्पादन तथा प्रसारण गर्दै आइरहेको छ । भ्वाइस अफ नेपाल किड्स, हिमालय रोडिज, हिमालय लोकस्टार लगायतका रियालिटी शो प्रसारण गरिरहेको टेलिभिजनले निकट भविष्यमै बिजनेस रियालिटी सो ‘सार्क ट्याङ्क’ र फेसन रियालिटी शो ‘नेपाल्स नेक्स्ट टप मोडल’ प्रसारण गर्दै छ ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

कर्णाली प्रदेश समाज, जापान (कान्साई क्षेत्रीय समिति) को तेस्रो अधिवेशन हुँदै

कर्णाली प्रदेश समाज, जापान (कान्साई क्षेत्रीय समिति) को तेस्रो अधिवेशन हुँदै

वि.सं.२०८२ जेठ २६ सोमवार १२:४३

ओसाका, जापानमा रहनुहुने कर्णाली प्रदेशका सम्पुर्ण नेपालीहरू बीच आपसी एकता,...

“१२औं म्यूजिक खबर म्यूजिक अवार्ड – २०८१” भव्य रुपमा सम्पन्न

“१२औं म्यूजिक खबर म्यूजिक अवार्ड – २०८१” भव्य रुपमा सम्पन्न

वि.सं.२०८२ जेठ २५ आइतवार ११:५३

काठमाडौं । "१२औं म्यूजिक खबर म्यूजिक अवार्ड - २०८१" भव्य...

देबी घर्ती र ध्रुब जिसीको स्वरमा नयाँ गीत “बेनी बजार” सार्वजनिक

देबी घर्ती र ध्रुब जिसीको स्वरमा नयाँ गीत “बेनी बजार” सार्वजनिक

वि.सं.२०८२ जेठ २४ शनिवार ०४:०९

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

शंकर बिसीको नयाँ मर्मस्पर्शी गीत “एउता नाता” सार्वजनिक

शंकर बिसीको नयाँ मर्मस्पर्शी गीत “एउता नाता” सार्वजनिक

वि.सं.२०८२ जेठ २२ बिहीवार ०७:०६

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

काठमाडौं महानगरपालिकाका प्रहरी बलका प्रमुख राजु पाण्डेलाई निलम्बन

काठमाडौं महानगरपालिकाका प्रहरी बलका प्रमुख राजु पाण्डेलाई निलम्बन

वि.सं.२०८२ जेठ २० मंगलवार १३:३८

काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रहरी बलका प्रमुख राजु पाण्डेलाई निलम्बन...

पर्यटन ब्यसायलाई प्रबद्र्धन गर्ने उदेश्यका साथ नेपालमा नै पहिलो पटक रिभर ट्यूबिङ्ग सुरु

पर्यटन ब्यसायलाई प्रबद्र्धन गर्ने उदेश्यका साथ नेपालमा नै पहिलो पटक रिभर ट्यूबिङ्ग सुरु

वि.सं.२०८२ जेठ १९ सोमवार १४:२६

काठमाडौँ । पर्यटन ब्यसायलाई प्रबद्र्धन गर्ने उदेश्यका साथ नेपालमा नै...