बेरोजगारीका कारण हजारौं युवाहरु बिदेशिनु परेको अवस्थालाई मध्यनजर गर्दै “देश छोड्ने लर्काे” नामक गीत सार्वजनिक
वि.सं.२०८० असोज २९ सोमवार ०३:५६
काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गीतहरु सार्वजनिक गरिरहेका छन्।
सोही क्रममा बेरोजगारीका कारण हजारौं युवाहरु बिदेशिनु परेको अवस्थालाई मध्यनजर गर्दै “देश छोड्ने लर्काे” नामक गीत सार्वजनिक भएको छ । यस गीतमा राम धिमालको स्वर रहेको छ भने डा. नबि अधिकारी टाकिन्द्रको शब्द, राम धिमालको संगीत रहेको छ । यस गीतको भिडियोमा बहुप्रभिाशाली ब्यक्ति बिरेन्द्र भाट बिपिनको छायांकन, सम्पादन र निर्देशन रहेको छ ।
उक्त गीतको भिडियोमा रमेश सोडारी, मिशेल घिमिरे, भोला पौडेल, डा. नबि अधिकारी टाकिन्द्र आदीको अभिनय रहेको छ । यस गीतलाई वल्र्ड कभर मिडियाको युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।
हेर्नुहोस् भिडियो ।
वि.सं.२०८० असोज २९ सोमवार ०३:५६