दर्पण संगीतालयको आयोजनामा बिजया, शुभ दिपावली तथा छट पर्वको पावन अवसरमा “शुभकामना सांगीतिक साँझ – २०८०” सम्पन्न

काठमाडौं । दर्पण संगीतालयको आयोजनामा बिजया, शुभ दिपावली तथा छट पर्वको पावन अवसरमा काठमाडौं, जमल स्थित राष्ट्रिय नाचघरमा “शुभकामना सांगीतिक साँझ – २०८०” सम्पन्न भएको छ । यस कार्यक्रममा दर्पण संगीतालयका अध्यक्ष उदिराम खड्काको अध्यक्षता रहेको थियो भने समाजसेबी तथा दर्पण संगीतालयका सल्लाहकार भुपेन्द्र जंग शाहीको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पुर्व अध्यक्षहरु दुर्गा रायमाझी र चन्द्र शर्मा, चर्चित गायक रामजी खाण, चर्चित गायिका राधिका हमाल, चर्चित कलाकार एबं खेलाडी, चर्चित गायिका टिका पुन, चर्चित गायक धनराज चुनारा, चर्चित गायिका मिना लामा, चर्चित गायक अमृत खाती, चर्चित गायिका दिपा रोकाया, चर्चित गायिका सरु बोहरा, चर्चित गायक जय देबकोटा लगायत अन्य चर्चित कलाकारहरु, पत्रकारहरुको बाक्लो उपस्थिती रहेको थियो ।

उक्त कार्यक्रममा चर्चित गायक रामजी खाण, चर्चित गायिका राधिका हमाल, चर्चित गायिका टिका पुन, चर्चित गायक धनराज चुनारा, चर्चित गायिका मिना लामा, चर्चित गायिका दिपा रोकाया, चर्चित गायिका सरु बोहरा, चर्चित गायक जय देबकोटा लगायत थुप्रै कलाकारहरुले सांगीतिक प्रस्तुती राखेका थिए भने सत्यवती कला केन्द्रका कलाकारहरुले बिभिन्न नृत्य प्रस्तुत गरेका थिए ।

यस कार्यक्रममा सञ्चारकर्मी राजु बोहरा, सञ्चारकर्मी राज कुमार रायमाझी, पत्रकार मदन कुमार श्रेष्ठ, पत्रकार एबं गीतकार निर्देशक प्रकाश बराईली “अभिब्यक्ति” लाई पत्रकारिताको माध्यम मार्फत नेपाली गीत संगीतको क्षेत्रलाई संरक्षण, सम्बद्र्धन र प्रवद्र्धनमा टेवा पुराएको भनी सम्मान गरिएको थियो भने अग्रज कलाकारहरु संगै सांगीतिक प्रस्तुती दिने कलाकारहरुलाई सम्मान गरिएको थियो । “शुभकामना सांगीतिक साँझ – २०८०” मा दर्पण संगीतालयका अध्यक्ष उदिराम खड्काले स्वागत मन्तब्य राखेका थिए भने हरी पुन मगरले कार्यक्रमको सञ्चालन गरेका थिए ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

रमा पोख्रेलको शब्द र चर्चित संगीतकार कमल अधिकारीको संगीतमा तीज बिशेष गीत “सम्झी सम्झी घर” सार्वजनिक

रमा पोख्रेलको शब्द र चर्चित संगीतकार कमल अधिकारीको संगीतमा तीज बिशेष गीत “सम्झी सम्झी घर” सार्वजनिक

वि.सं.२०८३ साउन ३० शनिवार १०:५७

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

“लोक दोहोरी च्याम्पियन” पत्रकार भेटघाट कार्यक्रम सम्पन्न, असोज ३ गतेदेखि दर्शक माझ आउने

“लोक दोहोरी च्याम्पियन” पत्रकार भेटघाट कार्यक्रम सम्पन्न, असोज ३ गतेदेखि दर्शक माझ आउने

वि.सं.२०८३ साउन २६ मंगलवार १३:५२

काठमाडौं । रगोन स्टुडियो प्रा.लि.को ब्यानरमा निर्माण भइरहेको चर्चित लोकदोहोरी...

लघु चलचित्र “आश्रम” र मर्मस्पर्शी गीत “कति बस्छौ माइतीघर” को म्युजिक भिडियोको प्रिमियर शो सम्पन्न

लघु चलचित्र “आश्रम” र मर्मस्पर्शी गीत “कति बस्छौ माइतीघर” को म्युजिक भिडियोको प्रिमियर शो सम्पन्न

वि.सं.२०८३ साउन २४ आइतवार ०६:५०

काठमाडौं । लघु चलचित्र "आश्रम" र मर्मस्पर्शी गीत "कति बस्छौ माइतीघर"...

रमेश बिक्रम रत्नको पृथक तीज कोसेली “नाचिदेउ गौथली” सार्वजनिक

रमेश बिक्रम रत्नको पृथक तीज कोसेली “नाचिदेउ गौथली” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार १२:४०

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

आशा बिश्वकर्मा लगायत अन्य कलाकारहरुको अभिनयमा मौलिक तीज गीत “मै प्यारी छोरी” सार्वजनिक

आशा बिश्वकर्मा लगायत अन्य कलाकारहरुको अभिनयमा मौलिक तीज गीत “मै प्यारी छोरी” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार १२:०७

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

प्रबिन खड्काको नयाँ गीत “मानपुर रामेछाप” सार्वजनिक

प्रबिन खड्काको नयाँ गीत “मानपुर रामेछाप” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार ११:२६

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...