नेपाली जनता प्रती समर्पित गीत “कंगाल भए जनता” सार्वजनिक (भिडियो सहित)
वि.सं.२०८० मंसिर ७ बिहीवार १६:१८
काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गीतहरु सार्वजनिक गरिरहेका छन्।
सोही क्रममा “कंगाल भए जनता” नामक गीत सार्वजनिक भएको छ । यस गीतमा बरिष्ठ गायक शिशिर योगीको स्वर तथा संगीत रहेको छ भने गोपाल प्रसाद थपलियाको शब्द रहेको छ । यस गीतको भिडियोमा बहुप्रतिभाशाली ब्यक्ति बिरेन्द्र भाट “बिपिन” को छायांकन, निर्देशन सम्पादन रहेको छ ।
उक्त गीतको भिडियोमा शिशिर योगी, गोपाल प्रसाद थपलिया, शुशिलादेबी थपलिया, अर्जुन कुँबर, यज्ञमणी पौडेल, रिता थपलिया पौडेल आदीको अभिनय रहेको छ । यस गीतलाई गोपाल प्रसाद थपलियाको युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।
हेर्नुहोस् भिडियो ।
वि.सं.२०८० मंसिर ७ बिहीवार १६:१८