चितवनकाे रामपुरमा कृषि वैज्ञानिक सम्मेलन कात्तिक ७ गते बाट सुरु

भरतपुर । चितवनकाे रामपुरमा अवस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयमा सुरु भएकाे कृषि वैज्ञानिक सम्मेलन कात्तिक ७ गते बाट सुरु भएकाे छ ।

 
IMG-20231123-WA0084.jpg

नेपालको कृषिको रुपान्तरणमा अनुसन्धान र प्रचारको भूमिका लक्षित पहिलो कृषि वैज्ञानिक सम्मेलनमा विज्ञ तथा विद्यार्थीहरुकाे बाक्लाे उपस्थिति रहेकाे थियाे । स्वदेश र विदेशका कृषि वैज्ञानिकहरुको पहिलो सम्मेलन कृषि तथा वन विज्ञान विश्व विद्यालयमा आज देखि सुरु भएको हो ।

IMG-20231123-WA0079.jpg

कार्यशालाको उद्घाटन प्रमुख अथिति पूर्व मन्त्री राष्ट्रिय सभा सदस्य डा. विमला राई पौडेलले गर्नुभएकाे थियाे । ७ गते देखि मंसिर ९ गते सम्म सञ्चालन हुने पहिलो कार्यशालाको उद्घाटन गर्दै उहाँले कृषिको अध्ययन अनुसन्धानमा युवा पुस्ता आउनु राम्रो सन्देश भएको बताउनुभयो ।

उहाँले आफू यहि विश्वविद्यालयमा अध्ययन गरेकाे बताउदै आँफुहरु अध्ययन गर्ने क्रममा अग्रज प्राध्यापकहरुले मात्रै अध्ययन अनुसन्धान गर्ने गरेको भए पनि अहिले आएर युवा पुस्ताहरुको अग्रसरताले कृषि क्षेत्रमा फड्को मार्ने उहाँको भनाई थियो ।

IMG-20231123-WA0088.jpg

कृषि क्षेत्रमा प्रयोग भएका प्रविधि र अहिले वजारमा आएका प्रविधिको अन्तरका कारण पनि कृषकहरुमा समस्या देखिने गरेको उहाँले बताउनुभयो ।

IMG-20231123-WA0060.jpg

त्यस्तै विशिष्ट अथिति राष्ट्रिय योजना आयोगका कार्यवाहक उपाध्यक्ष डा. रामकुमार फुयाँलले नेपालमा कृषि क्षेत्रको विकासका लागि सरकारले सक्दो सहयोग गर्दै आएको बताउनुभयो । सरकारका कृषि क्षेत्रका योजनाहरुलाई आयोगले प्राथमिकतामा राखेर काम गरेको बताउँदै आगामी योजनाहरुमा कृषि क्षेत्रको बिकासलाई प्रथामिकतामा राखिने बताउनुभयो ।

IMG-7b539d5d3b27c62232a229e979b2501f-V.jpg

वागमती प्रदेश सरकारका योजना आयोगका उपाध्यक्ष डा. नरविक्रम थापाले कृषि तथा बन बिज्ञान विश्वविद्यालयले कृषि क्षेत्रमा नयाँ खोज गर्न जरुरी रहेको बताउनुभयो ।

IMG-7b539d5d3b27c62232a229e979b2501f-V.jpg

कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायण प्रसाद अधिकारी, सहकारी बिकास बोडका सह अध्यक्ष मित्रराज दवाडी, विश्वबिद्यालयका कृषि संकायका डिन प्रा.डा. अर्जुन कुमार श्रेष्ठ, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्ब आयुक्त डा. गणेशराज जोशी, एशियाली बिकास बैंकका डा. रुडी भेन डायल, एएसडिपिका कार्यक्रम निर्देशक बासुदेव काफ्ले लगाएतले नेपालमा कृषि क्षेत्रमा देखिएका समस्या र समाधानका लागि यस वैज्ञानिक सम्मेलनले कृषि क्षेत्रमा निकै ठुलाे फट्काे मार्ने बताउनुभयो ।

 

विश्वविद्यालयका उपकुलपति प्रा.डा. पुण्यप्रसाद रेग्मीको अध्यक्षतामा सुरु भएको सम्मेलनमा देश तथा बिदेशका तीन सय वैज्ञानिकहरु सहभागी रहेकाे थियाे ।

 

कार्यक्रम संयोजक एवं अनुसन्धान निर्देशक डा. ऋषिराम कट्टेलका अनुसार सम्मेलनमा नेपाल सहित भारत, अमेरीका, जापान, क्यानडा, ताइवान लगाएतका देशका कृषि वैज्ञानिकहरुले ११३ वटा कार्यपत्र प्रस्तुत गर्ने छन् । ३ दिन सम्म चल्ने सो सम्मेलनमा कृषि क्षेत्रको समस्या र समाधानका लागि गरिएका कार्यहरुको बारेमा समुहगत छलफल हुने छ ।

 

यसैगरी एशियाली विकास बैंक, विश्व खाद्य संगठन, कृषि अनुसन्धान परिषद्, विश्वविद्यालय अनुदान आयोग, कृषि, वन र शिक्षासँग सम्बन्धित अनुसन्धानमूलक संस्थाहरु सहित विभिन्न दातृ निकायका प्रतिनिधिहरु सम्मेलनमा सहभागी भएका हुन ।

 

कट्टेलका अनुसार सम्मेलनमा विभिन्न विषयमा समूहगत छलफल, विद्यार्थी, प्राध्यापक तथा नीति निर्माताहरुद्वारा कृषि, वन, पशुपालन, भेटेनरी र मत्स्यसँग सम्बन्धित अनुसन्धान र त्यसको नतिजा सम्बन्धी कार्यपत्रहरु प्रस्तुती गरिने छ । जलवायु परिवर्तन र त्यसको वैज्ञानिक व्यवस्थापन सम्बन्धी विशेष कार्यपत्रहरु समेत प्रस्तुत गरिने छ ।

 

आज पहिलो दिन उद्घाटनसँगै समूहगत छलफल थालिएको छ । दोस्रो दिन समूहगत छलफल र प्राविधिक विषयगत प्रस्तुती र छलफल गरिने छ । अन्तिम दिन प्राविधिक तथा विषयक छलफल र समापन गरिने छ । कार्यक्रममा कृषि तथा वन विज्ञान विश्वविद्यालयका विद्यार्थी र प्राध्यापकहरु, त्रिभुवन र पूर्वाञ्चल विश्वविद्यालयका प्राध्यापकहरु सहभागी भएका छन् ।

 
World Wide Multimedia Center Pvt. Ltd. Long Ad

सम्बन्धमा खटपट भएपछी पहिलो घरबार छोडेको कथामा, श्रीजन र संगमको “पहिलो घरबार” (भिडियो सहित)

सम्बन्धमा खटपट भएपछी पहिलो घरबार छोडेको कथामा, श्रीजन र संगमको “पहिलो घरबार” (भिडियो सहित)

वि.सं.२०८३ असार ३ बुधवार ०४:०१

काठमाडौं। कुनै एक युवा र युवती बीच दिनप्रतिदिन मायाँ झाँगिदै...

“९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर प्रथम हुन सफल, अरु को को भए त बिजेताहरु ?

“९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर प्रथम हुन सफल, अरु को को भए त बिजेताहरु ?

वि.सं.२०८३ असार १ सोमवार १३:३५

काठमाडौं। "९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३" को उपाधि निशान्त...

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:४५

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:१७

काठमाण्डौ । नेपाली कला र संस्कृतिको क्षेत्र उत्थानका निमित्त स्थापना...

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

वि.सं.२०८३ जेठ २८ बिहीवार १३:१८

काठमाडौं । विगत १३ वर्षदेखि निरन्तर रुपमा आयोजना हुँदै आएको...