पदम केसी र सुनिता बुढाको स्वरमा नयाँ गीत “तिम्रो भईन म” सार्वजनिक
वि.सं.२०८० पुस २६ बिहीवार ०९:१०
काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गीतहरु सार्वजनिक गरिरहेका छन्।
सोही क्रममा नयाँ गीत “तिम्रो भईन म” सार्वजनिक भएको छ । यस गीतमा पदम केसी र सुनिता बुढाको स्वर रहेको छ । गीतमा पदम केसी र जिवन खनालको शब्द, गोबिन्द पौडेलको संगीत रहेको छ ।
गीतको भिडियोमा दिनेश शाही ठकुरीको निर्देशन, सुशिल डाँगीको छायांकन, निराजन केसीको सम्पादन रहेको छ । उक्त गीतको भिडियोमा बिजय केसी र जुना कार्कीको अभिनय रहेको छ । यस गीतलाई अश्मी अफिशियल युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।
हेर्नुहोस् भिडियो ।
वि.सं.२०८० पुस २६ बिहीवार ०९:१०