“१२ औं अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला – २०८०” को समुद्घाटन, बिभिन्न ११ राष्ट्रका ३५० भन्दा बढी कलाकारहरुको सहभागिता

काठमाडौं । नेपाली लोक सँस्कृतिको संरक्षण, सम्बर्द्धन र प्रबर्द्धन गर्ने उदेश्यले एभरेष्ट नेपाल कल्चरल ग्रुपको आयोजनामा “१२ औं अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला – २०८०” फागुन १९ गते नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा भब्य रुपले समुद्घाटन कार्यक्रम सम्पन्न भएको छ । समुद्घाटन कार्यक्रममा एभरेष्ट नेपाल कल्चरल ग्रुपका अध्यक्ष रामचन्द्र कोईराला (आर.सी.) को अध्यक्षता रहेको थियो भने प्रमुख अतिथीको रुपमा नेपाल सरकारका परराष्ट्र मन्त्री माननिय एन.पी. साउद रहेका थिए ।

कार्यक्रममा बरिष्ठ चलचित्र निर्देशक नारायण रायमाझी, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल की केन्द्रिय अध्यक्ष रिता थापा मगर, गीतकार संघ नेपालका अध्यक्ष बसन्त बित्यासी थापा, साधाना कला केन्द्रका संस्थापक मिलन मोक्तान, नेपाल टेलिकमका बिमल आचार्य, नृत्यशिरोमणी भैरब बहादुर थापा, संगीत नाट्य प्रज्ञा प्रतिष्ठानकी कुश्मा महरा, बरिष्ठ नृत्य निर्देशक राजु शाह, भुवन दाहाल, शम्भु शाही, बिकाजराज भण्डारी, टिका पुन, जुना श्रीष मगर, शिब हमाल लगायत अन्य बिशिष्ट अतिथीको रुपमा रहेका थिए ।

पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोक सँस्कृतीको आधार भन्ने मुल नारा सहित आयोजना गर्न लागिएको यस मेला फागुन २१ गते दाङ, घोराही, फागुन २३ गते पोखरा, फागुन २५ गते बसन्तपुर दरबार क्षेत्र काठमाडौं, फागुन २६ गते लालिगुरास नेशनल एकेडेमी, मनमैजु, काठमाडौंमा सम्पन्न हुने कुरा एभरेष्ट नेपाल कल्चरल ग्रुपका अध्यक्ष रामचन्द्र कोईराला (आर.सी) ले जानकारी गराए ।

यस संस्थाले हालसम्म ७५ भन्दा बढी राष्ट्रहरुमा नेपाली मौलिक कला संस्कृतीलाई प्रस्तुत गरी प्रचार प्रसार गरी थप टेवा पुराउने कार्य गरेको छ । एभरेष्ट नेपाल कल्चरल ग्रुपले बि.सं. २०५९ सालमा “प्रथम अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला” सम्पन्न गरेको थियो । “१२ औं अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला – २०८०” मा बिभिन्न ११ राष्ट्रका ३५० भन्दा बढी कलाकारहरुको प्रस्तुती रहेको थियो । हेरक राष्ट्रका कलाकारहरुले आ-आफ्नो राष्ट्रको सँस्कृती झल्काउने नृत्य, भेषभुषा, झण्डा प्रस्तुत गर्दै साँस्कृतिक प्रस्तुती दिएका थिए ।

“१२ औं अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला – २०८०” मा मुख्य आयोजक एभरेष्ट नेपाल कल्चरल ग्रुप रहको र अन्य संघ संस्थाहरु स्थानिय आयोजकको रुपमा रहने कुरा मेलाका अध्यक्ष रामचन्द्र कोईराला (आर.सी.) ले बताएका थिए । “१२ औं अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला – २०८०” को सञ्चालन चर्चित कार्यक्रम सञ्चालक दिनेश डिसीले गरेका थिए ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

राम कुमार कार्की र देबी घर्तीको स्वरमा मार्मिक गीत “डुब्नै लाग्या घामको” सार्वजनिक (भिडियो सहित)

राम कुमार कार्की र देबी घर्तीको स्वरमा मार्मिक गीत “डुब्नै लाग्या घामको” सार्वजनिक (भिडियो सहित)

वि.सं.२०८३ असार २७ शनिवार १२:०२

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

गायिका पार्वती बिश्वकर्माको आफ्नै जिवन कथामा आधारित गीत “तिम्रो याद” सार्वजनिक

गायिका पार्वती बिश्वकर्माको आफ्नै जिवन कथामा आधारित गीत “तिम्रो याद” सार्वजनिक

वि.सं.२०८३ असार २७ शनिवार ०९:२३

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

भारतको बिहार राज्यस्थित सहरसामा आयोजित “रक्तदाता महाकुम्भ–२” कार्यक्रममा नेपाली साहित्यकार, समाजसेवी तथा राजनीतिक व्यक्तित्व इन्दिरा निरौला सम्मानित

भारतको बिहार राज्यस्थित सहरसामा आयोजित “रक्तदाता महाकुम्भ–२” कार्यक्रममा नेपाली साहित्यकार, समाजसेवी तथा राजनीतिक व्यक्तित्व इन्दिरा निरौला सम्मानित

वि.सं.२०८३ असार २५ बिहीवार १३:३९

सहरसा (बिहार)। भारतको बिहार राज्यस्थित सहरसामा आयोजित "रक्तदाता महाकुम्भ–२" कार्यक्रममा...

नेपाली सङ्गीतमा छुट्टै पहिचान बनाएका यम बराललाई मल्टिपल माइलोमा (रक्त क्यान्सर) भएको पुष्टि

नेपाली सङ्गीतमा छुट्टै पहिचान बनाएका यम बराललाई मल्टिपल माइलोमा (रक्त क्यान्सर) भएको पुष्टि

वि.सं.२०८३ असार २५ बिहीवार ०९:१४

काठमाडौं। नेपाली सङ्गीत क्षेत्रमा आफ्नो सुमधुर स्वरले लाखौँ श्रोताको मन...

आर. आर. एण्ड भालेश्वर ट्रेड कम्पनीको चरम लापरबाही, यसरी भएको छ कर्मचारीको मिलेमतोमा करोडौंको भ्याट तथा कर छली

आर. आर. एण्ड भालेश्वर ट्रेड कम्पनीको चरम लापरबाही, यसरी भएको छ कर्मचारीको मिलेमतोमा करोडौंको भ्याट तथा कर छली

वि.सं.२०८३ असार २१ आइतवार ०७:०६

काठमाडौं। धुनीबेशी नगरपालिकामा आर. आर. एण्ड भालेश्वर ट्रेड कम्पनीलाई परेको...

साँस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपालद्धारा आयोजित “संगीत र प्रबिधी बिषयक अन्तरक्रिया कार्यक्रम” सम्पन्न

साँस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपालद्धारा आयोजित “संगीत र प्रबिधी बिषयक अन्तरक्रिया कार्यक्रम” सम्पन्न

वि.सं.२०८३ असार २० शनिवार १२:४७

काठमडौं। साँस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपालद्धारा आयोजित "संगीत र...