सञ्चारकर्मी तथा गायक राज कुमार रायमाझी धन कमाउन लागे प्रदेश तिर (भिडियो सहित)

वि.सं.२०८० फागुन २१ सोमवार ०९:३७

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गीतहरु सार्वजनिक गरिरहेका छन्।
सोही क्रममा गायिका कला रेश्मी महतोको नयाँ गीत “धन कमाउन” सार्वजनिक भएको छ । यस गीतमा कला रेश्मी महतो र राज कुमार रायमाझीको स्वर रहेको छ भने राज कमार रायमाझीको शब्द, लक्षु प्रकाश मल्लको संगीत तथा एरेञ्ज रहेको छ ।
यस गीतको भिडियोमा राज कुमार रायमाझीले निर्देशन गरेका हुन् भने मन बहादुर पुनको छायांकन तथा सम्पादन रहेको छ । उक्त गीतको भिडियोमा कला रेश्मी महतो र राज कुमार रायमाझीले अभिनय गरेका छन् । यस गीतलाई कला रेश्मी महतोको युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।
हेर्नुहोस् भिडियो ।

वि.सं.२०८० फागुन २१ सोमवार ०९:३७