गायक एबम् सर्जक रमेश बिक्रम रत्नको शब्द, संगीतमा नयाँ गीत “खतरा” सार्वजनिक
वि.सं.२०८१ असार ७ शुक्रवार ०६:०१
काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय एकपछि अर्को गरेर नयाँ नयाँ गीतहरु सार्वजनिक भईरहेका छन्। सोही क्रममा गायिका बसन्ती लामाको नयाँ गीत “खतरा” सार्वजनिक भएको छ ।
यस गीतमा बसन्ती लामाको स्वर रहेको छ भने चर्चित गायक एबम् सर्जक रमेश बिक्रम रत्नको शब्द, संगीत रहेको छ । यस गीतमा लक्षु प्रकाश मल्लको एरेञ्ज रहेको छ ।
काजिश श्रेष्ठको निर्देशन रहेको गीतमा बुद्ध थापाको छायांकन, अमृत चापागाईको सम्पादन रहेको छ । उक्त गीतको भिडियोमा एलिना रायमाझी, दिपेन थापा, रमेश बिक्रम रत्न, जय शम्भो र बिनोद थापाको अभिनय रहेको छ ।
यस गीतलाई दिपेन थापाको युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।
हेर्नुहोस् भिडियो ।
वि.सं.२०८१ असार ७ शुक्रवार ०६:०१