सारंगीबादक एबं गायक हेमन्त कान्छा रसाईली, धन कुमारी गौचन र सुजन बराईली बिचको बिबाद यसरी टुंगियो

काठमाडौं । सारंगीबादक एबं गायक हेमन्त कान्छा रसाईली, धन कुमारी गौचन र सुजन बराईली बिचको बिबाद टुंगिएको छ । सारंगीबादक तथा गायक हेमन्त कान्छा रसाईलीले धन कुमारी गौचनको “बचन” एल्बम अन्तर्गत “घर त मुदी गाँउ” बाट भाका चोरी गरी “लौरी तितेको” गीत सार्वजनिक गरेको आरोप लागेको थियो ।

 

धन कुमारी गौचनको गीत “घर त मुदी गाँउ” हेमन्त कान्छा रसाईलीको गीत “लौरी तितेको” भन्दा करिब एक बर्ष अगाडी सागर बिरहीको युटुब च्यानलबाट सार्वजनिक भएको देखिन्छ । त्यस्तै हेमन्त कान्छा रसाईलीले सुजन बराईलीको पञ्चेबाजा गीत “मल्लाज दरबार” लाई स्ट्याक हानी भिडियो नै हटाईदिएका थिए ।

 

सुजन बराईलीको आफ्नै युटुबमा रहेको पञ्चेबाजा गीत “मल्लाज दरबार” हेमन्त कान्छा रसाईलीले युटुबबाट हटाईदिएपछि सुजन बराईलीले ३ महिना देखी हेमन्त कान्छा रसाईली सँग भेटबार्ता र सहमती गर्न खोजेका थिए । तर हेमन्त कान्छा रसाईलीले त्यो कुरालाई बाल नै दिएनन् । मेरो भाका “लौरी तितेको” सँग मिलेको छ त्यसैले स्ट्याक हानी युटुबबाट हटाईदिएको हुँ भनेर जवाफ दिएका थिए । हेमन्त कान्छा रसाईली सहमती र मेलमिलापमा आउन नचाहेपछि सुजन बराईलीले पत्रकार सम्मेलन गरेका थिए । पत्रकार सम्मेलनमा हेमन्त कान्छा रसाईलीले मेरो गीत “घर त मुदी गाँउ” बाट भाका चोर्यो । मेरो छोरा र श्रीमान् गुमाएको पिडामा मन भुलाउन बनाएको गीत हो भन्दै भाबुक हुँदै बिभिन्न मिडियामा अन्तरबार्ता दिएकी दिईन् ।

 

त्यसपछि सुजन बराईली र हेमन्त कान्छा रसाईली बिच झन बादबिबाद आउन थाल्यो । बादबिबाद आएपछि हेमन्त कान्छा रसाईलीद्धारा पिडित सुजन बराईली र धन कुमारी गौचनले संगीत रोयल्टी समाज नेपाल, नेपाल प्रतिलिपी अधिकार रजिष्ट्रारको कार्यालयमा निबेदन दर्ता गरेका थिए । त्यसपछि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालमा सुजन बराईली र धन कुमारी गौचनले निबेदन दिएका थिए ।

 

निबेदन दिईसकेपछि ३ जनालाई नै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको कार्यालयमा बोलाएर राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल की केन्द्रिय अध्यक्ष रिता थापा मगर, केन्द्रिय महिला उपाध्यक्ष राधिका हमाल र केन्द्रिय महासचिव शिब हमालको रोहबरमा मेलमिलाप गराउने प्रयास भयो । बिहान १०ः३० बजेबाट सुरु भएको छलफलमा सहमती हुन नसक्ने जस्तो लक्षण देखिएको थियो ।

 

बादबिबाद हुँदै गर्दा हेमन्त कान्छा रसाईलीले भाका चोरी गीत निर्माण गरेका पिडित ब्यक्तिहरु पनि उपस्थित भएपछि धन कुमारी गौचनको पक्षमा सहमती गर्न बाध्य भएका थिए । बिहान १०ः३० बजेबाट सुरु भएको छलफल दिउसो ४ बजे तिर मात्र सहमती भएको थियो ।

 

हेमन्त कान्छा रसाइलीको “लौरी तितेको” गीत र सुजन बराईलीको “मल्लाज दरबार” गीतमा प्रतिलिपी अधिकार ऐन अन्तर्गत धन कुमारी गौचनको नाम राखिदिने र गीतको नैतिक अधिकार धन कुमारी गौचनलाई नै प्राप्त हुने भएको छ। अब ३ वटै गीतको रोयल्टी धन कुमारी गौचनले नै पाउने सहमती भएको छ। साथै सुजन बराईलीको युटुबमा हेमन्तले हानेको स्ट्याक ४८ घण्टा भित्र हटाउनु पर्ने र यो गीतमा हेमन्त कान्छा रसाइलीको कुनै स्वामित्व नरहने प्रतिलिपी अधिकार ऐन अन्तर्गत धन कुमारी गौचनको नै स्वामित्व हुने भएको छ ।

 

हेमन्तलाई २५ हजार र सुजन बराईलीलाई १५ हजार तोकिएतापनी सुजनले ठूलो हृदयका साथ मैले पनि २५ हजार रुपैंया आमालाई सम्मान स्वरुप दिन्छु भनेकोले दुबै जनाले २५ हजार / २५ हजार रुपैया गरि ५० हजार रुपैयाँ सम्मान स्वरुप धन कुमारी आमालाई बुझाएका छन् । सम्झौताको ४८ घन्टा भित्र सम्झौता अनुरुप काम भएन भने अर्को कदम चल्ने जानकारी पनि गराइएको छ ।

 

प्रतिलिपी अधिकारमा रचनाको आर्थिक अधिकार पहिलो धनी रचयितालाई हुने, आफ्नो रचना सार्वजनिक रुपमा प्रयोग गरिएमा त्यस्तो रचनामा नाम उल्लेख गर्न लगाउने, प्रतिलिपी अधिकार ऐन बमोजिम रचयितालाई प्राप्त आर्थिक तथा नैतिक अधिकार रचयिताको जिवनभर र निजको मृत्यु भएको बर्षबाट ५० बर्ष सम्म सुरक्षित हुने प्रतिलिपी अधिकार ऐनमा उल्लेख छ ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

राम कुमार कार्की र देबी घर्तीको स्वरमा मार्मिक गीत “डुब्नै लाग्या घामको” सार्वजनिक (भिडियो सहित)

राम कुमार कार्की र देबी घर्तीको स्वरमा मार्मिक गीत “डुब्नै लाग्या घामको” सार्वजनिक (भिडियो सहित)

वि.सं.२०८३ असार २७ शनिवार १२:०२

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

गायिका पार्वती बिश्वकर्माको आफ्नै जिवन कथामा आधारित गीत “तिम्रो याद” सार्वजनिक

गायिका पार्वती बिश्वकर्माको आफ्नै जिवन कथामा आधारित गीत “तिम्रो याद” सार्वजनिक

वि.सं.२०८३ असार २७ शनिवार ०९:२३

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

भारतको बिहार राज्यस्थित सहरसामा आयोजित “रक्तदाता महाकुम्भ–२” कार्यक्रममा नेपाली साहित्यकार, समाजसेवी तथा राजनीतिक व्यक्तित्व इन्दिरा निरौला सम्मानित

भारतको बिहार राज्यस्थित सहरसामा आयोजित “रक्तदाता महाकुम्भ–२” कार्यक्रममा नेपाली साहित्यकार, समाजसेवी तथा राजनीतिक व्यक्तित्व इन्दिरा निरौला सम्मानित

वि.सं.२०८३ असार २५ बिहीवार १३:३९

सहरसा (बिहार)। भारतको बिहार राज्यस्थित सहरसामा आयोजित "रक्तदाता महाकुम्भ–२" कार्यक्रममा...

नेपाली सङ्गीतमा छुट्टै पहिचान बनाएका यम बराललाई मल्टिपल माइलोमा (रक्त क्यान्सर) भएको पुष्टि

नेपाली सङ्गीतमा छुट्टै पहिचान बनाएका यम बराललाई मल्टिपल माइलोमा (रक्त क्यान्सर) भएको पुष्टि

वि.सं.२०८३ असार २५ बिहीवार ०९:१४

काठमाडौं। नेपाली सङ्गीत क्षेत्रमा आफ्नो सुमधुर स्वरले लाखौँ श्रोताको मन...

आर. आर. एण्ड भालेश्वर ट्रेड कम्पनीको चरम लापरबाही, यसरी भएको छ कर्मचारीको मिलेमतोमा करोडौंको भ्याट तथा कर छली

आर. आर. एण्ड भालेश्वर ट्रेड कम्पनीको चरम लापरबाही, यसरी भएको छ कर्मचारीको मिलेमतोमा करोडौंको भ्याट तथा कर छली

वि.सं.२०८३ असार २१ आइतवार ०७:०६

काठमाडौं। धुनीबेशी नगरपालिकामा आर. आर. एण्ड भालेश्वर ट्रेड कम्पनीलाई परेको...

साँस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपालद्धारा आयोजित “संगीत र प्रबिधी बिषयक अन्तरक्रिया कार्यक्रम” सम्पन्न

साँस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपालद्धारा आयोजित “संगीत र प्रबिधी बिषयक अन्तरक्रिया कार्यक्रम” सम्पन्न

वि.सं.२०८३ असार २० शनिवार १२:४७

काठमडौं। साँस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपालद्धारा आयोजित "संगीत र...