सुनिता बुढा क्षेत्री र लक्ष्मण न्यौपानेको मौलिक लोक पञ्चेबाजा गीत “बिहे गरियो” सार्वजनिक

काठमाडौँ – केही समय अघिमात्र विवाह बन्धनमा बाधिएका नवजोडी चर्चित गायिका सुनिता बुढा क्षेत्री र इन्जिनियर तथा गायक लक्ष्मण न्यौपानेको मौलिक लोक पञ्चेबाजा गीत “बिहे गरियो” देश भरका गाउँगाउँ टोलटोलमा गुञ्जयमान भएको छ।

 

केहिदिन अघिमात्र सुनिता बुढा क्षेत्री अफिसियल युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको पञ्चेबाजा गीतले गाउँगाउँ टोलटोलमा गुञ्जयमान भएको हो ।

 

लक्ष्मण न्यौपानेको सब्द सिर्जना तथा संगीतकार नन्दु परियारको संगीतमा सार्वजनिक गरिएको गीतमा न्यौपाने र सुनिताको सुमधुर आवाज रहेको छ। मालाश्री रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीत विनोद बाजुरालीको संगीत संयोजन गरेका हुन् ।

 

गीतमा उनै नवाजोडी सुनिता र लक्ष्मण न्यौपानेको ससक्त अभिनय रहेको छ । भिडिओमा बिहेको दृश्यहरुलाई नै समावेश गरिएको छ। कृष्ण विकेले खिचेको भिडिओलाई चेतन समटले सम्पादन गरेका हुन्।

 

मौलिक पञ्चेबाजा गित रिलिज भएको केही दिनमै देशका सबै भुभागका दर्शक श्रोताहरुको सर्वाधिक रोजाईमा पर्नुमा गीतसँग अनुबन्धित कलाकारहरुको अथाह मेहनत र लगाव मुल कारण रहेको निर्माण पक्षको दाबी छ ।

 

गोरखाको फुजेलमा जन्मिएर काठमाडौंलाई कर्मथलो बनाउदै आएका इन्जेन्यारिङ पेसामा आवद्द न्यौपानेका एउटा फोटो खिचम बिहे गरियो लगाएत आधा दर्जन भन्दाबढी गितहरुमा आफ्नो आवाज तथा शब्द कोरिसकेका छन्, भने सुनिताका सयौं गितहरु सर्वाधिक चर्चामा छन् ।

 

भिडियो हेर्नका लागी तलको लिंक क्लिक गर्नुहोला।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

सन्देशमुलक गीत “भुलको बाटो” सार्वजनिक (भिडियो सहित)

सन्देशमुलक गीत “भुलको बाटो” सार्वजनिक (भिडियो सहित)

वि.सं.२०८२ वैशाख ५ शुक्रवार ०१:३७

काठमाडौं । बुधबार राजधानीमा एउटा निकै राम्रो संदेश मुलक गीतको...

देउडा सम्राट नन्दकृष्ण जोशीकी छोरी श्रृंखला जोशीको नयाँ गीत “छैन हो छैन” सार्वजनिक

देउडा सम्राट नन्दकृष्ण जोशीकी छोरी श्रृंखला जोशीको नयाँ गीत “छैन हो छैन” सार्वजनिक

वि.सं.२०८२ वैशाख १ सोमवार ०४:३८

गायिका श्रृंखला जोशीको नयाँ गीत छैन हो छैन सार्बजनिक भएको...

चर्चित नायिका एलिजा गौतमलाई इण्डोनेसियामा ‘बेष्ट योङ अन्टरप्रन्यूर’ अवार्ड

चर्चित नायिका एलिजा गौतमलाई इण्डोनेसियामा ‘बेष्ट योङ अन्टरप्रन्यूर’ अवार्ड

वि.सं.२०८२ वैशाख १ सोमवार ०४:३४

काठमाडौं । चर्चित नायिका एवम् प्राइम टिभीकी निर्देशक एलिजा गौतम...

“जुनकिरी दोहोरी धमाका एबं सम्मान कार्यक्रम – २०८२” हुने, सो अवसरमा ग्राहकहरुलाई २० प्रतिशत छुट हुने

“जुनकिरी दोहोरी धमाका एबं सम्मान कार्यक्रम – २०८२” हुने, सो अवसरमा ग्राहकहरुलाई २० प्रतिशत छुट हुने

वि.सं.२०८१ चैत २६ मंगलवार १६:५८

काठमाडौं। नेपालीहरुको नयाँ बर्ष २०८२ को सुरुवात हुन लागेको बेला...

काठमाडौँ फोटोग्राफर संघद्वारा नयाँ वर्ष २०८२ को शुभकामना आदान–प्रदान, चियापान तथा क्यालेन्डर विमोचन कार्यक्रम भव्य रूपमा सम्पन्न

काठमाडौँ फोटोग्राफर संघद्वारा नयाँ वर्ष २०८२ को शुभकामना आदान–प्रदान, चियापान तथा क्यालेन्डर विमोचन कार्यक्रम भव्य रूपमा सम्पन्न

वि.सं.२०८१ चैत २४ आइतवार १२:२६

काठमाडौँ, चैत्र २३ - काठमाडौँ फोटोग्राफर संघको आयोजनामा नयाँ वर्ष...

“पुरूषोत्तम न्यौपाने सांगीतिक साँझ २०८१” पोखरामा भब्य रुपले सम्पन्न

“पुरूषोत्तम न्यौपाने सांगीतिक साँझ २०८१” पोखरामा भब्य रुपले सम्पन्न

वि.सं.२०८१ चैत २४ आइतवार ०८:१९

काठमाडौँ । बि.संं २०४६ सालमा ‘बलाम देवीथान’ बोलको गीत रेकर्ड...