“आठौँ राष्ट्रिय रनिङ शिल्ड दोहोरी गीत प्रतियोगिता” फागुन १७ देखि चितवनमा सुरु हुँदै

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले चितवनमा आठौँ राष्ट्रिय रनिङ शिल्ड दोहोरी गीत प्रतियोगिताको आयोजना गर्ने भएको छ । यही फागुन १७ देखि २० गतेसम्म भरतपुर चितवनको वीरेन्द्र बहुमुखी क्याम्पसस्थित डिग्री खेल मैदानमा हुनेछ ।

देशैभरीका कलाकारहरुको सहभागितामा यस प्रतियोगिताको आयोजना गरिएको लोक दोहोरी प्रतिष्ठान केन्द्रका प्रथम उपाध्यक्ष एवं सम्पूर्ण प्रतियोगी कलाकारहरुका संयोजक दिपक खड्काले जानकारी दिए । प्रतिष्ठान केन्द्रले विगतदेखि नै राष्ट्रिय रनिङ शिल्ड दोहोरी गीत प्रतियोगिताको आयोजना गर्दै आएकाले त्यसैलाई निरन्तरता दिइएको उनले बताए ।

यस प्रतियोगितामा देशैभरबाट ‘ए’ र ‘बी’ ग्रुप गरी ४२ टिमले सहभागिता जनाउने संयोजक खड्काले जानकारी दिए । प्रतियोगितामा सहभागी टिमहरुमा ‘ए’ ग्रुपबाट प्रतिष्ठान कतार शाखा, प्रतिष्ठान कास्की, प्रतिष्ठान वागमती प्रदेश, प्रतिष्ठान सुन्धारा समिति, प्रतिष्ठान जापान शाखा, प्रतिष्ठान काठमाडौं, प्रतिष्ठान दाङ, प्रतिष्ठान बाँके, प्रतिष्ठान बागलुङ, प्रतिष्ठान स्याङ्जाले भाग लिनेछन् ।

त्यसैगरी प्रतिष्ठान बर्दिया, प्रतिष्ठान युके शाखा, प्रतिष्ठान ललितपुर समिति, प्रतिष्ठान नयाँ बसपार्क समिति, प्रतिष्ठान धादिङ, प्रतिष्ठान कालिकोट, प्रतिष्ठान नवलपुर, प्रतिष्ठान तेह्रथुम, प्रतिष्ठान कैलाली, प्रतिष्ठान कपिलबस्तु, प्रतिष्ठान भारतको बैंगलोर शाखाले भाग लिने छन् ।

त्यसैगरी ‘बी’ ग्रुपबाट प्रतिष्ठान कञ्चनपुर, प्रतिष्ठान म्याग्दी, प्रतिष्ठान उपत्यका समन्वय समिति, प्रतिष्ठान कोरिया शाखा, प्रतिष्ठान गुल्मी, प्रतिष्ठान नवलपरासी, प्रतिष्ठान तनहुँ, प्रतिष्ठान गोरखा, प्रतिष्ठान पर्वत, प्रतिष्ठान लुम्बिनी प्रदेश, प्रतिष्ठान चितवन, प्रतिष्ठान मकवानपुर, प्रतिष्ठान पाल्पा, प्रतिष्ठान लमजुङ, प्रतिष्ठान रुपन्देहीले भाग लिने छन् ।

त्यस्तै प्रतिष्ठान सुर्खेत, प्रतिष्ठान गण्डकी प्रदेश, प्रतिष्ठान सुदूरपश्चिम प्रदेश, प्रतिष्ठान नुवाकोट, प्रतिष्ठान युरोप शाखा र प्रतिष्ठान हङकङ शाखाबाट कलाकारहरुले सहभागिता जनाउने संयोजक खड्काले जानकारी दिए ।

यस प्रतियोगितामा प्रथम पुरस्कार रु ३ लाख, दोस्रो २ लाख, तेस्रो १ लाख र सान्त्वना पुरस्कार ५० हजार राखिएको छ। प्रतिष्ठान केन्द्रले आयोजना गरेको प्रतियोगितामा प्रतिष्ठान वागमती प्रदेश समिति सहआयोजक रहनेछ भने प्रतिष्ठान जिल्ला कार्यसमिति चितवनले व्यवस्थापन गर्नेछ। सो प्रतियोगितामा कलाकार, पत्रकार, समाजसेबी ब्यक्तित्व र संगीतप्रेमीहरुको बिशेष उपस्थिती रहने कुरा प्रतिष्ठान केन्द्रका सञ्चार संयोजक राज कुमार रायमाझीले जानकारी गराए।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

राम कुमार कार्की र देबी घर्तीको स्वरमा मार्मिक गीत “डुब्नै लाग्या घामको” सार्वजनिक (भिडियो सहित)

राम कुमार कार्की र देबी घर्तीको स्वरमा मार्मिक गीत “डुब्नै लाग्या घामको” सार्वजनिक (भिडियो सहित)

वि.सं.२०८३ असार २७ शनिवार १२:०२

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

गायिका पार्वती बिश्वकर्माको आफ्नै जिवन कथामा आधारित गीत “तिम्रो याद” सार्वजनिक

गायिका पार्वती बिश्वकर्माको आफ्नै जिवन कथामा आधारित गीत “तिम्रो याद” सार्वजनिक

वि.सं.२०८३ असार २७ शनिवार ०९:२३

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

भारतको बिहार राज्यस्थित सहरसामा आयोजित “रक्तदाता महाकुम्भ–२” कार्यक्रममा नेपाली साहित्यकार, समाजसेवी तथा राजनीतिक व्यक्तित्व इन्दिरा निरौला सम्मानित

भारतको बिहार राज्यस्थित सहरसामा आयोजित “रक्तदाता महाकुम्भ–२” कार्यक्रममा नेपाली साहित्यकार, समाजसेवी तथा राजनीतिक व्यक्तित्व इन्दिरा निरौला सम्मानित

वि.सं.२०८३ असार २५ बिहीवार १३:३९

सहरसा (बिहार)। भारतको बिहार राज्यस्थित सहरसामा आयोजित "रक्तदाता महाकुम्भ–२" कार्यक्रममा...

नेपाली सङ्गीतमा छुट्टै पहिचान बनाएका यम बराललाई मल्टिपल माइलोमा (रक्त क्यान्सर) भएको पुष्टि

नेपाली सङ्गीतमा छुट्टै पहिचान बनाएका यम बराललाई मल्टिपल माइलोमा (रक्त क्यान्सर) भएको पुष्टि

वि.सं.२०८३ असार २५ बिहीवार ०९:१४

काठमाडौं। नेपाली सङ्गीत क्षेत्रमा आफ्नो सुमधुर स्वरले लाखौँ श्रोताको मन...

आर. आर. एण्ड भालेश्वर ट्रेड कम्पनीको चरम लापरबाही, यसरी भएको छ कर्मचारीको मिलेमतोमा करोडौंको भ्याट तथा कर छली

आर. आर. एण्ड भालेश्वर ट्रेड कम्पनीको चरम लापरबाही, यसरी भएको छ कर्मचारीको मिलेमतोमा करोडौंको भ्याट तथा कर छली

वि.सं.२०८३ असार २१ आइतवार ०७:०६

काठमाडौं। धुनीबेशी नगरपालिकामा आर. आर. एण्ड भालेश्वर ट्रेड कम्पनीलाई परेको...

साँस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपालद्धारा आयोजित “संगीत र प्रबिधी बिषयक अन्तरक्रिया कार्यक्रम” सम्पन्न

साँस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपालद्धारा आयोजित “संगीत र प्रबिधी बिषयक अन्तरक्रिया कार्यक्रम” सम्पन्न

वि.सं.२०८३ असार २० शनिवार १२:४७

काठमडौं। साँस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपालद्धारा आयोजित "संगीत र...