नेपाल फेशन एण्ड इन्टरटेन्मेन्ट इन्टरनेशनल अवार्डको चौथो संस्करण जापानमा सम्पन्न

 टोकियो। नेपाल फेशन एण्ड इन्टरटेन्मेन्ट इन्टरनेशनल अवार्डको चौथो संस्करण यसै साता जापानको राजधानी टोकियोमा सम्पन्न भएको छ। हिमालयन मुभिज प्रोडक्सन हाउस काठमाडौंको आयोजनामा सन् २०२५ को संस्करण स्वरुप फेसन तथा मनोरन्जन एवं सामाजिक क्षेत्रका व्यक्तित्वहरुको योगदानको कदर स्वरुप अवार्ड कार्यक्रम गरिएको हो।

 

नेपाली मनोरञ्जन, फेसन, सौन्दर्य प्रतियोगिता आदि क्षेत्रका व्यक्तिहरु सम्मिलित सो कार्यक्रममा करिब डेढ दर्जन व्यक्तित्वहरुलाई अवार्ड प्रदान गरिएको थियो। एन.आर.एन.ए. जपानका अध्यक्ष नविन न्युरेको विशेष आतिथ्यमा सम्पन्न सो कार्यक्रममा नेप्लिज विजनेश एशोसिएसन जापानका अध्यक्ष बिजेश थकालीको विषेश आतिथ्यता रहेको थियो भने व्यवसायी मनिस मगर एवं सुरेन्द्र खड््काको विशेष आतिथ्य रहेको थियो।

 

कार्यक्रममा आकर्षक फेसन सो समेत राखिएको थियो जसमा मोडलहरुले फ्युजन स्वरुपको पहिरनमा स्टेज नापेका थिए। सम्पूर्ण कार्यक्रमको कोरियोग्राफि चर्चित फेसन कोरियोग्राफर एवं हिमालयन मुभिजकी सी. इ. ओ. हिमानी सुब्बाले गरेकी थिइन् भने, कार्यक्रमको मध्यान्तरमा सोज टपरको रुपमा सुब्बा आफैं आकर्षक पहिरनमा प्रस्तुत भएकी थिइन्।

 

सम्पूर्ण कार्यक्रम सम्प्रेषण जापानकै फोटोग्राफर गणेश थापा मगरले गरेका थिए। अवार्ड कार्यक्रममा विशेष सम्मान अवार्ड स्वरुप एनआरएनए जापान अध्यक्ष नविन न्युरेलाई बेस्ट नेप्लिज सोसियल क्याम्पेनर, नेप्लिज बिजनेश एशोसिएसन जापानका अध्यक्ष बिजेश थकालीलाई बेस्ट सोसियल वेलफेयर एयाक्टिभिस्ट, ब्यवसायी मनिस मगरलाई बेस्ट नेप्लिज फरेन आन्टरप्रेनियर तथा फोटोग्राफर गणेश थापा मगरलाई बेस्ट नेप्लिज फरेन फोटोग्राफरको अवार्ड प्रदान गरिएको थियो।

 

कार्यक्रममा सौन्दर्य प्रतियोगिता, ब्यूटिसियन, फेसन डिजाइनर, फेसन मोडलिङ एवं मनोरञ्जन क्षेत्रका व्यक्तित्वहरुलाई अवार्ड प्रदान गरिएको थियो। स्वदेश तथा बिदेशमा रहेर नेपाली समाजलाई मनोरञ्जन तथा समाज रुपान्तरणको क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरुलाई बर्षेनी प्रदान गरिने सो अवार्ड कार्यक्रमले निकै नै हौसला प्रदान गरेको कुरा आयोजक संस्थाकी सी.इ.ओ तथा फेसन कोरियोग्राफर हिमानी सुब्बाले जानकारी दिइन्। कार्यक्रम सञ्चालन इभेन्ट म्यानेजर कोमलनाथ खतिवडाले गरेका थिए।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

सम्बन्धमा खटपट भएपछी पहिलो घरबार छोडेको कथामा, श्रीजन र संगमको “पहिलो घरबार” (भिडियो सहित)

सम्बन्धमा खटपट भएपछी पहिलो घरबार छोडेको कथामा, श्रीजन र संगमको “पहिलो घरबार” (भिडियो सहित)

वि.सं.२०८३ असार ३ बुधवार ०४:०१

काठमाडौं। कुनै एक युवा र युवती बीच दिनप्रतिदिन मायाँ झाँगिदै...

“९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर प्रथम हुन सफल, अरु को को भए त बिजेताहरु ?

“९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर प्रथम हुन सफल, अरु को को भए त बिजेताहरु ?

वि.सं.२०८३ असार १ सोमवार १३:३५

काठमाडौं। "९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३" को उपाधि निशान्त...

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:४५

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:१७

काठमाण्डौ । नेपाली कला र संस्कृतिको क्षेत्र उत्थानका निमित्त स्थापना...

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

वि.सं.२०८३ जेठ २८ बिहीवार १३:१८

काठमाडौं । विगत १३ वर्षदेखि निरन्तर रुपमा आयोजना हुँदै आएको...