संगीता घिमिरेको “रातो सारी” तीजको गीत शनिबार लोकार्पण सहित सार्वजनिक

काठमाण्डौं । काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय एकपछि अर्को गरेर नयाँ नयाँ गीतहरु सार्वजनिक भईरहेका छन्। हिन्दु नारीहरुको महान चाड हरितालिका तीज आउन बाँकी नै छ। तर पनि तीज गीतहरु आउनेक्रम जारी छ।

सोही क्रममा गायीका तथा रचनाकार संगीता घिमिरेको “रातो सारी” तीजको गीत शनिबार लोकार्पण सहित सार्वजनिक गरिएको छ । बहुमुखी प्रतिभाकी धनी गायीका संगीता घिमिरेको आफ्नै शब्द रचना, निर्देशन तथा स्वर लहरी रहेको गीतमा लोकप्रीय गायीकाहरु राधिका भण्डारी र शिला विष्टले साथ दिएका छन्।

यस गीतमा बरिष्ठ सर्जक तथा संगीतकर्मी तीर्थराज पोख्रेलको संगीत रहेको छ। आफ्नै मौलिक भाका र नयाँ रचनालाई कलात्मक ढंगले समेटिएको यस तीज गीतलाई सारथी बिवेक अफिसियल युट्यूब च्यानल मार्फत दर्शक स्रोता माझमा सार्बजनिक गरिएको हो ।

सो ‘रातो सारी’ तीज गीतको म्यूजिक भिडियोलाई कार्यक्रम सभापति भिष्मराज ढुङ्गेल र प्रमुख अतिथि तीर्थराज पोख्रेलले औपचारीक रुपमा प्रोजेक्टरको स्वीच बटम थिचेर संचारकर्मी माझमा सार्बजनिक गरेका हुन् । कार्यक्रमलाई औपचारिक रुपमा गायीका संगीता घिमिरे आफैले सञ्चालन गरेकी हुन्। प

छिल्लो समय तीज गीतको नाममा छाडापन बढ्दै गएको र आफ्नो मौलिकता हराउदै गएको अवस्थामा यस किसिमको मौलिकपन र चेतनामुलक तीज गीत बजारमा आउनु आफैमा सुखद भएको प्रमुख अतिथि तीर्थराज पोख्रेलले बताएका छन्।

आफ्नै मौलिक भाका समेटिएकाले यस गीतले बजारमा सकरात्मक सन्देश दिने सभापति भिष्मराज ढुङ्गेलले बताएका छन्। गायीकाहरु राधिका भण्डारी र शिला विष्टले आफ्नो मौलिकपन झल्काउने बहुमुखी प्रतिभाकी धनी गायीका संगीता घिमिरेको शब्द रचना रहेको गीतमा स्वर लहरी भर्न पाउँदा खुशी लागेको बताएका छन्। साथै आगामी दिनहरुमा पनि यस्तै राम्रो काममा सँगै हातेमालो गरेर अगाडी बढ्ने बाचा गर्दै रचनाकार तथा गायीका संगीता घिमिरेलाई शूभकामना दिएका छन्।

सो गीतको भिडियोमा मुख्य कलाकारहरुमा सुशिला थापा र सुमिना थापा मगर रहेका छन् । विवेक ढङ्गेल र स्पन्दन ढुङ्गेलको निर्माणमा बनेको यस भिडियोलाई नृत्य निर्देशन सुशिला थापाले गरेकी हुन् भने छायांकन तथा सम्पादन सरोज शाहीले गरेका हुन् ।

भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

बैदेशिक रोजगारीमा पठाईदिन्छु भन्दै ठगी गर्ने कलाकार तथा मेकअप आर्टिष्ट शान्ती लिम्बु बिरुद्ध ठगी मुद्धामा जाहेरी, नेपाल प्रहरीद्धारा खोजी कार्य जारी

बैदेशिक रोजगारीमा पठाईदिन्छु भन्दै ठगी गर्ने कलाकार तथा मेकअप आर्टिष्ट शान्ती लिम्बु बिरुद्ध ठगी मुद्धामा जाहेरी, नेपाल प्रहरीद्धारा खोजी कार्य जारी

वि.सं.२०८३ वैशाख २३ बुधवार ०७:१४

काठमाडैं। केही बर्ष यता बैदेशिक रोजगारीको शिलशिलामा ठगी गर्ने गिरोह...

म्युजिक भिडियो कलाकार संघ नेपालद्धारा बिशिष्ट कलाकार र बरिष्ठ कलाकारहरुको रुपमा को को भए त सम्मानित ? (बिबरण सहित)

म्युजिक भिडियो कलाकार संघ नेपालद्धारा बिशिष्ट कलाकार र बरिष्ठ कलाकारहरुको रुपमा को को भए त सम्मानित ? (बिबरण सहित)

वि.सं.२०८३ वैशाख १९ शनिवार १४:२३

काठमाडौं। म्युजिक भिडियो कलाकारहरुको छाता संगठन म्युजिक भिडियो कलाकार संघ...

गायक एबं सर्जक मिन प्रकाश ओलीको देशप्रेमी गीत “के भयो जगतमा” सार्वजनिक

गायक एबं सर्जक मिन प्रकाश ओलीको देशप्रेमी गीत “के भयो जगतमा” सार्वजनिक

वि.सं.२०८३ वैशाख १५ मंगलवार १२:१४

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि...

सरला–कुमार अक्षय कोषद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सरला–कुमार अक्षय कोषद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

वि.सं.२०८३ वैशाख १५ मंगलवार ०६:३५

काभ्रे — तत्कालीन माओवादी जनयुद्धका क्रममा राज्य र माओवादीबीचको भिडन्तमा...

नेपालमै पहिलो पटक आयोजना गरिएको “गौविज्ञान कथा” कार्यक्रम दुई दिनसम्म सञ्चालन भई सफलतापूर्वक सम्पन्न

नेपालमै पहिलो पटक आयोजना गरिएको “गौविज्ञान कथा” कार्यक्रम दुई दिनसम्म सञ्चालन भई सफलतापूर्वक सम्पन्न

वि.सं.२०८३ वैशाख १४ सोमवार ११:२०

काठमाडौं — नेपालमै पहिलो पटक आयोजना गरिएको "गौविज्ञान कथा" कार्यक्रम...

सार्वजनिक र सरकारी जग्गा बनाइएका बस्ती खाली गराउने कार्य जारी, ६८ परिवार सरकारको सम्पर्कमा

सार्वजनिक र सरकारी जग्गा बनाइएका बस्ती खाली गराउने कार्य जारी, ६८ परिवार सरकारको सम्पर्कमा

वि.सं.२०८३ वैशाख १२ शनिवार १३:२०

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका नदी किनार र जोखिमपूर्ण क्षेत्र...