भिम गुरुङको नयाँ गीत “चुम्बक झै जोड” सार्वजनिक
वि.सं.२०८२ कात्तिक १ शनिवार ११:५७
काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय एकपछि अर्को गरेर नयाँ नयाँ गीतहरु सार्वजनिक भईरहेका छन्। सोही क्रममा भिम गुरुङको नयाँ गीत “चुम्बक झै जोड” केही दिन अघी सार्वजनिक भएको छ।
यस गीतमा भिम गरुङ सिमरन परियारको स्वर रहेको छ भने विकाश बिकको शब्द, शोभित बिश्वकर्माको संगीत तथा थेगो रहेको छ। यस गीतमा रमेश सेञ्चुरीको एरेञ्ज रहेको छ भने समित परियारको मिक्सिङ, मास्टरिङ रहेको छ।
भिडियोमा मुकेश नेपालीको निर्देशन तथा कोरियोग्राफी रहेको छ भने बुद्ध थापाको छायांकन, रबिन बिकको सम्पादन रहेको छ।
उक्त गीतको भिडियोमा सञ्चिता बोलाखे, शोभित बिश्वकर्मा, भिम गुरुङको अभिनय रहेको छ। यस गीतलाई कान्छा रोधी घरबाट सार्वजनिक गरिएको हो।
भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला।
वि.सं.२०८२ कात्तिक १ शनिवार ११:५७















