बिशाल शोनी र शान्तारानी परियारको स्वरमा नयाँ गीत “तानातान हानाहान स्याउलि बजारमा” सार्वजनिक

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय एकपछि अर्को गरेर नयाँ नयाँ गीतहरु सार्वजनिक भईरहेका छन्। सोही क्रममा पछिल्लो समय चर्चामा रहेका गायक बिशाल शोनी र शान्तारानी परियारको स्वरमा नयाँ गीत “तानातान हानाहान स्याउलि बजारमा” सार्वजनिक गरिएको छ।

 

बिशाल र शान्तारानी दुबैजना चर्चामा आएको धेरै समय भएको छैन। यद्यपी उनीहरुको सांगितीक क्षेत्रको संघर्ष दशक बढी छ। बिशालको नेपाली सांगितीक क्षेत्रमा दशक माथीको अनुभव छ।

 

उनलाई ७ महिना अघिको “मकै बारी दर्याम दर्याम” गीतले चर्चामा ल्याइदियो। यस्तै गायिका शान्तारानी परियारलाई १ बर्ष अघिको “मत ढले ढले” गीतले चर्चामा ल्याइदियो। यि दुबै गायक र गायिकालाई दर्शकले पछिल्लो समय निकै रुचाइरहेका छन्।

 

अहिले भर्खर “तानातान हानाहान स्याउलि बजारमा” बोलको गीत सार्वजनिक गरिएको छ। बिशाल र शान्तारानीको स्वर रहेको यो गीतको हुकलाइन पनि बिशालकै छ। शब्द भने अर्का लोकप्रिय गीतकार नेत्र अर्यालको छ। गीतमा नन्दु परियारले संगीत दिएका छन्। एरेन्ज एचबिएन किस्मतको छ।

 

गीतको भिडियोको कुरा गर्दा रमाइलो बनाइएको छ। साथै नेपाली चलचित्र क्षेत्रका लोकप्रिय नायक तथा म्युजिक भिडियोका डिमाण्डेड पल शाहले नाचेका छन्। उनलाई मोडल कोमल नेपालीले साथ दिएकी छिन्।

 

मोडल कोमलले यसअघि केहि म्युजिक भिडियोमा काम गरिसकेकी छिन्। यसअघिको अनुभवले पनि अहिलेको गीतमा निकै मिहिनतका साथ काम गरेको कोमलले बताएकी छिन्। साथै उनले पल शाहसँग काम गर्न पाउँदा खुसी ब्यक्ति गरेकी छिन्।

 

भिडियोमा गायक बिशालले पनि मोडलिङ गरेका छन्। नवराज उप्रेतीले खिचेको भिडियो मिलन बिश्वकर्माले सम्पादन गरेका हुन्। भिडियो मौसम हिमालीले निर्देशन गरेका हुन्।

 

भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

सम्बन्धमा खटपट भएपछी पहिलो घरबार छोडेको कथामा, श्रीजन र संगमको “पहिलो घरबार” (भिडियो सहित)

सम्बन्धमा खटपट भएपछी पहिलो घरबार छोडेको कथामा, श्रीजन र संगमको “पहिलो घरबार” (भिडियो सहित)

वि.सं.२०८३ असार ३ बुधवार ०४:०१

काठमाडौं। कुनै एक युवा र युवती बीच दिनप्रतिदिन मायाँ झाँगिदै...

“९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर प्रथम हुन सफल, अरु को को भए त बिजेताहरु ?

“९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर प्रथम हुन सफल, अरु को को भए त बिजेताहरु ?

वि.सं.२०८३ असार १ सोमवार १३:३५

काठमाडौं। "९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३" को उपाधि निशान्त...

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:४५

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:१७

काठमाण्डौ । नेपाली कला र संस्कृतिको क्षेत्र उत्थानका निमित्त स्थापना...

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

वि.सं.२०८३ जेठ २८ बिहीवार १३:१८

काठमाडौं । विगत १३ वर्षदेखि निरन्तर रुपमा आयोजना हुँदै आएको...