गायक प्रदिप बराईलीको गीत “पाईन देशमा काम” सार्वजनिक
वि.सं.२०८२ चैत १९ बिहीवार १०:३३
काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय एकपछि अर्को गरेर नयाँ नयाँ गीतहरु सार्वजनिक भईरहेका छन्। सोही क्रममा गायक प्रदिप बराईलीको हरेक नेपाली युवाहरुको यथार्थपरक कथा, बिषय बस्तुलाई समेटिएको गीत “पाईन देशमा काम” सार्वजनिक भएको छ।
यस गीतमा हरेक नेपालीहरु बिदेशिनु पर्ने पीडा र बाध्यतालाई कलात्मक शैलीमा प्रस्तुत गरिएको छ। “पाईन देशमा काम” नामक गीतमा प्रदिप बराईली र शान्ताशानी परियारको स्वर रहेको छ भने सागर बिसीको शब्द, प्रदिप बराईलीको संगीत रहेको छ।
यस गीतको गीतको भिडियोमा प्रकाश कंडेलको निर्देशन रहेको छ भने ओम प्रकाश अवस्थी (ईश्वर) को छायांकन, सम्पादन रहेको छ। उक्त गीतको भिडियोमा सुवास नेपाली र सरस्वती गुरुङको अभिनय रहेको छ। सो गीतलाई प्रदिप बराईलीको युटुब च्यानलबाट सार्वजनिक गरिएको हो।
भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला।
वि.सं.२०८२ चैत १९ बिहीवार १०:३३












