एकै महिनामा २ वटा अवार्ड चुम्न सफल शम्भु शाही

काठमाडौं ३० असनमा बुवा शंख नारायण शाही र आमा चन्द्र कुमारी शाहीको कोखमा जन्म लिएका पछिल्लो समयका ब्यस्त कोरियोग्राफर हुन् शम्भु शाही । शम्भु शाहीले केही साता अघी स्टार ईन्टरनेशनल अवार्ड २०२१ मा ईन्टरनेशनल डान्स कोरियोग्राफर तर्फ जुरी अवार्ड प्राप्त गरेका छन् भने सहारा एप सगरमाथा म्युजिक अवार्डमा हाम्रो “जोडी हिट” गीत मार्फत सर्बाेत्कृष्ठ कोरियोग्राफरको अवार्ड हात पार्न सफल भएका छन् ।

शाही २ दर्जन भन्दा बढी ईन्टरनेशनल फेस्टिवलहरुमा सहभागिता जनाई कोरियोग्राफी गरेका छन् । सानै देखी नाच्ने र गाउनेमा रुची राख्ने शम्भु शाही ईन्टरनेशनल फेस्टिवलहरुमा सहभागिता जनाएपछि बिदेशी संस्कृती आफुले सिक्ने र आफ्नो नेपाली कला संस्कृती बिदेशीलाई सिकाउने पनि गर्दथे ।

आफ्नो नेपाली मौलिक संस्कृतीलाई देश तथा बिदेशमा फैलाउनुका साथै प्रचार प्रसार गर्ने लक्ष्य रहेको कुरा शम्भु शाहीले बताए । आफ्नो पारिवारिक माहोल नै संगीतमय भएको हुँदा सांगीतिक क्षेत्रमा अगाडी बढ्न सहज भएको कुरा उनी बताउछन् ।

शाही साँस्कृतिक कार्यक्रमको शिलशिलामा अमेरिका, जापान र युरोपियन देशहरुमा सहभागिता जनाएर नेपालको कला संस्कृती प्रस्तुत गरेका छन् । उनले साधना कला केन्द्रमा करिव ११ बर्ष नृत्य प्रशिक्षण गरेका थिए । शम्भु शाही आगामी दिनमा यसै क्षेत्रमा निरन्तरता दिने सोच रहेको र नेपाली कला संस्कृतीलाई देश तथा बिदेशहरुमा फैलाउने लक्ष्य रहेको कुरा बताउछन् ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

“बिश्वब्यापी आवधिक समिक्षा – Universal Periodic Report (UPR) २०२५” को संयुक्त प्रतिबेदन तयारी राष्ट्रिय परामर्श गोष्ठी कार्यक्रम सम्पन्न

“बिश्वब्यापी आवधिक समिक्षा – Universal Periodic Report (UPR) २०२५” को संयुक्त प्रतिबेदन तयारी राष्ट्रिय परामर्श गोष्ठी कार्यक्रम सम्पन्न

वि.सं.२०८२ असार ३१ मंगलवार ०९:२३

काठमाडौं। नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ (NNDSWO) को समन्वयमा...

सोंपाल समाज यूकेको “गृष्मकालिन भेटघाट कार्यक्रम” सम्पन्न

सोंपाल समाज यूकेको “गृष्मकालिन भेटघाट कार्यक्रम” सम्पन्न

वि.सं.२०८२ असार ३० सोमवार १५:४०

लन्डन । सोंपाल समाज यूकेको "गृष्मकालिन भेटघाट कार्यक्रम" सम्पन्न भएको...

“ईन्द्रेणी दोहोरी तारा २०८२” मा सपना रोका प्रथम

“ईन्द्रेणी दोहोरी तारा २०८२” मा सपना रोका प्रथम

वि.सं.२०८२ असार २९ आइतवार १३:४०

काठमाडौं।  सुष्मा ठकुरी फाउन्डेशन नेपालद्वारा असार २७ र २८ गते...

नक्कली होटल बुकिङमार्फत मानव तस्करी बढ्दो, युवतीहरू मुख्य निशाना

नक्कली होटल बुकिङमार्फत मानव तस्करी बढ्दो, युवतीहरू मुख्य निशाना

वि.सं.२०८२ असार २७ शुक्रवार १३:३५

काठमाडौं, भिजिट भिषामा कठाई सगैं नक्कली होटल बुकिङमार्फत हुने मानव...

बबिना भट्टराई र नारद पोखरेलको भजन “साम्ब सदाशिव”  सार्वजनिक (भिडियो सहित)

बबिना भट्टराई र नारद पोखरेलको भजन “साम्ब सदाशिव”  सार्वजनिक (भिडियो सहित)

वि.सं.२०८२ असार २७ शुक्रवार १३:३०

काठमाडौंः ‘साम्व सदाशिव ॐ’ भजन भगवान शिव प्रतिको भक्तिभावले ओतप्रोत...

गायिका रिता बुढाथोकीको तीज बिशेष गीत “आमा मेरी आमा” सार्वजनिक

गायिका रिता बुढाथोकीको तीज बिशेष गीत “आमा मेरी आमा” सार्वजनिक

वि.सं.२०८२ असार २५ बुधवार १०:४६

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...