नेपाली सङ्गीतमा छुट्टै पहिचान बनाएका यम बराललाई मल्टिपल माइलोमा (रक्त क्यान्सर) भएको पुष्टि

काठमाडौं। नेपाली सङ्गीत क्षेत्रमा आफ्नो सुमधुर स्वरले लाखौँ श्रोताको मन जित्न सफल गायक यम बराल अहिले जीवन कै कठिन लडाइँ लडिरहेका छन्। “निष्ठुरीले छाडेर”, ‘बादलुको घुम्टोले”, “मन रहे पो”, “दिलमाया दिलमाया”, “आशैको भुमरीले” जस्ता चर्चित गीत मार्फत नेपाली सङ्गीतमा छुट्टै पहिचान बनाएका यम बराललाई मल्टिपल माइलोमा (रक्त क्यान्सर) भएको पुष्टि भएको छ।

अत्यधिक ढाड दुखाइ भएपछि उनी हाल त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको अर्थोपेडिक वार्डमा उपचाररत छन्। उनका भतिजा सञ्जय बरालका अनुसार करिब एक महिनासम्म विभिन्न परीक्षण गरेपछि उनलाई मल्टिपल माइलोमा अर्थात् प्लाज्मा सेलमा हुने रक्त क्यान्सर भएको पुष्टि भएको हो।

परिवारका अनुसार रोग प्रारम्भिक चरणमै पत्ता लागेकाले आत्तिनुपर्ने अवस्था छैन। अत्यधिक दुखाइका कारण चिकित्सकले हाल उनलाई हिँडडुल नगर्न सल्लाह दिएका छन्। यद्यपि उनी सामान्य रूपमा बोल्न, सम्झिन र परिवारसँग संवाद गर्न सक्ने अवस्थामा छन्। हालसम्म यम बरालले दुई चरणको केमोथेरापी गराइसकेका छन्। परिवारका अनुसार केमोपछि देखिने अत्यधिक कमजोरी वा शरीर गल्ने जस्ता गम्भीर समस्या पनि खासै देखिएका छैनन्। समयमै उपचार सुरु भएकाले उहाँ छिट्टै स्वास्थ्यलाभ गर्ने विश्वास परिवारले व्यक्त गरेको छ।

यम बरालको स्वास्थ्य अवस्था बारे खबर सार्वजनिक भएपछि उनका शुभचिन्तक, सङ्गीतप्रेमी र कलाकारहरूले सामाजिक सञ्जाल मार्फत शीघ्र स्वास्थ्य लाभको कामना गरिरहेका छन्। दशकौँ देखि नेपाली सङ्गीतलाई अविस्मरणीय गीतहरू दिएका प्रिय गायक यम बराल चाँडै पूर्ण रूपमा निको भएर फेरि आफ्ना श्रोतामाझ फर्कून् भन्ने कामना सबैले गरिरहेका छन्।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

रमा पोख्रेलको शब्द र चर्चित संगीतकार कमल अधिकारीको संगीतमा तीज बिशेष गीत “सम्झी सम्झी घर” सार्वजनिक

रमा पोख्रेलको शब्द र चर्चित संगीतकार कमल अधिकारीको संगीतमा तीज बिशेष गीत “सम्झी सम्झी घर” सार्वजनिक

वि.सं.२०८३ साउन ३० शनिवार १०:५७

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

“लोक दोहोरी च्याम्पियन” पत्रकार भेटघाट कार्यक्रम सम्पन्न, असोज ३ गतेदेखि दर्शक माझ आउने

“लोक दोहोरी च्याम्पियन” पत्रकार भेटघाट कार्यक्रम सम्पन्न, असोज ३ गतेदेखि दर्शक माझ आउने

वि.सं.२०८३ साउन २६ मंगलवार १३:५२

काठमाडौं । रगोन स्टुडियो प्रा.लि.को ब्यानरमा निर्माण भइरहेको चर्चित लोकदोहोरी...

लघु चलचित्र “आश्रम” र मर्मस्पर्शी गीत “कति बस्छौ माइतीघर” को म्युजिक भिडियोको प्रिमियर शो सम्पन्न

लघु चलचित्र “आश्रम” र मर्मस्पर्शी गीत “कति बस्छौ माइतीघर” को म्युजिक भिडियोको प्रिमियर शो सम्पन्न

वि.सं.२०८३ साउन २४ आइतवार ०६:५०

काठमाडौं । लघु चलचित्र "आश्रम" र मर्मस्पर्शी गीत "कति बस्छौ माइतीघर"...

रमेश बिक्रम रत्नको पृथक तीज कोसेली “नाचिदेउ गौथली” सार्वजनिक

रमेश बिक्रम रत्नको पृथक तीज कोसेली “नाचिदेउ गौथली” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार १२:४०

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

आशा बिश्वकर्मा लगायत अन्य कलाकारहरुको अभिनयमा मौलिक तीज गीत “मै प्यारी छोरी” सार्वजनिक

आशा बिश्वकर्मा लगायत अन्य कलाकारहरुको अभिनयमा मौलिक तीज गीत “मै प्यारी छोरी” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार १२:०७

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

प्रबिन खड्काको नयाँ गीत “मानपुर रामेछाप” सार्वजनिक

प्रबिन खड्काको नयाँ गीत “मानपुर रामेछाप” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार ११:२६

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...