राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट प्रभावित कलाकार तथा उनीहरूका परिवारलाई राहत तथा सहयोग उपलब्ध गराउने

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट प्रभावित कलाकार तथा उनीहरूका परिवारलाई राहत तथा सहयोग उपलब्ध गराउने घोषणा भएको छ। प्रतिष्ठानले भदौ १५ गते जारी गरेको विज्ञप्ती मार्फत बाढीका कारण कलाकार तथा परिवारमा परेको क्षती प्रति दुःख व्यक्त गर्दै विपद्को समयमा संस्थागत रूपमा सहयोग गर्ने निर्णय गरेको खबर प्राप्त भएको छ।

प्रतिष्ठानका अनुसार बाढीका कारण आबद्ध कलाकारको मृत्यु भएमा उनका श्रीमान् र श्रीमती, छोरा छोरी वा एकाघर परिवारलाई ५१ हजार रुपैयाँ राहत उपलब्ध गराइने भएको छ। त्यस्तै आबद्ध कलाकारका आमा, बुवा, श्रीमान् , श्रीमती वा छोरा, छोरीको बाढीका कारण मृत्यु भएमा ३१ हजार रुपैयाँ राहत प्रदान गरिने भएको छ।

बाढीका कारण आबद्ध कलाकार घाइते भई उपचाररत रहेको अवस्थामा उपचार सहयोग स्वरूप २५ हजार रुपैयाँ सम्म राहत उपलब्ध गराउने प्रतिष्ठानले जनाएको छ। घाइतेको अवस्था र उपचारको आवश्यकता अनुसार सहयोग रकम निर्धारण गरिने कुरा केन्द्रिय अध्यक्ष रीता थापा मगरले बताईन्। त्यसैगरी बाढीका कारण आबद्ध कलाकारको घर, धन सम्पती तथा अन्य भौतिक सम्पतीमा क्षती पुगेमा २० हजार रुपैयाँ सम्म राहत उपलब्ध गराउने निर्णय भएको कुरा केन्द्रिय अध्यक्ष रीता थापा मगरले जानकारी गराईन्।

प्रतिष्ठानले राहत तथा सहयोग वास्तविक अवस्थाको आवश्यक छानबिन गरी उपलब्ध गराइने स्पष्ट पारेको छ। विपद्को कठिन घडीमा आफ्ना कलाकार तथा परिवारको साथमा रहनु संस्थाको दायित्व भएको भन्दै प्रतिष्ठानले सबै शाखा, समिति, कलाकार तथा शुभेच्छुकबाट आवश्यक सहयोग र सहजीकरणको अपेक्षागरिएको कुरा केन्द्रिय महासचिब शिब हमालले बताए।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

लोकप्रिय गीतकार, संगीतकार कस्तुप पन्तको “मनमा पिर भएनी नाँचिन्छ” गीतको भिडियो सार्वजनिक

लोकप्रिय गीतकार, संगीतकार कस्तुप पन्तको “मनमा पिर भएनी नाँचिन्छ” गीतको भिडियो सार्वजनिक

वि.सं.२०८३ असोज २० मंगलवार ११:१४

काठमाडौँ। नेपाली सांगीतिक क्षेत्रका सुप्रसिद्ध गीतकार तथा सङ्गीतकार रुपमा स्थापित...

“परिवर्तन नेपाल पत्रकारिता सम्मान” द्धारा रंग पत्रकार सबिता पोखरेल सम्मानित

“परिवर्तन नेपाल पत्रकारिता सम्मान” द्धारा रंग पत्रकार सबिता पोखरेल सम्मानित

वि.सं.२०८३ असोज २० मंगलवार ०८:३०

काठमाडौं। कला, संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका क्षेत्रमा लामो समयदेखि सक्रिय...

तनहुँ क्षेत्र नम्बर १ बाट लोकप्रिय लोक तथा दोहोरी गायक राजु ढकाल श्रमिक तर्फ महाधिवेशन प्रतिनिधिमा भारी मत सहित विजयी

तनहुँ क्षेत्र नम्बर १ बाट लोकप्रिय लोक तथा दोहोरी गायक राजु ढकाल श्रमिक तर्फ महाधिवेशन प्रतिनिधिमा भारी मत सहित विजयी

वि.सं.२०८३ असोज १८ आइतवार १३:०३

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत तनहुँ क्षेत्र नम्बर...

प्रतिष्ठानकी अध्यक्ष रीता थापा मगरले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा

प्रतिष्ठानकी अध्यक्ष रीता थापा मगरले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा

वि.सं.२०८३ असोज १८ आइतवार १२:५५

काठमाडौं । चर्चित गायिका तथा राष्ट्रिय लोक तथा दोहोरी गीत...

बहुप्रतिभाका धनी कृष्ण रेउले नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि सल्यान जिल्लाबाट श्रमिकतर्फ महाधिवेशन प्रतिनिधिमा विजयी

बहुप्रतिभाका धनी कृष्ण रेउले नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि सल्यान जिल्लाबाट श्रमिकतर्फ महाधिवेशन प्रतिनिधिमा विजयी

वि.सं.२०८३ असोज १८ आइतवार १२:४८

काठमाडौं। बहुप्रतिभा धनी कृष्ण रेउले नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि...

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) क्षेत्र नं. १ बाट चर्चित गायक एबं समाजसेबी दीपक खड्का नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिका रूपमा निर्वाचित

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) क्षेत्र नं. १ बाट चर्चित गायक एबं समाजसेबी दीपक खड्का नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिका रूपमा निर्वाचित

वि.सं.२०८३ असोज १८ आइतवार ०९:५२

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि नवलपरासी (बर्दघाट सुस्ता...