बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै सुजन बराईलीको “रसुवाको बाढी र पहिरो” नामक गीत सार्वजनिक
वि.सं.२०८३ भदौ १७ बुधवार ११:०९
काठमाडौं। भदौ १० गतेका दिन तिब्बतबाट रसुवा तर्फ आएको भोटेकोसीको बाढीले धनजनको क्षती हुनुका साथै मानबिय क्षती पनि भायो। कतिपयले ज्यान गुमााए त कति अझै बेपत्ता भएका छन्। जिवित ब्यक्तिहरु बाढीबाट प्रभाबित भएका छन्। बाढीबाट प्रभाबितहरुको लागी नेपाल सरकार तथा प्रधानमन्त्री दैबी प्रकोप उद्धार कोषमा देश तथा बिदेशबाट आर्थिक सहयोग संगै राहतहरु प्रदान पनि भएको छ।
सोही कुरालाई मध्य नजर गर्दै बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै गायक एबं संगीतकार सुजन बराईलीको “रसुवाको बाढी र पहिरो” नामक गीत सार्वजनिक भएको छ। यस गीतमा सुजन बराईको स्वर रहेको छ भने शब्द, संगीत पनि उनकै रहेको छ। यस गीतको एरेञ्ज र मिक्सिङ रमेश सेञ्चुरीले गरेका हुन्।
गीतको भिडियोमा पत्रकार प्रकाश बराईली “अभिब्यक्ति” को निर्देशन, छायांकन, सम्पादन र रबिन बिकको रंग संयोजन रहेको छ। उक्त गीतको भिडियोमा सुजन बराईली, गणेश वस्ती, अनिता बराईली, कस्तुप बराईली, सुशिना बराईली, अनुप बराईली, समृद्धि बराईली, रबिना खाती आदीको अभिनय रहेको छ। यस गीतलाई सुजन बराईलीको युटुब च्यानलबाट सार्वजनिक गरिएको हो।
भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला।
वि.सं.२०८३ भदौ १७ बुधवार ११:०९















