गायिका सपना रोकाको नयाँ गीत “त्यो केटाले हेर्‍यो” चर्चामा

काठमाडौं। प्रतियोगितात्मक दोहोरी गायिका तथा ‘इन्द्रेणी दोहोरी तारा’ सपना रोकाको नयाँ गीत “त्यो केटाले हेर्‍यो” सार्वजनिक भएको छ। दुई साता अघि गायिका रोकाकै आधिकारिक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको गीतले पछिल्लो समय दर्शक–श्रोताको ध्यान तानिरहेको छ। गीतमा सपना रोकाको एकल स्वर रहेको छ।

 

गीतको शब्द तथा लय सिर्जना पनि रोकाले नै गरेकी हुन्। शिव कनौजे मगरको एरेन्ज रहेको गीत माला श्री रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो। सागर बाजुरालीले रेकर्ड गरेको गीतको मिक्सिङ तथा मास्टरिङ खड्क बाजुरालीले गरेका छन्। गीतको म्युजिक भिडियो लोकप्रिय निर्देशक प्रकाश भट्टले निर्देशन गरेका छन् । भिडियोमा चर्चित हास्य कलाकार मेक्सम गौडेल र जुना विश्वकर्माको अभिनय रहेको छ।

 

करण चैसिरले छायांकन गरेको भिडियोलाई प्रवीण भट्टले सम्पादन गरेका हुन्। ‘त्यो केटाले हेर्‍यो’मा युवतीको उमेरसँगै बढ्दै जाने बैँस, प्रेमप्रतिको कौतूहल र आफूलाई लुकीलुकी हेर्ने युवाप्रतिको चञ्चल भावलाई रमाइलो शैलीमा प्रस्तुत गरिएको छ। “त्यो केटाले हेर्‍यो मला” भन्ने मुख्य भावमार्फत गीतले प्रेमको सुरुवाती आकर्षण र युवावस्थाको चञ्चलतालाई प्रस्तुत गरेको छ।

 

‘बैँस हो कि मन हो पापी, भेटिएन तालाचाबी’ जस्ता शब्दमार्फत मनमा जागेको प्रेमभावलाई गीतमा प्रस्तुत गरिएको छ। आफूलाई बाटो ढुकेर हेर्ने युवकदेखि जिम गरेर बनाएको ज्यानले सबैको ध्यान तानेको प्रसंगसम्मलाई गीतमा रोचक ढंगले समेटिएको छ।

 

यसअघि तीन वर्षअघि खेम सेञ्चुरीसँग सपना रोकाले ल्याएको ‘नन्दनी’ गीत लोकप्रिय बनेको थियो। विभिन्न दोहोरी प्रतियोगितामा सहभागिता जनाउँदै प्रथम तथा द्वितीय स्थान हासिल गरेकी रोकाले आफ्नो सांगीतिक यात्रालाई निरन्तरता दिँदै आएकी छन्। गायिका सपना रोका यतिबेला सांगीतिक कार्यक्रमका लागि बेलायतमा छिन्।

 

उनले बेलायतमा आफ्ना गीत–संगीतमार्फत नेपाली तथा अन्य दर्शक–श्रोतामाझ प्रस्तुति दिइरहेकी छन्। यसैबीच, दुई साताअघि सार्वजनिक भएको ‘त्यो केटाले हेर्‍यो’ गीतले युट्युबसँगै टिकटक र फेसबुक रिल्समा समेत चर्चा बटुलिरहेको छ। गीतका छोटा भिडियो तथा क्लिपहरू सामाजिक सञ्जालमा शेयर हुने क्रम बढेसँगै गीतले पछिल्लो समय थप लोकप्रियता हासिल गर्दै गएको छ।

 

भिडियो हेर्नुहोस्:

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

लोकप्रिय गीतकार, संगीतकार कस्तुप पन्तको “मनमा पिर भएनी नाँचिन्छ” गीतको भिडियो सार्वजनिक

लोकप्रिय गीतकार, संगीतकार कस्तुप पन्तको “मनमा पिर भएनी नाँचिन्छ” गीतको भिडियो सार्वजनिक

वि.सं.२०८३ असोज २० मंगलवार ११:१४

काठमाडौँ। नेपाली सांगीतिक क्षेत्रका सुप्रसिद्ध गीतकार तथा सङ्गीतकार रुपमा स्थापित...

“परिवर्तन नेपाल पत्रकारिता सम्मान” द्धारा रंग पत्रकार सबिता पोखरेल सम्मानित

“परिवर्तन नेपाल पत्रकारिता सम्मान” द्धारा रंग पत्रकार सबिता पोखरेल सम्मानित

वि.सं.२०८३ असोज २० मंगलवार ०८:३०

काठमाडौं। कला, संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका क्षेत्रमा लामो समयदेखि सक्रिय...

तनहुँ क्षेत्र नम्बर १ बाट लोकप्रिय लोक तथा दोहोरी गायक राजु ढकाल श्रमिक तर्फ महाधिवेशन प्रतिनिधिमा भारी मत सहित विजयी

तनहुँ क्षेत्र नम्बर १ बाट लोकप्रिय लोक तथा दोहोरी गायक राजु ढकाल श्रमिक तर्फ महाधिवेशन प्रतिनिधिमा भारी मत सहित विजयी

वि.सं.२०८३ असोज १८ आइतवार १३:०३

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत तनहुँ क्षेत्र नम्बर...

प्रतिष्ठानकी अध्यक्ष रीता थापा मगरले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा

प्रतिष्ठानकी अध्यक्ष रीता थापा मगरले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा

वि.सं.२०८३ असोज १८ आइतवार १२:५५

काठमाडौं । चर्चित गायिका तथा राष्ट्रिय लोक तथा दोहोरी गीत...

बहुप्रतिभाका धनी कृष्ण रेउले नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि सल्यान जिल्लाबाट श्रमिकतर्फ महाधिवेशन प्रतिनिधिमा विजयी

बहुप्रतिभाका धनी कृष्ण रेउले नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि सल्यान जिल्लाबाट श्रमिकतर्फ महाधिवेशन प्रतिनिधिमा विजयी

वि.सं.२०८३ असोज १८ आइतवार १२:४८

काठमाडौं। बहुप्रतिभा धनी कृष्ण रेउले नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि...

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) क्षेत्र नं. १ बाट चर्चित गायक एबं समाजसेबी दीपक खड्का नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिका रूपमा निर्वाचित

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) क्षेत्र नं. १ बाट चर्चित गायक एबं समाजसेबी दीपक खड्का नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिका रूपमा निर्वाचित

वि.सं.२०८३ असोज १८ आइतवार ०९:५२

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि नवलपरासी (बर्दघाट सुस्ता...