गायिका सपना रोकाको नयाँ गीत “त्यो केटाले हेर्‍यो” चर्चामा

काठमाडौं। प्रतियोगितात्मक दोहोरी गायिका तथा ‘इन्द्रेणी दोहोरी तारा’ सपना रोकाको नयाँ गीत “त्यो केटाले हेर्यो” सार्वजनिक भएको छ। दुई साता अघि गायिका रोकाकै आधिकारिक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको गीतले पछिल्लो समय दर्शक–श्रोताको ध्यान तानिरहेको छ। गीतमा सपना रोकाको एकल स्वर रहेको छ।

गीतको शब्द तथा लय सिर्जना पनि रोकाले नै गरेकी हुन्। शिव कनौजे मगरको एरेन्ज रहेको गीत माला श्री रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो। सागर बाजुरालीले रेकर्ड गरेको गीतको मिक्सिङ तथा मास्टरिङ खड्क बाजुरालीले गरेका छन्। गीतको म्युजिक भिडियो लोकप्रिय निर्देशक प्रकाश भट्टले निर्देशन गरेका छन् । भिडियोमा चर्चित हास्य कलाकार मेक्सम गौडेल र जुना विश्वकर्माको अभिनय रहेको छ।

करण चैसिरले छायांकन गरेको भिडियोलाई प्रवीण भट्टले सम्पादन गरेका हुन्। ‘त्यो केटाले हेर्यो’मा युवतीको उमेरसँगै बढ्दै जाने बैँस, प्रेमप्रतिको कौतूहल र आफूलाई लुकीलुकी हेर्ने युवाप्रतिको चञ्चल भावलाई रमाइलो शैलीमा प्रस्तुत गरिएको छ। “त्यो केटाले हेर्यो मला” भन्ने मुख्य भावमार्फत गीतले प्रेमको सुरुवाती आकर्षण र युवावस्थाको चञ्चलतालाई प्रस्तुत गरेको छ।

‘बैँस हो कि मन हो पापी, भेटिएन तालाचाबी’ जस्ता शब्दमार्फत मनमा जागेको प्रेमभावलाई गीतमा प्रस्तुत गरिएको छ। आफूलाई बाटो ढुकेर हेर्ने युवकदेखि जिम गरेर बनाएको ज्यानले सबैको ध्यान तानेको प्रसंगसम्मलाई गीतमा रोचक ढंगले समेटिएको छ।

यसअघि तीन वर्षअघि खेम सेञ्चुरीसँग सपना रोकाले ल्याएको ‘नन्दनी’ गीत लोकप्रिय बनेको थियो। विभिन्न दोहोरी प्रतियोगितामा सहभागिता जनाउँदै प्रथम तथा द्वितीय स्थान हासिल गरेकी रोकाले आफ्नो सांगीतिक यात्रालाई निरन्तरता दिँदै आएकी छन्। गायिका सपना रोका यतिबेला सांगीतिक कार्यक्रमका लागि बेलायतमा छिन्।

उनले बेलायतमा आफ्ना गीत–संगीतमार्फत नेपाली तथा अन्य दर्शक–श्रोतामाझ प्रस्तुति दिइरहेकी छन्। यसैबीच, दुई साताअघि सार्वजनिक भएको ‘त्यो केटाले हेर्यो’ गीतले युट्युबसँगै टिकटक र फेसबुक रिल्समा समेत चर्चा बटुलिरहेको छ। गीतका छोटा भिडियो तथा क्लिपहरू सामाजिक सञ्जालमा शेयर हुने क्रम बढेसँगै गीतले पछिल्लो समय थप लोकप्रियता हासिल गर्दै गएको छ।

भिडियो हेर्नुहोस्:

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट प्रभावित कलाकार तथा उनीहरूका परिवारलाई राहत तथा सहयोग उपलब्ध गराउने

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट प्रभावित कलाकार तथा उनीहरूका परिवारलाई राहत तथा सहयोग उपलब्ध गराउने

वि.सं.२०८३ भदौ १९ शुक्रवार ११:११

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट...

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै रमेश बिक्रम रत्नको गीत “रसुवामा भेल” सार्वजनिक

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै रमेश बिक्रम रत्नको गीत “रसुवामा भेल” सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार ११:३५

काठमाडौं। भदौ १० गतेका दिन तिब्बतबाट रसुवा तर्फ आएको भोटेकोसीको...

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै सुजन बराईलीको “रसुवाको बाढी र पहिरो” नामक गीत सार्वजनिक

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै सुजन बराईलीको “रसुवाको बाढी र पहिरो” नामक गीत सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार ११:०९

काठमाडौं। भदौ १० गतेका दिन तिब्बतबाट रसुवा तर्फ आएको भोटेकोसीको...

चर्चित गायिका टीका पुनको स्वरमा “धनले के गर्‍यो” बोलको मर्मस्पर्शी तीज गीत सार्वजनिक

चर्चित गायिका टीका पुनको स्वरमा “धनले के गर्‍यो” बोलको मर्मस्पर्शी तीज गीत सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार १०:२०

काठमाडौं । हरितालिका तीज नजिकिँदै गर्दा नेपाली सांगीतिक बजारमा नयाँ–नयाँ...

राम प्रसाद पाठक र राधिका हमालको स्वरमा “अब त लाहुरे आउँछ भनेर” गीत सार्बजनिक

राम प्रसाद पाठक र राधिका हमालको स्वरमा “अब त लाहुरे आउँछ भनेर” गीत सार्बजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार १०:१४

काठमाडौ। गायक तथा पत्रकार रामप्रसाद पाठक र गायिका राधिका हमालको...

लक्षु प्रकाश मल्लको शब्द, संगीत र एरेञ्जमा मौलिक तीज गीत “छैनिन् मेरी आमा” टिकटकमा भाईरल हुँदै (भिडियो सहित)

लक्षु प्रकाश मल्लको शब्द, संगीत र एरेञ्जमा मौलिक तीज गीत “छैनिन् मेरी आमा” टिकटकमा भाईरल हुँदै (भिडियो सहित)

वि.सं.२०८३ भदौ १० बुधवार ०९:५५

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...