रवि कार्कीको नयाँ लोक दोहोरी गीत “साईली सलक्कै” सार्वजनिक

म्याग्देली लोक तथा दोहोरी गायक एबं हास्य कलाकार रवि कार्कीको नयाँ लोक दोहोरी गीत “साईली सलक्कै” सार्वजनिक भएको छ ।

म्याग्देली गायक रबी कार्की र पछिल्लो समयकी चर्चित लोक दोहोरी गायीका शान्तिश्री परियारको सुमधुर स्वरमा रहेको गीतको म्युजिक एरेन्ज आशिष अविरलले गरेका हुन् ।

पछिल्लो समयका चर्चित निर्देशक मौसम हिमालीको निर्देशन तथा कोरियोग्राफी रहेको गीतमा म्युजिक भिडियोमा नवराज उप्रेतीको छायांकन, मनोज कार्कीको सम्पादन रहेको छ ।

गण्डक क्षेत्रतिर निकै प्रचलित पुरानो मौलिक भाका तथा थेगोलाई टपक्कै टिपेर शब्दहरु परिमार्जित गर्दै गीत बजारमा ल्याएको गायक रवि कार्कीले बताए ।

म्याग्दी भिरमुनी घरभई हालः जापानमा रहेका लोकप्रीय सर्जक प्रविण खत्री ठूलेको शव्द सृजना रहेको छ । “साईली सलक्कै” भाका आफु सानै छदा स्थानीयहरुले गायको सुनेको तर यो गीत कस्ले सृजना गरेको हो भन्न थाहा नभएको सर्जक खत्रीले बताए ।

कार्कीले गाएको जाम सुस्तै बोलको लोक दोहोरी गीत करोड कल्वमा प्रवेश गरको छ भने माया के रैछ, बेनी बजार झर मायालु, गलेश्वरको दर्शन लोक भजन लगायतका गीतहरु चर्चामा रहेका छन ।

उक्त गीतको भिडियोमा सुधिर श्रेष्ठ र जुना सुन्दासको अभिनय रहेको छ । यस अघिका गीतहरुले जस्तै “साईली सलक्कै” ले पनि सवै श्रोता दर्शकको अथाह माया पाउने अपेक्षा गरेको गायक कार्कीले बताए ।

सोही गीतको भिडियो हेर्नका लागी तलको लिंक क्लिक गर्नुहोला ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

“मधु बनैमा” र “अंगुर अमिलो” गीत पछि बिमलराज क्षत्री र कस्तुप पन्तको सहकार्यमा “कसो गरम म” सार्वजनिक

“मधु बनैमा” र “अंगुर अमिलो” गीत पछि बिमलराज क्षत्री र कस्तुप पन्तको सहकार्यमा “कसो गरम म” सार्वजनिक

वि.सं.२०८० असोज ६ शनिवार १७:०१

काठमाडौं। नेपाली सांगितिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो...

“ईन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०२३” को मनोनयन फारम खुल्ला

“ईन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०२३” को मनोनयन फारम खुल्ला

वि.सं.२०८० असोज ४ बिहीवार ०७:५६

काठमाडौं । नेपाली गीत संगीतलाई उत्थान गर्ने उदेश्यले "ईन्डो नेपाल...

प्रसिद्ध गायिका साधना सरगमले गाएको गीत “शान्ति” को भिडियो सार्वजनिक

प्रसिद्ध गायिका साधना सरगमले गाएको गीत “शान्ति” को भिडियो सार्वजनिक

वि.सं.२०८० असोज ४ बिहीवार ०५:२०

काठमाडाैं । प्रसिद्ध गायिका साधना सरगमले गाएको गीत "शान्ति" को...

चौथो संस्करणको जिनियस म्युजिक अवार्ड सम्पन्न

चौथो संस्करणको जिनियस म्युजिक अवार्ड सम्पन्न

वि.सं.२०८० असोज ४ बिहीवार ०५:०९

काठमाडौं । चौथो संस्करणको जिनियस म्युजिक अवार्ड सम्पन्न भएको छ...

भकुन्डे सामुदायिक क्लव, बेनी न.पा. २, म्याग्दीको आयोजनामा “हरितालिका तीज मेला – २०८०” भब्य रुपले सम्पन्न

भकुन्डे सामुदायिक क्लव, बेनी न.पा. २, म्याग्दीको आयोजनामा “हरितालिका तीज मेला – २०८०” भब्य रुपले सम्पन्न

वि.सं.२०८० असोज ३ बुधवार १६:४७

म्याग्दी । महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा भकुन्डे सामुदायिक...

धिताल फिल्मस् एण्ड म्युजिक प्रा.लि.को आयोजनामा “तीज म्युजिक अवार्ड – २०८०” भब्य रुपले सम्पन्न

धिताल फिल्मस् एण्ड म्युजिक प्रा.लि.को आयोजनामा “तीज म्युजिक अवार्ड – २०८०” भब्य रुपले सम्पन्न

वि.सं.२०८० भदौ ३० शनिवार १८:०१

काठमाडौं । धिताल फिल्मस् एण्ड म्युजिक प्रा.लि.को आयोजनामा "तीज म्युजिक...