बालकृष्ण खाण पक्राउ परेपछि नेपाली कांग्रेसले निष्पक्ष छानबिनका लागि सहयोग गर्ने प्रतिबद्धता

काठमाडौं ।

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न रहेको आरोपमा पूर्व गृहमन्त्री समेत रहेका नेता बालकृष्ण खाण पक्राउ परेपछि नेपाली कांग्रेसले सहयोग गर्ने प्रतिक्रिया दिएको छ ।

खाणलाई बुधबार बिहान प्रहरीले राजधानीको चुच्चेपाटीबाट पक्राउ गरेको हो । खाणलाई पक्राउ गरिए लगत्तै जिल्ला प्रहरी परिसर काठमाडौँ लगिएको थियो ।

यसैबीच खाण पक्राउपछि कांग्रेस नेताहरूले निष्पक्ष छानविनका लागि पार्टीले सहयोग गर्ने प्रतिक्रिया दिएका छन् ।

कांग्रेस नेता शेखर कोइरालाले नक्कली शरणार्थी प्रकरणका दोषीलाई कारबाही हुनुपर्ने बताएका छन् । बुधबार बिहान विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले दोषीले सजाय पाउनुपर्ने र त्यसका लागि पार्टीले सहयोग गर्ने बताएका हुन् ।

‘जो–जो दोषी हो, उनीहरूलाई कारबाही हुनपर्छ, यसमा राजनीतिक दबाब हुनु हुँदैन,’ उनले भने ।

यस्तै कांग्रेस सहमहामन्त्री महेन्द्र यादवले कांग्रेसले निष्पक्ष छानबिनका लागि सहयोग रहने बताए । उनले प्रहरीले अनुसन्धान गरिरहेको र अदालतले फैसला गर्ने हँदा आफुहरु निष्पक्ष छानबिनको पक्षमा रहेको बताए ।

यस्तै कांग्रेस केन्द्रीय सदस्य तथा सांसद रामहरि खतिवडाले दोषीलाई उम्काउने खेलमा कांग्रेस नलाग्ने बताएका छन् । उनी भन्छन्, निर्दोषलाई फसाउने होइन र दोषीलाई बचाउने होइन भन्ने हाम्रो कुरा रहन्छ । दोषीलाई उम्काउने खेलमा कांग्रेस नलाग्ने उनको प्रष्टोक्त्ती छ ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

दोहोरी साँझहरुमा देखाइने अपाच्य श्रव्य दृश्य सामाग्री प्रति “राष्ट्रिय लोकदोहोरी व्यवसायी संघ” द्धारा ध्यानाकर्षण (बिज्ञप्ती सहित)

दोहोरी साँझहरुमा देखाइने अपाच्य श्रव्य दृश्य सामाग्री प्रति “राष्ट्रिय लोकदोहोरी व्यवसायी संघ” द्धारा ध्यानाकर्षण (बिज्ञप्ती सहित)

वि.सं.२०८० असोज १६ मंगलवार १६:३४

काठमाडौं, असोज १५ । पछिल्लो समय व्यवसायिक रुपमा सञ्चालित विभिन्न...

सिडी विजय अधिकारीको स्वरमा “जीवनको रेल” सार्वजनिक

सिडी विजय अधिकारीको स्वरमा “जीवनको रेल” सार्वजनिक

वि.सं.२०८० असोज १६ मंगलवार ०२:३७

दुई हप्ता अगाडि गायिका समीक्षा अधिकारीको स्वरमा बजारमा आईसकेको "जीवनको...

किरणबाबु पुनको आवाजमा “पिपल बोट मुनी” बोलको गीत सार्वजनिक

किरणबाबु पुनको आवाजमा “पिपल बोट मुनी” बोलको गीत सार्वजनिक

वि.सं.२०८० असोज १५ सोमवार ११:४६

काठमाडौं । लोकप्रिय भारतिय गायिका सञ्जीवनी र गायक तथा संगीतकार...

लोकप्रिय सञ्चारकर्मी, गायक राज कुमार रायमाझी “लोक पत्रकारिता सम्मान” द्धारा ११,१११/- नगद पुरस्कार सहित सम्मानित

लोकप्रिय सञ्चारकर्मी, गायक राज कुमार रायमाझी “लोक पत्रकारिता सम्मान” द्धारा ११,१११/- नगद पुरस्कार सहित सम्मानित

वि.सं.२०८० असोज १५ सोमवार ११:३४

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका...

चर्चित मोडल एबं डान्सर रुबिना अधिकारीले “सर्बाेत्कृष्ट नायिका नृत्य” बिधाबाट अवार्ड पाउन सफल

चर्चित मोडल एबं डान्सर रुबिना अधिकारीले “सर्बाेत्कृष्ट नायिका नृत्य” बिधाबाट अवार्ड पाउन सफल

वि.सं.२०८० असोज १५ सोमवार १०:५५

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका...

अभिनेता अनमोल केसी ठगीको आरोपमा पक्राउ

अभिनेता अनमोल केसी ठगीको आरोपमा पक्राउ

वि.सं.२०८० असोज १२ शुक्रवार १५:२३

काठमाडौँ । अभिनेता अनमोल केसी पक्राउ परेका छन् । ठगीको...