अहिलेकै कामलाई निरन्तरता दिने र यथास्थिति मै रुमलिरहने हो भने माओवादी पार्टीको औचित्य छैन : प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले अहिले गरिरहेकै कामलाई निरन्तरता दिने र यथास्थिति मै रुमलिरहने हो भने माओवादी पार्टीको औचित्य नरहने बताएका छन् ।

‘अहिले गरिरहेको कामलाई नै निरन्तता दिने हो यो पार्टीको काम छैन । विश्वमा कम्युनिस्ट पार्टीहरू पतन भए । गोर्भाचोभ देखियो, येल्तसिन पनि देखियो,’ आइतबार केन्द्रीय कमिटीको बैठकलाई सम्वोधन गर्दै प्रचण्डले भने, ‘वर्गप्रति, सिद्धान्तप्रति इमान्दार नहुनु भन्दा पार्टीकै विघटन गरेर, अध्ययन–अनुसन्धानमा लाग्नु वा किताब लेखेर बस्नु बढी इमान्दारीता हुन्छ ।’

केन्द्रीय कमिटीको बैठकमा यसो हेर्दा ठीकैजस्तो देखिए पनि माओवादी पार्टी अरु बुर्जुवा प्रतिक्रियावादी भन्दा फरक नदेखिएको र त्यही दिशातिर गइरहेको प्रचण्डले बताए । “हामीमा पनि विचलन हुने हो कि भन्ने प्रक्रिया निकै तीब्र छ । त्यतातिरै गइराखेको छ, हामीले थाहै नपाई,’ प्रचण्डले भने, ‘हामीले यसलाई कुन विन्दुमा ब्रेक गर्छौं त रु कसले गर्छ ब्रेक रु हामीले ब्रेक गर्ने हो कि हैन रु मुखले मात्रै ब्रेक गर्ने हो कि व्यवहारमा ?”

जनयुद्धकालमा जोखिम उठाएको हुनाले अबको क्रान्तिको नेतृत्व गर्ने तागत माओवादीसँग रहेको प्रचण्डले दाबी गरे । ‘अहिले पनि नेपालको क्रान्तिको नेतृत्व गर्ने तागत यही नेतृत्वको टीमसँग नै छ,’ बैठकमा प्रचण्डले भने, ‘अबको चुनावमा हामी एक नम्बर हुन्छौं । हेर्नुहोला, पहिला पनि त्यति पत्याउँदैनथे, हामी एक नम्बर भयौं ।’

​अहिलेको स्थिति सामान्य नरहेको प्रचण्डले बताए । आफूले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन हतारमा तयार पारेको हुनाले भाषिक लगायतका कमी कमजोरीहरु रहे पनि आगामी राष्ट्रिय सम्मेलनसम्म बहसका लागि यसले आधार तयार पारेको प्रचण्डले बताए ।

८ पेजको प्रस्तावमा विचारको भ्रूण रहेको बताउँदै उनले यसलाई राष्ट्रिय सम्मेलनसम्म जाँदा नेपाली क्रान्तिलाई दिशावोध गर्ने दस्तावेज तयार पार्ने बताए । प्रचण्डले भने, “त्यसो गर्न सकेनौँ भने हामी रुमलिन्छौं । हामी यसरी रुमलिन दिँदैनौँ । हामी अरुजस्तो हैनौं भनेर फेरि एकचोटि सिद्ध गर्नुछ ।” विगतका बैठकहरूमा नेताहरुबीच घोचपेच हुने गरे तापनि यसपटकको बैठक त्यस्तो नभएको प्रचण्डले बताए ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट प्रभावित कलाकार तथा उनीहरूका परिवारलाई राहत तथा सहयोग उपलब्ध गराउने

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट प्रभावित कलाकार तथा उनीहरूका परिवारलाई राहत तथा सहयोग उपलब्ध गराउने

वि.सं.२०८३ भदौ १९ शुक्रवार ११:११

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट...

गायिका सपना रोकाको नयाँ गीत “त्यो केटाले हेर्‍यो” चर्चामा

गायिका सपना रोकाको नयाँ गीत “त्यो केटाले हेर्‍यो” चर्चामा

वि.सं.२०८३ भदौ १९ शुक्रवार १०:४०

काठमाडौं। प्रतियोगितात्मक दोहोरी गायिका तथा ‘इन्द्रेणी दोहोरी तारा’ सपना रोकाको...

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै रमेश बिक्रम रत्नको गीत “रसुवामा भेल” सार्वजनिक

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै रमेश बिक्रम रत्नको गीत “रसुवामा भेल” सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार ११:३५

काठमाडौं। भदौ १० गतेका दिन तिब्बतबाट रसुवा तर्फ आएको भोटेकोसीको...

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै सुजन बराईलीको “रसुवाको बाढी र पहिरो” नामक गीत सार्वजनिक

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै सुजन बराईलीको “रसुवाको बाढी र पहिरो” नामक गीत सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार ११:०९

काठमाडौं। भदौ १० गतेका दिन तिब्बतबाट रसुवा तर्फ आएको भोटेकोसीको...

चर्चित गायिका टीका पुनको स्वरमा “धनले के गर्‍यो” बोलको मर्मस्पर्शी तीज गीत सार्वजनिक

चर्चित गायिका टीका पुनको स्वरमा “धनले के गर्‍यो” बोलको मर्मस्पर्शी तीज गीत सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार १०:२०

काठमाडौं । हरितालिका तीज नजिकिँदै गर्दा नेपाली सांगीतिक बजारमा नयाँ–नयाँ...

राम प्रसाद पाठक र राधिका हमालको स्वरमा “अब त लाहुरे आउँछ भनेर” गीत सार्बजनिक

राम प्रसाद पाठक र राधिका हमालको स्वरमा “अब त लाहुरे आउँछ भनेर” गीत सार्बजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार १०:१४

काठमाडौ। गायक तथा पत्रकार रामप्रसाद पाठक र गायिका राधिका हमालको...