अहिलेकै कामलाई निरन्तरता दिने र यथास्थिति मै रुमलिरहने हो भने माओवादी पार्टीको औचित्य छैन : प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले अहिले गरिरहेकै कामलाई निरन्तरता दिने र यथास्थिति मै रुमलिरहने हो भने माओवादी पार्टीको औचित्य नरहने बताएका छन् ।

‘अहिले गरिरहेको कामलाई नै निरन्तता दिने हो यो पार्टीको काम छैन । विश्वमा कम्युनिस्ट पार्टीहरू पतन भए । गोर्भाचोभ देखियो, येल्तसिन पनि देखियो,’ आइतबार केन्द्रीय कमिटीको बैठकलाई सम्वोधन गर्दै प्रचण्डले भने, ‘वर्गप्रति, सिद्धान्तप्रति इमान्दार नहुनु भन्दा पार्टीकै विघटन गरेर, अध्ययन–अनुसन्धानमा लाग्नु वा किताब लेखेर बस्नु बढी इमान्दारीता हुन्छ ।’

केन्द्रीय कमिटीको बैठकमा यसो हेर्दा ठीकैजस्तो देखिए पनि माओवादी पार्टी अरु बुर्जुवा प्रतिक्रियावादी भन्दा फरक नदेखिएको र त्यही दिशातिर गइरहेको प्रचण्डले बताए । “हामीमा पनि विचलन हुने हो कि भन्ने प्रक्रिया निकै तीब्र छ । त्यतातिरै गइराखेको छ, हामीले थाहै नपाई,’ प्रचण्डले भने, ‘हामीले यसलाई कुन विन्दुमा ब्रेक गर्छौं त रु कसले गर्छ ब्रेक रु हामीले ब्रेक गर्ने हो कि हैन रु मुखले मात्रै ब्रेक गर्ने हो कि व्यवहारमा ?”

जनयुद्धकालमा जोखिम उठाएको हुनाले अबको क्रान्तिको नेतृत्व गर्ने तागत माओवादीसँग रहेको प्रचण्डले दाबी गरे । ‘अहिले पनि नेपालको क्रान्तिको नेतृत्व गर्ने तागत यही नेतृत्वको टीमसँग नै छ,’ बैठकमा प्रचण्डले भने, ‘अबको चुनावमा हामी एक नम्बर हुन्छौं । हेर्नुहोला, पहिला पनि त्यति पत्याउँदैनथे, हामी एक नम्बर भयौं ।’

​अहिलेको स्थिति सामान्य नरहेको प्रचण्डले बताए । आफूले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन हतारमा तयार पारेको हुनाले भाषिक लगायतका कमी कमजोरीहरु रहे पनि आगामी राष्ट्रिय सम्मेलनसम्म बहसका लागि यसले आधार तयार पारेको प्रचण्डले बताए ।

८ पेजको प्रस्तावमा विचारको भ्रूण रहेको बताउँदै उनले यसलाई राष्ट्रिय सम्मेलनसम्म जाँदा नेपाली क्रान्तिलाई दिशावोध गर्ने दस्तावेज तयार पार्ने बताए । प्रचण्डले भने, “त्यसो गर्न सकेनौँ भने हामी रुमलिन्छौं । हामी यसरी रुमलिन दिँदैनौँ । हामी अरुजस्तो हैनौं भनेर फेरि एकचोटि सिद्ध गर्नुछ ।” विगतका बैठकहरूमा नेताहरुबीच घोचपेच हुने गरे तापनि यसपटकको बैठक त्यस्तो नभएको प्रचण्डले बताए ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

“आठौँ म्याग्दी महोत्सव एवं प्रदेश स्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेला” सुरु

“आठौँ म्याग्दी महोत्सव एवं प्रदेश स्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेला” सुरु

वि.सं.२०८१ पुस २८ आइतवार ०८:३६

म्याग्दी जिल्लाको सदरमुकाम बेनी बजारमा आजदेखि "आठौँ म्याग्दी महोत्सव एवं...

सुप्रसिद्ध गायक तथा सङ्गीतकार गोविन्द मधुर आचार्यको नेतृत्वमा रापती समाज काठमाडौंको नयाँ कार्यसमिति चयन

सुप्रसिद्ध गायक तथा सङ्गीतकार गोविन्द मधुर आचार्यको नेतृत्वमा रापती समाज काठमाडौंको नयाँ कार्यसमिति चयन

वि.सं.२०८१ पुस २८ आइतवार ०७:१५

काठमाडौं-रापती समाज काठमाडौंले आफ्नो "१८औं वार्षिक साधारण सभा तथा नवौं...

रमेश श्रेष्ठको शब्द, कल्पना पराजुलीको संगीतमा “यो मन बैरागी” सार्वजनिक

रमेश श्रेष्ठको शब्द, कल्पना पराजुलीको संगीतमा “यो मन बैरागी” सार्वजनिक

वि.सं.२०८१ पुस २८ आइतवार ०६:५४

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

मोडल सञ्चिता शाहीको यस्तो अवस्था कसरी आयो ? (भिडियो सहित)

मोडल सञ्चिता शाहीको यस्तो अवस्था कसरी आयो ? (भिडियो सहित)

वि.सं.२०८१ पुस १९ शुक्रवार ०६:५९

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

बाल कलाकार सचिन परियारको उपचारको क्रममा निधन

बाल कलाकार सचिन परियारको उपचारको क्रममा निधन

वि.सं.२०८१ पुस १८ बिहीवार ०७:४७

काठमाडौँ । बाल कलाकार सचिन परियारको निधन भएको छ ।...

चौथो ललितपुर जिल्ला व्यापी तेक्वान्दो पुम्से प्रतियोगिता सम्पन्न

चौथो ललितपुर जिल्ला व्यापी तेक्वान्दो पुम्से प्रतियोगिता सम्पन्न

वि.सं.२०८१ पुस १८ बिहीवार ०४:२७

काठमाडौं। चौथो ललितपुर जिल्ला व्यापी तेक्वान्दो पुम्से प्रतियोगिता सम्पन्न भएको...