सीजी इन्टरनेट तीन महिना भित्र काठमाडौँ उपत्यकाको सबै ठाउँमा सेवा सुरु हुने, उपभोक्ताको गुनासो “नेट निकै स्लो चल्यो”

सीजी कम्युनिकेसन्सले अबको तीन महिना भित्र काठमाडौँ उपत्यकाको सबै ठाउँमा इन्टरनेट सेवा सुरु गर्ने बताएको छ । चौधरी ग्रुपका प्रवक्ता मदुसूदन पौडेलले कात्तिक महिना भित्रै काठमाडौ उपत्यकाको सबै क्षेत्रमा सीजी नेट उपलब्ध हुने बताएका हुन् ।

प्रवक्ता पौडलले अहिले पाटन, बल्खु, कुलेश्वर, कालिमाटी, सतुङगल र कलंकी लगायतका क्षेत्रमा नेट उपलब्ध गराईसकेको बताउँदै अब वानेश्वर र अनामनगरको क्षेत्र लगत्तै कभरेज गर्ने बताए । उनले भने ‘कोभिडले कर्मचारी सञ्चालन गर्न केही असहज हुनुका साथै कभरेज गरेको क्षेत्रबाट प्रतिकृया ‘फिडब्याक’ लिनुपर्ने भएकाले अहिले विस्तारमा केही ढिला जस्तो देखिएको छ । यद्यपी, काम भने तिव्र रुपमा भईरहेको छ ।’

अबको दुई देखि तीन महिना भित्र उपत्यका कभर गरेर एक वर्ष भित्र देशभर इन्टरनेट उपलब्ध गराउने योजना रहेको पौडेलले बताए । गत जेठ १८ गते सीजीले पहिलो पटक जावलाखेल, झम्सिखेल, भनिमण्डल र एकान्तकुनामा उपलब्ध गराउँदै आफ्नो नेट सार्वजनिक गरेको थियो । सेवा शुभारम्भका अवसरमा कम्पनीले १२० एमबीपीएस गतिको इन्टरनेटका लागि मासिक ९९९ रुपैयाँ शुल्क तोकेको छ।

नेट प्रारम्भ गरेको करिब तीन महिना पुगिसक्दा पनि उपत्यका भित्रका सबै क्षेत्रमा नेट विस्तार हुन सकेको छैन । सीजीले सस्तो र तिव्र गतिमा चल्ने भनेपछि प्राय नेट प्रयोगकर्ताहरु यसको प्रतिक्षामा रहेका छन् ।

यद्यपी, यता सीजीको नेट जडान गरिसकेका उपभोक्ता भने त्यत्ति सन्तुष्टि देखिदैनन् । मूल्य सस्तो र तिव्रता बढी हुने भनेर जोडेको भएपनि नेटको तिव्रता भने कम्पनीले प्रचार प्रसार गरेजस्तो गुणस्तरीय अनुभव नभएको एक उपभोक्ताले बताए । उनले भने ‘मूल्य सस्तो त पर्यो तर अपेक्षा अनुसार नेटको स्पीड भने चलेको छैन ।’ उनले थपे “सुरुवाती समयमा भएकोले अझै उपभोक्ताबाट प्रतिकृया लिने र सुधार गर्ने कार्य पक्कै भएको होला तर तत्काल भने नेटले सन्तुष्टि दिन सकेको छैन ।”

कम्पनीले नेपाली बजारमा उपलब्ध इन्टरनेट सेवाभन्दा आधा सस्तो मूल्यमा ‘सीजी नेट’ ल्याएको हो । तर, नेपाली जनताले सीजीको नेट मात्रै नभई हरेक उत्पादन तथा सेवाको मूल्यमा भन्दा पनि गुणस्तरमा विस्वास गर्दै आईरहका छन् ।

तसर्थ कम्पनीले उपभोक्तको प्रतिकृया लिएर सोही अनुरुप अगाडी बढ्नुपर्ने हुन्छ । साथै उपभोक्ताको कम्पनीले प्रतिकृया प्राप्त लिएर तत्कालको गुणस्तरमा वृद्धि अपेक्षा व्यक्त गरेका छन् । सीजीले नेट सार्वजनीक गर्दै एक वर्ष भित्रमा देशभर पुर्याउने भनेको करिब तीन महिना पुगिसकेको छ ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट प्रभावित कलाकार तथा उनीहरूका परिवारलाई राहत तथा सहयोग उपलब्ध गराउने

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट प्रभावित कलाकार तथा उनीहरूका परिवारलाई राहत तथा सहयोग उपलब्ध गराउने

वि.सं.२०८३ भदौ १९ शुक्रवार ११:११

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट...

गायिका सपना रोकाको नयाँ गीत “त्यो केटाले हेर्‍यो” चर्चामा

गायिका सपना रोकाको नयाँ गीत “त्यो केटाले हेर्‍यो” चर्चामा

वि.सं.२०८३ भदौ १९ शुक्रवार १०:४०

काठमाडौं। प्रतियोगितात्मक दोहोरी गायिका तथा ‘इन्द्रेणी दोहोरी तारा’ सपना रोकाको...

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै रमेश बिक्रम रत्नको गीत “रसुवामा भेल” सार्वजनिक

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै रमेश बिक्रम रत्नको गीत “रसुवामा भेल” सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार ११:३५

काठमाडौं। भदौ १० गतेका दिन तिब्बतबाट रसुवा तर्फ आएको भोटेकोसीको...

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै सुजन बराईलीको “रसुवाको बाढी र पहिरो” नामक गीत सार्वजनिक

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै सुजन बराईलीको “रसुवाको बाढी र पहिरो” नामक गीत सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार ११:०९

काठमाडौं। भदौ १० गतेका दिन तिब्बतबाट रसुवा तर्फ आएको भोटेकोसीको...

चर्चित गायिका टीका पुनको स्वरमा “धनले के गर्‍यो” बोलको मर्मस्पर्शी तीज गीत सार्वजनिक

चर्चित गायिका टीका पुनको स्वरमा “धनले के गर्‍यो” बोलको मर्मस्पर्शी तीज गीत सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार १०:२०

काठमाडौं । हरितालिका तीज नजिकिँदै गर्दा नेपाली सांगीतिक बजारमा नयाँ–नयाँ...

राम प्रसाद पाठक र राधिका हमालको स्वरमा “अब त लाहुरे आउँछ भनेर” गीत सार्बजनिक

राम प्रसाद पाठक र राधिका हमालको स्वरमा “अब त लाहुरे आउँछ भनेर” गीत सार्बजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार १०:१४

काठमाडौ। गायक तथा पत्रकार रामप्रसाद पाठक र गायिका राधिका हमालको...