कुलमान घिसिङले भ्रष्टाचार नियन्त्रण र सुशासनलाई कडाईका साथ कार्यान्वयन गर्नुका साथै तलव तथा भत्ता नलिने गरे निर्णय

काठमाडौं। नवनियुक्त ऊर्जा,जलस्रोत तथा सिचाई मन्त्री कुलमान घिसिङले डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम असुल्न बिधुत प्राधिकरणलाई निर्देशन दिएका छन्। सोमबार मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री घिसिङले उद्योगहरूबाट विद्युत महशुल उठाउने पहिलो निर्णयमा हस्ताक्षर गरे। नेपाल आर्थिक र राजनीतिक रुपमा सङ्कटमा रहेका बेला व्यवसायी, देशभित्र र बाहिर भएका नागरिकले सहयोग गर्नुपर्ने भन्दै उहाले डेडिकेटेड र ट्रङ्कलाइनको बक्यौता उठाउन निर्देशन दिइएको उल्लेख गरे।

 

उनले विशेष परिस्थितिमा अन्तरिम सरकार बनेको सन्दर्भ उल्लेख गर्दै देशलाई समृद्धि र राजनीतिक स्थायित्वको चुनौतीलाई सामना गर्दै जिम्मेवारी बहन गर्ने बताए। पुनः निर्माणसँगै तोकिएको समयमा निर्वाचन गराउनुपर्ने सरकारको दायित्व स्मरण गर्दै उनले आफू द्रुत गतिमा देशको सेवामा लाग्ने बताए । उनले सार्वजनिक संरचनामा भएको क्षतिको आंकलन गर्दै तत्कालै पुननिर्माणको काम तत्काल अघि बढाइने धारणा राखे।

 

मन्त्री घिसिङले पुनःनिर्माणका लागि अर्थमन्त्रालयको सहमतिमा विशेष कोष स्थापना गरी सबै तर्फबाट सहयोग लिने समेत उल्लेख गरे । मन्त्री पदमा रहँदा आफूले पाउने सबै पारिश्रमिक कोषमा दाखिला गर्ने उनको भनाइ छ । घिसिङले भ्रष्टाचार नियन्त्रण र सुशासनलाई कडाईका साथ कार्यान्वयन गरिने बताए। उनले जेनजी प्रदर्शनका मागलाई सार्थक बनाउन आफू प्रयत्नशील हुने पनि उल्लेख गरे । मन्त्री घिसिङलाई उर्जाका साथै भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको समेत जिम्मेवारी दिइएको छ ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

रियल हिरो पल शाहको हातमा हत्कडी (भिडियो सहित)

रियल हिरो पल शाहको हातमा हत्कडी (भिडियो सहित)

वि.सं.२०८२ कात्तिक ९ आइतवार ०८:१३

भारतमा बैंक लुटेको आरोपमा नायक पल शाहको हातमा हत्कडी लागेको...

गायक मिन प्रकाश ओलीको नयाँ गीत “दिदि भाई” सार्वजनिक

गायक मिन प्रकाश ओलीको नयाँ गीत “दिदि भाई” सार्वजनिक

वि.सं.२०८२ कात्तिक १ शनिवार १२:१५

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

भिम गुरुङको नयाँ गीत “चुम्बक झै जोड” सार्वजनिक

भिम गुरुङको नयाँ गीत “चुम्बक झै जोड” सार्वजनिक

वि.सं.२०८२ कात्तिक १ शनिवार ११:५७

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

सह–सयोजक अर्जुन शाही र प्रवक्ता टंक धामीको नेतृत्वमा बार्ता टोली गठन हुँदै

सह–सयोजक अर्जुन शाही र प्रवक्ता टंक धामीको नेतृत्वमा बार्ता टोली गठन हुँदै

वि.सं.२०८२ असोज २५ शनिवार १०:५५

काठमाडौं । नेपालको भू–अधिकार र राष्ट्रिय स्वाभिमानलाई कूटनीतिक मार्गबाट स्थापित...

लोकप्रिय गायिका निशा सुनारको लोक दोहोरी गीत “फुल झै जोबन” सार्वजनिक

लोकप्रिय गायिका निशा सुनारको लोक दोहोरी गीत “फुल झै जोबन” सार्वजनिक

वि.सं.२०८२ असोज २३ बिहीवार १०:४८

काठमाडौं। हिन्दुहरुको महान पर्व बडा दशैं सकिए लगत्तै नेपाली गीतहरु...

राजिब चौलागाँइको नयाँ गीत “कस्ले बुझ्छ मलाई” सार्वजनिक

राजिब चौलागाँइको नयाँ गीत “कस्ले बुझ्छ मलाई” सार्वजनिक

वि.सं.२०८२ असोज ११ शनिवार १०:२५

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...