दलित महिला संघको आयोजनामा “स्थानीय तहमा दलित महिला जनप्रतिनिधीको सिकाई अनुभव र चुनौती अध्ययन : प्रतिबेदन सार्वजनिक” कार्यक्रम सम्पन्न

काठमाडौं, नेपाल।

११२ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा दलित महिला संघको आयोजनामा “स्थानीय तहमा दलित महिला जनप्रतिनिधीको सिकाई अनुभव र चुनौती अध्ययन : प्रतिबेदन सार्वजनिक” कार्यक्रम सम्पन्न भएको छ ।

स्थानीय तहमा दलित महिलाको प्रतिनिधित्व सुनिश्चितताले सामाजिक परिवर्तनमा महत्वपूर्ण भूमिका निर्वाह भएको दलित समुदायका सांसदहरुले दावी गरेका छन् । नीतिगत व्यवस्थाका कारण स्थानीय तहमा दलित महिला राजनीतिमा अग्रसर हुन थालेको पनि चर्चा गरिएको छ ।

११२ औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा दलित महिला संघद्धारा मंगलबार आयोजित कार्यक्रममा प्रतिनिधि सभाकी सांसद लक्ष्मी परियार भन्छिन् “स्थानीय वडामा दलित महिलाको प्रतिनिधित्व सुनिश्चितताले राजनीतिमा लाग्न बलियो आधार तयार भएको छ, समाज परिवर्तनमा महत्वपूर्ण भूमिका निर्वाह भएको छ ।”

स्थानीय तहको प्रतिनिधित्वले दलित महिलाको नेतृत्व विकास भएको छ, अधिकारका लागि जागरुक गराएको छ भन्दै प्रतिनिधि सभा सांसद पार्वती बिशंखेले बताईन् । कार्यक्रममा निर्वाचन आयोगकी आयुक्त डा. जानकी तुलाधर भन्छिन् “निर्वाचन कानुनमा भएका व्यवस्था कार्यान्वयन गराउन आयोग प्रतिवद्ध छ ।”

उपलब्धी जोगाउन चुनौती रहेको चर्चा गर्दै सबै दलमा आवद्ध भई नेतृत्व विकास गरेका दलित समुदायका नेतालाई सही स्थान र मूल्याकंन गरिनु पर्छ । दलित भएकै कारण अवसरबाट बञ्चित गरिनु हुदैन भन्दै नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य परशुराम रम्तेलले मन्तब्य राखेका थिए ।

हालको प्रतिनिधित्वले नेतृत्व विकास गराएको छ, उनीहरुलाई थप अवसरका लागि दलहरुले पहल गर्नुपर्छ ३३ प्रतिशत महिला कोटामा दलित महिलाको समानुपातिक प्रतिनिधित्व सुनिश्चित हुनैपर्छ भन्दै जनता समाजवादी पार्टीका नेता दुर्गा सोवले आक्रोस पोखिन् ।

दलित गैरसरकारी संस्था महासंघका कार्यबाहक अध्यक्ष भक्त विश्वकर्माले नीतिगत व्यवस्था भएकै कारण दलित महिलाले स्थानीय तहमा अवसर पाएको चर्चा गर्दै स्थानीय तहको वडामा दुई महिला मध्ये एक दलित महिला हुनुपर्ने व्यवस्था रहेको बताए ।

कार्यक्रममा संघले स्थानीय तहका दलित महिला जनप्रतिनिधिको सिकाई, अनुभव र चुनौती बारेको अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै प्रतिबेदन माथी छलफल पनि गरिएको थियो ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

रमा पोख्रेलको शब्द र चर्चित संगीतकार कमल अधिकारीको संगीतमा तीज बिशेष गीत “सम्झी सम्झी घर” सार्वजनिक

रमा पोख्रेलको शब्द र चर्चित संगीतकार कमल अधिकारीको संगीतमा तीज बिशेष गीत “सम्झी सम्झी घर” सार्वजनिक

वि.सं.२०८३ साउन ३० शनिवार १०:५७

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

“लोक दोहोरी च्याम्पियन” पत्रकार भेटघाट कार्यक्रम सम्पन्न, असोज ३ गतेदेखि दर्शक माझ आउने

“लोक दोहोरी च्याम्पियन” पत्रकार भेटघाट कार्यक्रम सम्पन्न, असोज ३ गतेदेखि दर्शक माझ आउने

वि.सं.२०८३ साउन २६ मंगलवार १३:५२

काठमाडौं । रगोन स्टुडियो प्रा.लि.को ब्यानरमा निर्माण भइरहेको चर्चित लोकदोहोरी...

लघु चलचित्र “आश्रम” र मर्मस्पर्शी गीत “कति बस्छौ माइतीघर” को म्युजिक भिडियोको प्रिमियर शो सम्पन्न

लघु चलचित्र “आश्रम” र मर्मस्पर्शी गीत “कति बस्छौ माइतीघर” को म्युजिक भिडियोको प्रिमियर शो सम्पन्न

वि.सं.२०८३ साउन २४ आइतवार ०६:५०

काठमाडौं । लघु चलचित्र "आश्रम" र मर्मस्पर्शी गीत "कति बस्छौ माइतीघर"...

रमेश बिक्रम रत्नको पृथक तीज कोसेली “नाचिदेउ गौथली” सार्वजनिक

रमेश बिक्रम रत्नको पृथक तीज कोसेली “नाचिदेउ गौथली” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार १२:४०

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

आशा बिश्वकर्मा लगायत अन्य कलाकारहरुको अभिनयमा मौलिक तीज गीत “मै प्यारी छोरी” सार्वजनिक

आशा बिश्वकर्मा लगायत अन्य कलाकारहरुको अभिनयमा मौलिक तीज गीत “मै प्यारी छोरी” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार १२:०७

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

प्रबिन खड्काको नयाँ गीत “मानपुर रामेछाप” सार्वजनिक

प्रबिन खड्काको नयाँ गीत “मानपुर रामेछाप” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार ११:२६

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...