“सातौं राष्ट्रिय लोक दोहोरी अवार्ड–२०७८” कार्यक्रम यही फागुन २८ गतेका दिन सांस्कृतिक संस्थान, राष्ट्रिय नाचघर जमल, काठमाडौंमा सम्पन्न हुने

प्रकाश बराईली “अभिब्यक्ति”

काठमाडौं, नेपाल

अग्रजलाई सम्मान, अनुजलाई प्रोत्साहन भन्ने मुल नाराका साथ “सातौं राष्ट्रिय लोक दोहोरी अवार्ड–२०७८” कार्यक्रम यही फागुन २८ गतेका दिन सांस्कृतिक संस्थान, राष्ट्रिय नाचघर जमल, काठमाडौंमा सम्पन्न हुने भएको छ ।

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय समितिले हरेक वर्ष गर्दै आईरहेको यस कार्यक्रम कोभिड–१९ का कारण केहि वर्ष रोकिएता पनि निरन्तरता दिने क्रम जारी छ । केही बर्ष देखी रोकिएको बार्षिक कार्यक्रमलाई यस वर्ष पुर्णता दिदै भव्य रुपमा सम्पन्न गर्ने लक्ष्य रहेको सोही संस्थाका अध्यक्ष सुजन लम्सालले जानकारी गराएका छन् । साथै नेपाली लोक गीत, संगीत तथा लोक दोहोरी क्षेत्रको सबै भन्दा ठूलो र महत्वपूर्ण यस अवार्ड कार्यक्रममा सबैले सक्दो सहयोग गर्न अध्यक्ष लम्सालले अनुरोध गरेका छन् ।

बि.सं. २०६२ साल देखि निरन्तर लोक दोहोरी क्षेत्रको विकाश, संबद्र्धन, प्रबद्र्धन तथा संरक्षणका लागि यो संस्थाले यस्ता महत्वपूर्ण कार्यक्रमहरुको आयोजना गर्दै आएको कुरा सबैलाई अवगत नै छ । यस संस्थाले बि.सं. २०६९ साल देखि राष्ट्रिय लोक दोहोरी अवार्ड कार्यक्रम आयोजना गर्दै आएको थियो । कलाकारहरुको हरेक दुःख र सुखको सहयात्री संस्था उपत्यका समन्वय समितिले यस बर्ष सातौं राष्ट्रिय लोक दोहोरी अवार्ड–२०७८ सम्माननीय उपराष्ट्रपतिको प्रमुख अतिथ्यतामा सम्पन्न गर्ने कुरा संस्थाका सचिव रामु खड्काले जानकारी गराएका छन् ।

यस वर्षको अवार्ड कार्यक्रममा लाईफ टाईम एचिभमेण्ट अवार्ड सम्मान वरिष्ठ लोक गायक बम बहादुर कार्कीलाई गरिने भएको छ । त्यसै गरि संस्थागत सम्मान उपत्यका समन्वय समितिका जन्मदाता दुर्गा रायमाझी, दर्शकका श्रष्टा सम्मान लोकप्रिय गायक राम्जी खाँण, सदाबार लोक गीत सम्मान कलकत्ते काईयों (स्वा.जयनन्द लामा), लोक पत्रकारिता सम्मान नरेश फुयाल (बाह्रखरी मिडिया) लाई प्रदान गर्ने संस्थाले निर्णय गरेको कुरा सो कार्यक्रम प्रचार प्रसार संयोजक प्रसाद लामिछानेले बताएका छन् ।

यस अवार्ड कार्यक्रमलाई भव्य र सभ्य रुपमा सफल बनाउन संस्थाका पदाधिकारीहरुलाई निम्न जिम्मेवारी प्रदान गरिएको छ ।

“मुल आयोजक समिति”
१, संयोजक : सुजन लम्साल
२, सह–संयोजक : जमुना सनम

१. सचिवालय विभाग
१, संयोजक : रामु खड्का
२, सह–संयोजक : शर्मिला कंडेल

सदस्यहरुः
१, रबिन लामिछाने
२, शितल शर्मा

२, आर्थिक विभाग
१, संयोजक : तिलक परियार
२, सह–संयोजक : कला लम्साल

सदस्यहरुः
१, भिमु गुरुङ्ग
२, शान्ति सुनार

३, प्रचार प्रसार विभाग
१, संयोजक : प्रसाद लामिछाने
२, सह–संयोजक : नरेश खाती

सदस्यहरुः
१, पृतम थापा
२, खेम सेञ्चुरी

४, अतिथि स्वागत तथा सत्कार विभाग
१, संयोजक : जमुना सनम
२, सह–संयोजक :  शान्तिश्री परियार

सदस्यहरुः
१, सुनितामी परियार
२, मिरा गिरी

५, स्वयंसेबक विभाग
१, संयोजक :  राजेश ढकाल
२, सह–संयोजक :  रमेश बाबु थापा

सदस्यहरुः
१, मदन परियार
२, नौ ओटा समितिका अध्यक्षहरु सहित ४ जना

६, स्टेज व्यवस्थापन विभाग
१, संयोजक : कुमार राना
२, सह–संयोजक : अर्जुन थापा

सदस्यहरुः
१, बाल चन्द्र बराल
२, कुशल बेल्वासे

७, कार्यक्रम संचालक विभाग
१, संयोजक : पि.एन. सापकोटा
२, सह–संयोजक : प्रिति आले मगर

८, साँस्कृतिक विभाग
१, संयोजक : गंगा पुन
२, सह–संयोजक : डोलराज बाह्रघरे
सदस्यहरुः
१, दिनेश क्षेत्री
२, भुमिका गिरी

यस अवार्ड कार्यक्रमलाइ सम्य र भब्य रुपमा सफल पार्न आयोजक टिम कसरत गरिरहेको कुरा जानकारी गराउदै यस कार्यक्रममा उपस्थित हुन चाहनेलाई नि:शुल्क टिकटको ब्यवस्था गरेको कुरा अध्यक्ष सुजन लम्सालले बताए ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

आफ्नो हक, हित र सुरक्षाका लागि काठमाडौंका मनोरञ्जन व्यवसायी संगठित

आफ्नो हक, हित र सुरक्षाका लागि काठमाडौंका मनोरञ्जन व्यवसायी संगठित

वि.सं.२०८२ असार ३१ मंगलवार १२:३१

काठमाडौँ — आफ्नो हक, हित र सुरक्षाका लागि काठमाडौंका मनोरञ्जन...

“बिश्वब्यापी आवधिक समिक्षा – Universal Periodic Report (UPR) २०२५” को संयुक्त प्रतिबेदन तयारी राष्ट्रिय परामर्श गोष्ठी कार्यक्रम सम्पन्न

“बिश्वब्यापी आवधिक समिक्षा – Universal Periodic Report (UPR) २०२५” को संयुक्त प्रतिबेदन तयारी राष्ट्रिय परामर्श गोष्ठी कार्यक्रम सम्पन्न

वि.सं.२०८२ असार ३१ मंगलवार ०९:२३

काठमाडौं। नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ (NNDSWO) को समन्वयमा...

सोंपाल समाज यूकेको “गृष्मकालिन भेटघाट कार्यक्रम” सम्पन्न

सोंपाल समाज यूकेको “गृष्मकालिन भेटघाट कार्यक्रम” सम्पन्न

वि.सं.२०८२ असार ३० सोमवार १५:४०

लन्डन । सोंपाल समाज यूकेको "गृष्मकालिन भेटघाट कार्यक्रम" सम्पन्न भएको...

“ईन्द्रेणी दोहोरी तारा २०८२” मा सपना रोका प्रथम

“ईन्द्रेणी दोहोरी तारा २०८२” मा सपना रोका प्रथम

वि.सं.२०८२ असार २९ आइतवार १३:४०

काठमाडौं।  सुष्मा ठकुरी फाउन्डेशन नेपालद्वारा असार २७ र २८ गते...

नक्कली होटल बुकिङमार्फत मानव तस्करी बढ्दो, युवतीहरू मुख्य निशाना

नक्कली होटल बुकिङमार्फत मानव तस्करी बढ्दो, युवतीहरू मुख्य निशाना

वि.सं.२०८२ असार २७ शुक्रवार १३:३५

काठमाडौं, भिजिट भिषामा कठाई सगैं नक्कली होटल बुकिङमार्फत हुने मानव...

बबिना भट्टराई र नारद पोखरेलको भजन “साम्ब सदाशिव”  सार्वजनिक (भिडियो सहित)

बबिना भट्टराई र नारद पोखरेलको भजन “साम्ब सदाशिव”  सार्वजनिक (भिडियो सहित)

वि.सं.२०८२ असार २७ शुक्रवार १३:३०

काठमाडौंः ‘साम्व सदाशिव ॐ’ भजन भगवान शिव प्रतिको भक्तिभावले ओतप्रोत...