“सातौं राष्ट्रिय लोक दोहोरी अवार्ड–२०७८” कार्यक्रम यही फागुन २८ गतेका दिन सांस्कृतिक संस्थान, राष्ट्रिय नाचघर जमल, काठमाडौंमा सम्पन्न हुने

प्रकाश बराईली “अभिब्यक्ति”

काठमाडौं, नेपाल

अग्रजलाई सम्मान, अनुजलाई प्रोत्साहन भन्ने मुल नाराका साथ “सातौं राष्ट्रिय लोक दोहोरी अवार्ड–२०७८” कार्यक्रम यही फागुन २८ गतेका दिन सांस्कृतिक संस्थान, राष्ट्रिय नाचघर जमल, काठमाडौंमा सम्पन्न हुने भएको छ ।

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय समितिले हरेक वर्ष गर्दै आईरहेको यस कार्यक्रम कोभिड–१९ का कारण केहि वर्ष रोकिएता पनि निरन्तरता दिने क्रम जारी छ । केही बर्ष देखी रोकिएको बार्षिक कार्यक्रमलाई यस वर्ष पुर्णता दिदै भव्य रुपमा सम्पन्न गर्ने लक्ष्य रहेको सोही संस्थाका अध्यक्ष सुजन लम्सालले जानकारी गराएका छन् । साथै नेपाली लोक गीत, संगीत तथा लोक दोहोरी क्षेत्रको सबै भन्दा ठूलो र महत्वपूर्ण यस अवार्ड कार्यक्रममा सबैले सक्दो सहयोग गर्न अध्यक्ष लम्सालले अनुरोध गरेका छन् ।

बि.सं. २०६२ साल देखि निरन्तर लोक दोहोरी क्षेत्रको विकाश, संबद्र्धन, प्रबद्र्धन तथा संरक्षणका लागि यो संस्थाले यस्ता महत्वपूर्ण कार्यक्रमहरुको आयोजना गर्दै आएको कुरा सबैलाई अवगत नै छ । यस संस्थाले बि.सं. २०६९ साल देखि राष्ट्रिय लोक दोहोरी अवार्ड कार्यक्रम आयोजना गर्दै आएको थियो । कलाकारहरुको हरेक दुःख र सुखको सहयात्री संस्था उपत्यका समन्वय समितिले यस बर्ष सातौं राष्ट्रिय लोक दोहोरी अवार्ड–२०७८ सम्माननीय उपराष्ट्रपतिको प्रमुख अतिथ्यतामा सम्पन्न गर्ने कुरा संस्थाका सचिव रामु खड्काले जानकारी गराएका छन् ।

यस वर्षको अवार्ड कार्यक्रममा लाईफ टाईम एचिभमेण्ट अवार्ड सम्मान वरिष्ठ लोक गायक बम बहादुर कार्कीलाई गरिने भएको छ । त्यसै गरि संस्थागत सम्मान उपत्यका समन्वय समितिका जन्मदाता दुर्गा रायमाझी, दर्शकका श्रष्टा सम्मान लोकप्रिय गायक राम्जी खाँण, सदाबार लोक गीत सम्मान कलकत्ते काईयों (स्वा.जयनन्द लामा), लोक पत्रकारिता सम्मान नरेश फुयाल (बाह्रखरी मिडिया) लाई प्रदान गर्ने संस्थाले निर्णय गरेको कुरा सो कार्यक्रम प्रचार प्रसार संयोजक प्रसाद लामिछानेले बताएका छन् ।

यस अवार्ड कार्यक्रमलाई भव्य र सभ्य रुपमा सफल बनाउन संस्थाका पदाधिकारीहरुलाई निम्न जिम्मेवारी प्रदान गरिएको छ ।

“मुल आयोजक समिति”
१, संयोजक : सुजन लम्साल
२, सह–संयोजक : जमुना सनम

१. सचिवालय विभाग
१, संयोजक : रामु खड्का
२, सह–संयोजक : शर्मिला कंडेल

सदस्यहरुः
१, रबिन लामिछाने
२, शितल शर्मा

२, आर्थिक विभाग
१, संयोजक : तिलक परियार
२, सह–संयोजक : कला लम्साल

सदस्यहरुः
१, भिमु गुरुङ्ग
२, शान्ति सुनार

३, प्रचार प्रसार विभाग
१, संयोजक : प्रसाद लामिछाने
२, सह–संयोजक : नरेश खाती

सदस्यहरुः
१, पृतम थापा
२, खेम सेञ्चुरी

४, अतिथि स्वागत तथा सत्कार विभाग
१, संयोजक : जमुना सनम
२, सह–संयोजक :  शान्तिश्री परियार

सदस्यहरुः
१, सुनितामी परियार
२, मिरा गिरी

५, स्वयंसेबक विभाग
१, संयोजक :  राजेश ढकाल
२, सह–संयोजक :  रमेश बाबु थापा

सदस्यहरुः
१, मदन परियार
२, नौ ओटा समितिका अध्यक्षहरु सहित ४ जना

६, स्टेज व्यवस्थापन विभाग
१, संयोजक : कुमार राना
२, सह–संयोजक : अर्जुन थापा

सदस्यहरुः
१, बाल चन्द्र बराल
२, कुशल बेल्वासे

७, कार्यक्रम संचालक विभाग
१, संयोजक : पि.एन. सापकोटा
२, सह–संयोजक : प्रिति आले मगर

८, साँस्कृतिक विभाग
१, संयोजक : गंगा पुन
२, सह–संयोजक : डोलराज बाह्रघरे
सदस्यहरुः
१, दिनेश क्षेत्री
२, भुमिका गिरी

यस अवार्ड कार्यक्रमलाइ सम्य र भब्य रुपमा सफल पार्न आयोजक टिम कसरत गरिरहेको कुरा जानकारी गराउदै यस कार्यक्रममा उपस्थित हुन चाहनेलाई नि:शुल्क टिकटको ब्यवस्था गरेको कुरा अध्यक्ष सुजन लम्सालले बताए ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

रमा पोख्रेलको शब्द र चर्चित संगीतकार कमल अधिकारीको संगीतमा तीज बिशेष गीत “सम्झी सम्झी घर” सार्वजनिक

रमा पोख्रेलको शब्द र चर्चित संगीतकार कमल अधिकारीको संगीतमा तीज बिशेष गीत “सम्झी सम्झी घर” सार्वजनिक

वि.सं.२०८३ साउन ३० शनिवार १०:५७

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

“लोक दोहोरी च्याम्पियन” पत्रकार भेटघाट कार्यक्रम सम्पन्न, असोज ३ गतेदेखि दर्शक माझ आउने

“लोक दोहोरी च्याम्पियन” पत्रकार भेटघाट कार्यक्रम सम्पन्न, असोज ३ गतेदेखि दर्शक माझ आउने

वि.सं.२०८३ साउन २६ मंगलवार १३:५२

काठमाडौं । रगोन स्टुडियो प्रा.लि.को ब्यानरमा निर्माण भइरहेको चर्चित लोकदोहोरी...

लघु चलचित्र “आश्रम” र मर्मस्पर्शी गीत “कति बस्छौ माइतीघर” को म्युजिक भिडियोको प्रिमियर शो सम्पन्न

लघु चलचित्र “आश्रम” र मर्मस्पर्शी गीत “कति बस्छौ माइतीघर” को म्युजिक भिडियोको प्रिमियर शो सम्पन्न

वि.सं.२०८३ साउन २४ आइतवार ०६:५०

काठमाडौं । लघु चलचित्र "आश्रम" र मर्मस्पर्शी गीत "कति बस्छौ माइतीघर"...

रमेश बिक्रम रत्नको पृथक तीज कोसेली “नाचिदेउ गौथली” सार्वजनिक

रमेश बिक्रम रत्नको पृथक तीज कोसेली “नाचिदेउ गौथली” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार १२:४०

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

आशा बिश्वकर्मा लगायत अन्य कलाकारहरुको अभिनयमा मौलिक तीज गीत “मै प्यारी छोरी” सार्वजनिक

आशा बिश्वकर्मा लगायत अन्य कलाकारहरुको अभिनयमा मौलिक तीज गीत “मै प्यारी छोरी” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार १२:०७

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

प्रबिन खड्काको नयाँ गीत “मानपुर रामेछाप” सार्वजनिक

प्रबिन खड्काको नयाँ गीत “मानपुर रामेछाप” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार ११:२६

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...