कमल थापाले आफ्नो राजनीतिक जीवनमा मकवानपुरको शिर निहुरिने काम नगरेको स्पष्ट पारे

राप्रपा नेपालका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री कमल थापाले आफ्नो राजनीतिक जीवनमा मकवानपुरको शिर निहुरिने गरेर कुनै पनि नराम्रो काम नगरेको स्पष्ट पारेका छन् ।

आज गृह जिल्ला मकवानपुरको हेटौंडामा भएको राप्रपा नेपाल, मकवानपुरको घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले मकवानपुरले आफुलाई धेरै नै माया गरेको बताए ।

‘मकवानपुरका दाजुभाई तथा दिदीबहिनीहरु । तपाईंहरुले मलाई धेरै माया गर्नुभएको छ । मेरो राजनीतिक जीवनको उकाली ओरालीमा हरेक संकट र चुनौतीको घटनामा तपाईंहरुले मलाई अपार स्नेह माया र स्वभाव दिनुभएको छ’ अध्यक्ष थापाले भने, ‘चुनावमा हारजित आफ्नो ठाउँमा छ । तर मकवानपुरका दाजुभाई तथा दिदी बहिनीहरूको माया मैले जीवनभर बिर्सिन सक्दिन ।’

उनले मकवानपुरबाट पाएको मायाले राजनीतिक जीवनमा आएको संकटबाट राजनीतिक जीवनबाट टाढिन नसकेको बताए । उनले आफु ५० वर्षदेखि राजनीतिक जीवनमा र ४ दशकदेखि राष्ट्रिय राजनीतिमा सक्रिय रहेको बताउँदै हालसम्म शिर ठाडो राखेर उभिन सक्नुमा मकवानपुरको अविचलित माया रहेको बताए ।

‘कमल थापालाई राजनीतिक रुपमा प्रहार गरेर घाइते बनाइएको छ । यो अवस्थामा त्यो घाउमा नुनचुक छर्कने हैन, हामीले अलिकति भएपनि मलम लगाइ दिनुपर्छ भन्ने असल मनसाय राखेर तपाईहरु आउनुभएको छ । तपाईंहरु सबैलाई फेरि पनि धन्यावाद दिन चाहान्छु ’ उनले भने ।

उनले मकवानपुरको दाजुभाइ दिदी बहिनीहरूको शिर निहुरिने गरेर कुनै खराब काम नगरेको बताए । अध्यक्ष थापाले आफूले गीताको कसम खाएर राप्रपा पार्टी फोरेर गएको भन्ने आरोप लागिरहेको बताए । उनले आफूले गीताको कसम खाएर कसम नतोडेको दाबी गरे ।

उनले राजेन्द्र लिङ्देनको राप्रपाबाट आफूमात्र अलग्गिएको बताए । ‘केही साथीहरुलाई कमल थापाले पार्टी फुटाउनु भो, नफुटाईदिएको भए बेस हुन्थो भन्ने लागेको रहेछ ।

कतिपयलाई सायद त्यो पनि लागेको होला । विगतमा पार्टी फुटाउदिन भनेर गिता छोयर कसम खानु भाथो । अहिले पार्टी फुटाइदिनुभयो । गीताको कसम तोड्नुभयो । भन्ने पनि मनमा लागिरहेको मैले पाएँ ।’

उनले भने, ‘मैले पार्टी फुटाएको छैन् । करिब एक डेड महिना अगाडि यही सभाकक्षमा आएर मैले आफ्नो पीडा,दुःख तपाईहरु समक्ष व्यक्त गरे । र तपाईहरु सामुन्नेमा मैले ३० वर्ष काम गरेको राप्रपाबाट एक्लै एक्लै याद राख्नुस् एक्लै अलग भएको घोषणा गरे । मैले कोहि साथी लिएर पार्टीबाट अलग भएको हैन । मैले चाएको भए विधान बमोजिम राप्रपालाई विभाजन गर्नको निमित्त आवश्यक पर्ने संख्याका केन्द्रीय सदस्यहरु हाम्रो साथमा थिए । गएको महाधिवेशनमा ८० प्रतिशत हामीसँग सम्बन्धित केन्द्रीय सदस्यहरुले चुनाव जितेका छन् । हामीले चाहेको भए कानून बमोजिम नै दुईवटा पार्टीलाई अलग गर्न सक्थ्यौँ । केही साथीहरुले मलाई सल्लाह पनि दिएका थिए । मैले पार्टी फुटाउन सक्दिन, मिल्दैन भनें। मैले गीताको कसम खाएको छु,त्यो कसम म तोड्न सक्दिन ।’

उनले गीतामा भगवान कृष्णले अर्जुनलाई अन्यायसँग सम्झौता नगर, गलत प्रवृत्तिसँग सम्झौता नगर ,युद्ध गर, धनुष वाण उठाउ, म तिम्रो साथमा छु भनेको पटक–पटक स्मरण गर्दै त्यसको पालना गर्दै राप्रपाबाट अलग भएको बताए । उनले पार्टीको महाधिवेशनमा पूर्वराजा ज्ञानेन्द्र शाहले ठाडो नाङ्गो हस्तक्षेप गरेको र पार्टीलाई त्यसबारे छानबिन गर्न पटक–पटक निवेदन गर्दा पनि सुनुवाई नभएपछि आफु राप्रपाबाट अलग हुनुपरेको दुःखेसो पोखे ।

उनले महाधिवेशनमा निर्मल निवासको अवाञ्छित र अमर्यादित हस्तक्षेपले लोकतन्त्र माथिनै खतराको संकेत देखिएको भन्दै अबको राप्रपा नेपालले राजतन्त्र पुनः स्थापनाको मुद्दा नबाक्ने बताए । उनले अबको राप्रपा नेपालले सबै धर्मलाई समेट्दै हिन्दु राष्ट्र पुनः स्थापनाको लागि अभियान सुरु गर्ने बताए ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट प्रभावित कलाकार तथा उनीहरूका परिवारलाई राहत तथा सहयोग उपलब्ध गराउने

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट प्रभावित कलाकार तथा उनीहरूका परिवारलाई राहत तथा सहयोग उपलब्ध गराउने

वि.सं.२०८३ भदौ १९ शुक्रवार ११:११

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट...

गायिका सपना रोकाको नयाँ गीत “त्यो केटाले हेर्‍यो” चर्चामा

गायिका सपना रोकाको नयाँ गीत “त्यो केटाले हेर्‍यो” चर्चामा

वि.सं.२०८३ भदौ १९ शुक्रवार १०:४०

काठमाडौं। प्रतियोगितात्मक दोहोरी गायिका तथा ‘इन्द्रेणी दोहोरी तारा’ सपना रोकाको...

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै रमेश बिक्रम रत्नको गीत “रसुवामा भेल” सार्वजनिक

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै रमेश बिक्रम रत्नको गीत “रसुवामा भेल” सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार ११:३५

काठमाडौं। भदौ १० गतेका दिन तिब्बतबाट रसुवा तर्फ आएको भोटेकोसीको...

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै सुजन बराईलीको “रसुवाको बाढी र पहिरो” नामक गीत सार्वजनिक

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै सुजन बराईलीको “रसुवाको बाढी र पहिरो” नामक गीत सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार ११:०९

काठमाडौं। भदौ १० गतेका दिन तिब्बतबाट रसुवा तर्फ आएको भोटेकोसीको...

चर्चित गायिका टीका पुनको स्वरमा “धनले के गर्‍यो” बोलको मर्मस्पर्शी तीज गीत सार्वजनिक

चर्चित गायिका टीका पुनको स्वरमा “धनले के गर्‍यो” बोलको मर्मस्पर्शी तीज गीत सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार १०:२०

काठमाडौं । हरितालिका तीज नजिकिँदै गर्दा नेपाली सांगीतिक बजारमा नयाँ–नयाँ...

राम प्रसाद पाठक र राधिका हमालको स्वरमा “अब त लाहुरे आउँछ भनेर” गीत सार्बजनिक

राम प्रसाद पाठक र राधिका हमालको स्वरमा “अब त लाहुरे आउँछ भनेर” गीत सार्बजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार १०:१४

काठमाडौ। गायक तथा पत्रकार रामप्रसाद पाठक र गायिका राधिका हमालको...