पत्रकार दर्नाललाई विश्व विद्यालयद्धारा “स्वर्णपदक” प्रदान

मोरङ (गोठगाउँ), ६ वैशाख । पत्रकार सुशील दर्नाललाई पूर्वाञ्चल विश्वविद्यालयले ‘ओम प्रकाश गोयल गोल्ड मेडल’ प्रदान गरेको छ । विश्वविद्यालयले २०७७ साल (सन् २०२०) मा ‘मास्टर अफ आटर्स इन मास कम्युनिकेशन एण्ड जोर्नालिज्म’ (एमएएमसिजे) प्रोग्राममा सर्वप्रथम भएवापत सो मेडल प्रदान गरेको हो । पोलिगन कलेज काठमाडौँमा अध्ययन गर्नुभएका दर्नालले ३.३९ जिपिए (फस्ट डिभिजन) प्राप्त गरेर गोल्ड मेडल प्राप्त गर्नुभएको हो ।

विगत १३ वर्षदेखि राष्ट्रिय समाचार समिति (रासस) मा पत्रकारिता गर्दै आउनुभएका उहाँलाई विश्वविद्यायद्धारा यहाँ आज आयोजित ‘दशौँ दीक्षान्त समारोह’ मा शिक्षा, विज्ञान तथा प्रबिधिमन्त्री देबेन्द्र पौडेल र तिलगंगा आँखा प्रतिष्ठान, गौशाला, काठमाडौंका संस्थापक तथा कार्यकारी निर्देशक प्राडा. सन्दुक रूईतको बाहुलीबाट स्वर्णपदक प्रदान गरिएको हो ।

रैनादेवी छहरा–५,मुझुङ्ग, पाल्पा, मा जन्मिनुभएका दर्नालले सामाजिक विषयमा लेख्दै आउनुभएको छ । पत्रकार दर्नालले पत्रकारिताको क्षेत्रमा योगदान पुर्‍याए वापत् ‘प्रेस काउन्सिल समावेशी पत्रकारिता पुरस्कार–२०७३’, ‘बाल संवेदनशील राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७४’,‘रिपोर्टर्स क्लब–उत्कृष्ट युवा पत्रकारिता पुरस्कार–२०७४’ ‘मानव बेचविखन तथा ओसारपसार विरुद्ध जनजागरण सम्मान–२०७६’ लगायत दर्जनौँ सम्मान तथा पुरस्कार प्राप्त गरिसक्नुभएको छ । समारोहमा विश्वविद्याय स्वर्ण पदक र विभिन्न संंकायबाट २०७४ सालदेखि २०७७ सालभित्र सर्वप्रथम हुने ४२ जना विद्यार्थीलाई स्वर्ण पदक प्रदान गरिएको थियो ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

सन्देशमुलक गीत “भुलको बाटो” सार्वजनिक (भिडियो सहित)

सन्देशमुलक गीत “भुलको बाटो” सार्वजनिक (भिडियो सहित)

वि.सं.२०८२ वैशाख ५ शुक्रवार ०१:३७

काठमाडौं । बुधबार राजधानीमा एउटा निकै राम्रो संदेश मुलक गीतको...

देउडा सम्राट नन्दकृष्ण जोशीकी छोरी श्रृंखला जोशीको नयाँ गीत “छैन हो छैन” सार्वजनिक

देउडा सम्राट नन्दकृष्ण जोशीकी छोरी श्रृंखला जोशीको नयाँ गीत “छैन हो छैन” सार्वजनिक

वि.सं.२०८२ वैशाख १ सोमवार ०४:३८

गायिका श्रृंखला जोशीको नयाँ गीत छैन हो छैन सार्बजनिक भएको...

चर्चित नायिका एलिजा गौतमलाई इण्डोनेसियामा ‘बेष्ट योङ अन्टरप्रन्यूर’ अवार्ड

चर्चित नायिका एलिजा गौतमलाई इण्डोनेसियामा ‘बेष्ट योङ अन्टरप्रन्यूर’ अवार्ड

वि.सं.२०८२ वैशाख १ सोमवार ०४:३४

काठमाडौं । चर्चित नायिका एवम् प्राइम टिभीकी निर्देशक एलिजा गौतम...

“जुनकिरी दोहोरी धमाका एबं सम्मान कार्यक्रम – २०८२” हुने, सो अवसरमा ग्राहकहरुलाई २० प्रतिशत छुट हुने

“जुनकिरी दोहोरी धमाका एबं सम्मान कार्यक्रम – २०८२” हुने, सो अवसरमा ग्राहकहरुलाई २० प्रतिशत छुट हुने

वि.सं.२०८१ चैत २६ मंगलवार १६:५८

काठमाडौं। नेपालीहरुको नयाँ बर्ष २०८२ को सुरुवात हुन लागेको बेला...

काठमाडौँ फोटोग्राफर संघद्वारा नयाँ वर्ष २०८२ को शुभकामना आदान–प्रदान, चियापान तथा क्यालेन्डर विमोचन कार्यक्रम भव्य रूपमा सम्पन्न

काठमाडौँ फोटोग्राफर संघद्वारा नयाँ वर्ष २०८२ को शुभकामना आदान–प्रदान, चियापान तथा क्यालेन्डर विमोचन कार्यक्रम भव्य रूपमा सम्पन्न

वि.सं.२०८१ चैत २४ आइतवार १२:२६

काठमाडौँ, चैत्र २३ - काठमाडौँ फोटोग्राफर संघको आयोजनामा नयाँ वर्ष...

“पुरूषोत्तम न्यौपाने सांगीतिक साँझ २०८१” पोखरामा भब्य रुपले सम्पन्न

“पुरूषोत्तम न्यौपाने सांगीतिक साँझ २०८१” पोखरामा भब्य रुपले सम्पन्न

वि.सं.२०८१ चैत २४ आइतवार ०८:१९

काठमाडौँ । बि.संं २०४६ सालमा ‘बलाम देवीथान’ बोलको गीत रेकर्ड...