पत्रकार दर्नाललाई विश्व विद्यालयद्धारा “स्वर्णपदक” प्रदान

मोरङ (गोठगाउँ), ६ वैशाख । पत्रकार सुशील दर्नाललाई पूर्वाञ्चल विश्वविद्यालयले ‘ओम प्रकाश गोयल गोल्ड मेडल’ प्रदान गरेको छ । विश्वविद्यालयले २०७७ साल (सन् २०२०) मा ‘मास्टर अफ आटर्स इन मास कम्युनिकेशन एण्ड जोर्नालिज्म’ (एमएएमसिजे) प्रोग्राममा सर्वप्रथम भएवापत सो मेडल प्रदान गरेको हो । पोलिगन कलेज काठमाडौँमा अध्ययन गर्नुभएका दर्नालले ३.३९ जिपिए (फस्ट डिभिजन) प्राप्त गरेर गोल्ड मेडल प्राप्त गर्नुभएको हो ।

विगत १३ वर्षदेखि राष्ट्रिय समाचार समिति (रासस) मा पत्रकारिता गर्दै आउनुभएका उहाँलाई विश्वविद्यायद्धारा यहाँ आज आयोजित ‘दशौँ दीक्षान्त समारोह’ मा शिक्षा, विज्ञान तथा प्रबिधिमन्त्री देबेन्द्र पौडेल र तिलगंगा आँखा प्रतिष्ठान, गौशाला, काठमाडौंका संस्थापक तथा कार्यकारी निर्देशक प्राडा. सन्दुक रूईतको बाहुलीबाट स्वर्णपदक प्रदान गरिएको हो ।

रैनादेवी छहरा–५,मुझुङ्ग, पाल्पा, मा जन्मिनुभएका दर्नालले सामाजिक विषयमा लेख्दै आउनुभएको छ । पत्रकार दर्नालले पत्रकारिताको क्षेत्रमा योगदान पुर्‍याए वापत् ‘प्रेस काउन्सिल समावेशी पत्रकारिता पुरस्कार–२०७३’, ‘बाल संवेदनशील राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७४’,‘रिपोर्टर्स क्लब–उत्कृष्ट युवा पत्रकारिता पुरस्कार–२०७४’ ‘मानव बेचविखन तथा ओसारपसार विरुद्ध जनजागरण सम्मान–२०७६’ लगायत दर्जनौँ सम्मान तथा पुरस्कार प्राप्त गरिसक्नुभएको छ । समारोहमा विश्वविद्याय स्वर्ण पदक र विभिन्न संंकायबाट २०७४ सालदेखि २०७७ सालभित्र सर्वप्रथम हुने ४२ जना विद्यार्थीलाई स्वर्ण पदक प्रदान गरिएको थियो ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

राम कुमार कार्की र देबी घर्तीको स्वरमा मार्मिक गीत “डुब्नै लाग्या घामको” सार्वजनिक (भिडियो सहित)

राम कुमार कार्की र देबी घर्तीको स्वरमा मार्मिक गीत “डुब्नै लाग्या घामको” सार्वजनिक (भिडियो सहित)

वि.सं.२०८३ असार २७ शनिवार १२:०२

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

गायिका पार्वती बिश्वकर्माको आफ्नै जिवन कथामा आधारित गीत “तिम्रो याद” सार्वजनिक

गायिका पार्वती बिश्वकर्माको आफ्नै जिवन कथामा आधारित गीत “तिम्रो याद” सार्वजनिक

वि.सं.२०८३ असार २७ शनिवार ०९:२३

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

भारतको बिहार राज्यस्थित सहरसामा आयोजित “रक्तदाता महाकुम्भ–२” कार्यक्रममा नेपाली साहित्यकार, समाजसेवी तथा राजनीतिक व्यक्तित्व इन्दिरा निरौला सम्मानित

भारतको बिहार राज्यस्थित सहरसामा आयोजित “रक्तदाता महाकुम्भ–२” कार्यक्रममा नेपाली साहित्यकार, समाजसेवी तथा राजनीतिक व्यक्तित्व इन्दिरा निरौला सम्मानित

वि.सं.२०८३ असार २५ बिहीवार १३:३९

सहरसा (बिहार)। भारतको बिहार राज्यस्थित सहरसामा आयोजित "रक्तदाता महाकुम्भ–२" कार्यक्रममा...

नेपाली सङ्गीतमा छुट्टै पहिचान बनाएका यम बराललाई मल्टिपल माइलोमा (रक्त क्यान्सर) भएको पुष्टि

नेपाली सङ्गीतमा छुट्टै पहिचान बनाएका यम बराललाई मल्टिपल माइलोमा (रक्त क्यान्सर) भएको पुष्टि

वि.सं.२०८३ असार २५ बिहीवार ०९:१४

काठमाडौं। नेपाली सङ्गीत क्षेत्रमा आफ्नो सुमधुर स्वरले लाखौँ श्रोताको मन...

आर. आर. एण्ड भालेश्वर ट्रेड कम्पनीको चरम लापरबाही, यसरी भएको छ कर्मचारीको मिलेमतोमा करोडौंको भ्याट तथा कर छली

आर. आर. एण्ड भालेश्वर ट्रेड कम्पनीको चरम लापरबाही, यसरी भएको छ कर्मचारीको मिलेमतोमा करोडौंको भ्याट तथा कर छली

वि.सं.२०८३ असार २१ आइतवार ०७:०६

काठमाडौं। धुनीबेशी नगरपालिकामा आर. आर. एण्ड भालेश्वर ट्रेड कम्पनीलाई परेको...

साँस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपालद्धारा आयोजित “संगीत र प्रबिधी बिषयक अन्तरक्रिया कार्यक्रम” सम्पन्न

साँस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपालद्धारा आयोजित “संगीत र प्रबिधी बिषयक अन्तरक्रिया कार्यक्रम” सम्पन्न

वि.सं.२०८३ असार २० शनिवार १२:४७

काठमडौं। साँस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपालद्धारा आयोजित "संगीत र...