“राष्ट्रिय लोकदोहोरी महोत्सव–२०७८” का विजेताहरुलाई नगद पुरस्कार वितरण, पहिलो बिजेता र दोस्रो बिजेतालाई गीत गरिदिने घोषणा

काठमाडौं । डिएआर मुभिज एण्ड फिल्मस् इन्डष्ट्रिज प्रा.लि.को आयोजनामा भएको प्रतियोगिता सहितको “राष्ट्रिय लोकदोहोरी महोत्सव–२०७८” का विजेताहरुलाई नगद पुरस्कार वितरण गरिएको छ । सोमबार एक विशेष कार्यक्रमको आयोजना गरि नगद पुरस्कार वितरण गरिएको हो । 

महोत्सवका अध्यक्ष नमराज ढुंगानाको अध्यक्षतामा नगद वितरण कार्यक्रम राखिएको थियो भने कार्यक्रमको सञ्चालन अमृत खातीले गरेका थिए । आज कार्यक्रममा प्रतियोगिताको प्रथम पुरस्कार दिलीप थापा मगर र बिमाकुमारी अनुरागी सम्मिलित गण्डकी दोहोरी साँझलाई नगद रु. ५ लाख,  दोश्रो हुने टेकराज भण्डारी र लक्ष्मी भण्डारी सम्मिलित जुनकिरी दोहोरी साँझलाई नगद रु. ४ लाख तथा तेश्रो हुने सरोज सिंखडा र सिता घिमिरे सम्मिलित रेसुंगा दोहोरी साँझ एवम सुरेन्द्र फयाली मगर र संगीता थापा मगर सम्मिलित डालीमा दोहोरी साँझलाई नगद रु. ३ लाख र सान्तवना वापतको रु. २ लाख पनि यसै समूहलाई वितरण गरिएको थियो । प्रतियोगिताको निर्णायक मण्डलका अध्यक्ष पुरुषोत्तम न्यौपानेका अनुसार तेश्रो हुने दुइ समूहले आपसी समझदारी गरेकाले आयोजकले तेश्रो र सान्तवना पुरस्कार दुई समूहलाई एकै ठाउँमा परेर वितरण गरिएको हो । 

त्यसका साथै उत्कृष्ट गायक तथा गायिका एवम् अनुशासनमा गाउने लगायतको मुल्यांकन गरेर पनि नगद पुरस्कारको व्यवस्था गरिएकोमा उक्त रकम समेत सोमबार नै वितरण गरिएको छ । “राष्ट्रिय लोकदोहोरी महोत्सव–२०७८” को पहिलो बिजेता र दोस्रो बिजेतालाई सम्पुर्ण खर्च गरेर १/१ वटा गीतको अडियोमा खर्च आयोजकले नै ब्यहोरिदिने आयोजक पक्षले जानकारी गराएको छ ।

गत चैत्र २६ गतेदेखि ३० गतेसम्म चलेको राष्ट्रिय लोक दोहोरी महोत्सव ३० गतेसम्म ५ दिन चलेको थियो । उक्त महोत्सव उद्घाटनका दिनदेखि हरेक दिनको प्रतियोगितामा एकजना विशिष्टि व्यक्तिको उपस्थिति गराईको बाँकी चार दिन नेपाल प्रहरीका पूर्व डिआइजी रमेश खरेल, वहालवाला डिआइजी बसन्त लामा, वागमती प्रदेशका वन तथा वातावरणमन्त्री विशाल खड्का तथा समापन भने वागमती प्रदेशकै खेलकुदमन्त्री रत्न ढकालकोे प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । 

महोत्सवको समापनका दिन लोक सम्राट कुमार बस्नेत, बरिष्ठ लोक गायक बमबहादुर कार्की, बरिष्ठ लोक गायक, संगीतकार तथा चलचित्र निर्देशक नारायण रायमाझी, बरिष्ठ गायिका बिमाकुमारी दुरा, शिला आले, बरिष्ठ गायक शिवनारायण जोशी, मच्छेश्वर सापकोटा, ऋषि अधिकारी, नबिन ढुंगेल, टंक केसी, गीतादेवी लगायत बरिष्ठ कलाकारहरुलाई सम्मानित गरिएको थियो भने गायक गायिकाहरु बद्री पंगेनी, कृष्ण रेउले, महेन्द्र तिमल्सिना, शिरिष देवकोटा, खुमन अधिकारी, अमृत खाती, सरोज लामिछाने, भिमसेन खतिवडा, रामकुमार नेपाली, प्रकाश कटुवाल, वैकुण्ठ महत लगायतका कलाकारहरुले आफ्नो प्रस्तुति दिएका थिए । 

आयोजकले दिएको जानकारी अनुसार यस पटकको दोहोरी महोत्सवमा देशभरीबाट ६८ समूहले भाग लिएका थिए । लोकदोहोरी प्रतियोगिता मध्यकै सर्वाधीक बढी पुरस्कार राशीको यो महोत्सवमा पुरुषोत्तम न्यौपाने, हरि थापा, सीता थापा, रीता थापा, कमलीकान्त भेटवाल र शिव हमाल निर्णायकका रुपमा रहेका थिए भने अमृत खाती, मीना मैयाँ थापा, भीमसेन खतिवडा, सरोज लामिछाने, रविन लामिछाने, कल्पना दाहाल र रामकुमार नेपाली सम्मिलित निर्णायक मण्डल समेत रहेको थियो । 

यस अघि २०७६ सालका अन्तिममा काठे दोहोरी महोत्सवको आयोजना गरेको डिएआर मुभिज एण्ड फिल्मस्ले अघिल्लो वर्ष कोरोना महामारीका कारणले कार्यक्रम गर्न नसकिएको जानकारीका साथमा आगामी वर्षदेखि यो कार्यक्रमले निरन्तरता पाउने बताएको छ । 

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

लघु चलचित्र “आश्रम” र मर्मस्पर्शी गीत “कति बस्छौ माइतीघर” को म्युजिक भिडियोको प्रिमियर शो सम्पन्न

लघु चलचित्र “आश्रम” र मर्मस्पर्शी गीत “कति बस्छौ माइतीघर” को म्युजिक भिडियोको प्रिमियर शो सम्पन्न

वि.सं.२०८३ साउन २४ आइतवार ०६:५०

काठमाडौं । लघु चलचित्र "आश्रम" र मर्मस्पर्शी गीत "कति बस्छौ माइतीघर"...

रमेश बिक्रम रत्नको पृथक तीज कोसेली “नाचिदेउ गौथली” सार्वजनिक

रमेश बिक्रम रत्नको पृथक तीज कोसेली “नाचिदेउ गौथली” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार १२:४०

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

आशा बिश्वकर्मा लगायत अन्य कलाकारहरुको अभिनयमा मौलिक तीज गीत “मै प्यारी छोरी” सार्वजनिक

आशा बिश्वकर्मा लगायत अन्य कलाकारहरुको अभिनयमा मौलिक तीज गीत “मै प्यारी छोरी” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार १२:०७

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

प्रबिन खड्काको नयाँ गीत “मानपुर रामेछाप” सार्वजनिक

प्रबिन खड्काको नयाँ गीत “मानपुर रामेछाप” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार ११:२६

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

प्याब्सन लिटिल आइडलको नयाँ संस्करण सुरु

प्याब्सन लिटिल आइडलको नयाँ संस्करण सुरु

वि.सं.२०८३ साउन १९ मंगलवार १०:४७

काठमाडौं। शैक्षिक कोर्समा नसमेटिएका तर समयअनुसार विद्यार्थीका लागि आवश्यक विषयबारे...

लोकप्रिय मोडल सम्झना बुढाथोकीको तीज गीत “अत्तिनै गाह्रो भो” सार्वजनिक

लोकप्रिय मोडल सम्झना बुढाथोकीको तीज गीत “अत्तिनै गाह्रो भो” सार्वजनिक

वि.सं.२०८३ साउन १८ सोमवार १२:५१

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...