आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा, प्रदेशसभा सदस्य निर्वाचनका लागि जिल्लाका अधिकांश मतदान स्थल संवेदनशील

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा प्रदेशसभा सदस्य निर्वाचनका लागि जिल्लाका अधिकांश मतदान स्थललाई संवेदनशीलमा राखिएको छ । जिल्ला सुरक्षा समितिको बैठकले ५२ मतदान स्थललाई अति संवेदनशील, ५७ मतदान केन्द्र र २३ मतदान केन्द्र सामान्य भनेर वर्गीकरण गरेको छ । यहाँ एक सय ३२ मतदान स्थल र दुई सय ८८ मतदान केन्द्र निर्धारण गरिएको छ ।

सुरक्षा समितिको बैठकले भौगोलिक विकटता, विगतको निर्वाचनमा भएका विवाद र निर्वाचन विरोधी गतिविधि, आपराधिक व्यक्तिको प्रयोग हुनसक्ने अवस्था, जातियता–क्षेत्रियता–साम्प्रदायिकता जस्ता आधारमा मतदानस्थलको वर्गीकरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले जानकारी दिए ।

संवेदनशीलताको आधारमा सुरक्षाकर्मी परिचालन र केही समस्या आएमा तत्काल पुग्नका लागि टोली परिचालन गर्न सहज बनाउन मतदान स्थलको वर्गीकरण गरिएको सहायक प्रजिअ अर्यालको भनाइ छ । ककनी र बेलकोटगढी नगरपालिका तथा किस्पाङ, पञ्चकन्या, तारकेश्वर, म्यागङ र शिवपुरी गाउँपालिकाभित्रका सबै मतदानस्थललाई अतिसंवेदनशील तथा संवेदनशीलमा राखिएको छ ।

विदुरमा एक अतिसंवेदनशील, दश संवेदनशील, १५ सामान्य, ककनीमा सात अतिसंवेदनशील, चार संवेदनशील, बेलकोटगढीमा १२ अति संवेदनशील, चार संवेदनशील, तारकेश्वरमा दुई अतिसंवेदनशील, छ संवेदनशील, म्यागङमा दुई अति संवेदनशील, पाँच संवेदनशील र किस्पाङमा तीन अतिसंवेदनशील तथा तीन संवेदनशील मतदान स्थल रहेका छ ।

यस्तै दुप्चेश्वरमा १० अतिसंवेदनशील, तीन संवेदनशील र तीन अतिसंवेदनशील, पञ्चकन्यामा दुई अतिसंवेदनशील र चार संवेदनशील, शिवपुरीमा पाँच अतिसंवेदनशील र छ संवेदनशील, तादीमा एक संवेदनशील, पाँच संवेदनशील र एक सामान्य, सूर्यगढीमा चार अतिसंवेदनशील, चार संवेदनशील र दुई सामान्य तथा लिखुमा एक अति संवेदनशील, तीन संवेदनशील र तीन सामान्य मतदास्थल रहेका छन् ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

लघु चलचित्र “आश्रम” र मर्मस्पर्शी गीत “कति बस्छौ माइतीघर” को म्युजिक भिडियोको प्रिमियर शो सम्पन्न

लघु चलचित्र “आश्रम” र मर्मस्पर्शी गीत “कति बस्छौ माइतीघर” को म्युजिक भिडियोको प्रिमियर शो सम्पन्न

वि.सं.२०८३ साउन २४ आइतवार ०६:५०

काठमाडौं । लघु चलचित्र "आश्रम" र मर्मस्पर्शी गीत "कति बस्छौ माइतीघर"...

रमेश बिक्रम रत्नको पृथक तीज कोसेली “नाचिदेउ गौथली” सार्वजनिक

रमेश बिक्रम रत्नको पृथक तीज कोसेली “नाचिदेउ गौथली” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार १२:४०

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

आशा बिश्वकर्मा लगायत अन्य कलाकारहरुको अभिनयमा मौलिक तीज गीत “मै प्यारी छोरी” सार्वजनिक

आशा बिश्वकर्मा लगायत अन्य कलाकारहरुको अभिनयमा मौलिक तीज गीत “मै प्यारी छोरी” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार १२:०७

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

प्रबिन खड्काको नयाँ गीत “मानपुर रामेछाप” सार्वजनिक

प्रबिन खड्काको नयाँ गीत “मानपुर रामेछाप” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार ११:२६

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

प्याब्सन लिटिल आइडलको नयाँ संस्करण सुरु

प्याब्सन लिटिल आइडलको नयाँ संस्करण सुरु

वि.सं.२०८३ साउन १९ मंगलवार १०:४७

काठमाडौं। शैक्षिक कोर्समा नसमेटिएका तर समयअनुसार विद्यार्थीका लागि आवश्यक विषयबारे...

लोकप्रिय मोडल सम्झना बुढाथोकीको तीज गीत “अत्तिनै गाह्रो भो” सार्वजनिक

लोकप्रिय मोडल सम्झना बुढाथोकीको तीज गीत “अत्तिनै गाह्रो भो” सार्वजनिक

वि.सं.२०८३ साउन १८ सोमवार १२:५१

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...