आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा, प्रदेशसभा सदस्य निर्वाचनका लागि जिल्लाका अधिकांश मतदान स्थल संवेदनशील

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा प्रदेशसभा सदस्य निर्वाचनका लागि जिल्लाका अधिकांश मतदान स्थललाई संवेदनशीलमा राखिएको छ । जिल्ला सुरक्षा समितिको बैठकले ५२ मतदान स्थललाई अति संवेदनशील, ५७ मतदान केन्द्र र २३ मतदान केन्द्र सामान्य भनेर वर्गीकरण गरेको छ । यहाँ एक सय ३२ मतदान स्थल र दुई सय ८८ मतदान केन्द्र निर्धारण गरिएको छ ।

सुरक्षा समितिको बैठकले भौगोलिक विकटता, विगतको निर्वाचनमा भएका विवाद र निर्वाचन विरोधी गतिविधि, आपराधिक व्यक्तिको प्रयोग हुनसक्ने अवस्था, जातियता–क्षेत्रियता–साम्प्रदायिकता जस्ता आधारमा मतदानस्थलको वर्गीकरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले जानकारी दिए ।

संवेदनशीलताको आधारमा सुरक्षाकर्मी परिचालन र केही समस्या आएमा तत्काल पुग्नका लागि टोली परिचालन गर्न सहज बनाउन मतदान स्थलको वर्गीकरण गरिएको सहायक प्रजिअ अर्यालको भनाइ छ । ककनी र बेलकोटगढी नगरपालिका तथा किस्पाङ, पञ्चकन्या, तारकेश्वर, म्यागङ र शिवपुरी गाउँपालिकाभित्रका सबै मतदानस्थललाई अतिसंवेदनशील तथा संवेदनशीलमा राखिएको छ ।

विदुरमा एक अतिसंवेदनशील, दश संवेदनशील, १५ सामान्य, ककनीमा सात अतिसंवेदनशील, चार संवेदनशील, बेलकोटगढीमा १२ अति संवेदनशील, चार संवेदनशील, तारकेश्वरमा दुई अतिसंवेदनशील, छ संवेदनशील, म्यागङमा दुई अति संवेदनशील, पाँच संवेदनशील र किस्पाङमा तीन अतिसंवेदनशील तथा तीन संवेदनशील मतदान स्थल रहेका छ ।

यस्तै दुप्चेश्वरमा १० अतिसंवेदनशील, तीन संवेदनशील र तीन अतिसंवेदनशील, पञ्चकन्यामा दुई अतिसंवेदनशील र चार संवेदनशील, शिवपुरीमा पाँच अतिसंवेदनशील र छ संवेदनशील, तादीमा एक संवेदनशील, पाँच संवेदनशील र एक सामान्य, सूर्यगढीमा चार अतिसंवेदनशील, चार संवेदनशील र दुई सामान्य तथा लिखुमा एक अति संवेदनशील, तीन संवेदनशील र तीन सामान्य मतदास्थल रहेका छन् ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

रामकृष्ण ढकाल, तृप्ती खड्का गुरुङ्गको युगल स्वरमा “छ माया छपक्कै” सार्वजनिक

रामकृष्ण ढकाल, तृप्ती खड्का गुरुङ्गको युगल स्वरमा “छ माया छपक्कै” सार्वजनिक

वि.सं.२०८२ जेठ ५ सोमवार ०६:५४

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको सूचना अधिकारीमा गणेश विक

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको सूचना अधिकारीमा गणेश विक

वि.सं.२०८२ जेठ ४ आइतवार १२:५५

काठमाडौं, ४ जेठ । पत्रकार गणेश विक नेपाल पत्रकार महासंघ...

लोक दोहोरी ब्यवसायी संघ केन्द्रिय समितीको आयोजनामा “स्वागत तथा भेटघाट कार्यक्रम” सम्पन्न

लोक दोहोरी ब्यवसायी संघ केन्द्रिय समितीको आयोजनामा “स्वागत तथा भेटघाट कार्यक्रम” सम्पन्न

वि.सं.२०८२ जेठ ४ आइतवार ०५:५४

काठमाडौं। जेठ ३ गतेका दिन "लोक दोहोरी ब्यवसायीहरुको एक्यबद्धता, कला...

गायक एबं संगीतकार गोबिन्द मधुर आचार्यको नयाँ गीत “केलाई हतार” सार्वजनिक

गायक एबं संगीतकार गोबिन्द मधुर आचार्यको नयाँ गीत “केलाई हतार” सार्वजनिक

वि.सं.२०८२ जेठ २ शुक्रवार ०९:३५

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

दशक पत्रकारिता सम्मानद्धारा सबिता पोखरेल नगद रु ११,१११/- सहित सम्मानित

दशक पत्रकारिता सम्मानद्धारा सबिता पोखरेल नगद रु ११,१११/- सहित सम्मानित

वि.सं.२०८२ जेठ १ बिहीवार ०५:४३

काठमाडौं । तेस्रो संस्करणको राष्ट्रिय संगीत अवार्ड २०८२ भव्य रुपमा...

रमेश रोकाको नयाँ गीत “स्वर्ग” सार्वजनिक

रमेश रोकाको नयाँ गीत “स्वर्ग” सार्वजनिक

वि.सं.२०८२ जेठ १ बिहीवार ०५:२६

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...